सेवा सभाको तालिका
अक्टोबर १३ मा सुरु हुने हप्ता
गीत २१५
१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएका सल्लाहहरू चलाउँदै अक्टोबर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र अक्टोबर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, दुईवटा छुट्टाछुट्टै व्यावहारिक प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रस्तुतिमा, पत्रिका रूटमा भेटेको मानिसलाई पुनःभेट गरिरहेको देखाउनुहोस्। “हाम्रो आउने अंकमा” भन्ने पेटीतर्फ ध्यान खिच्दै अर्को भेटको लागि आधार तयार पार्नुहोस्।—अक्टोबर १९९८, हाम्रो राज्य सेवकाई, पृ. ८, अनु. ७-८ हेर्नुहोस्।
२० मि: “आनन्दसाथ परमप्रभुको सेवा गर।”a (सबैसँग यस छलफलको लागि जनवरी २००२ हाम्रो राज्य सेवकाई-को परिशिष्ट र सेप्टेम्बर २००३ हाम्रो राज्य सेवकाई-को परिशिष्ट हुनुपर्छ।) अनुच्छेद ४ छलफल गरेपछि नोभेम्बर महिनाको दौडान हामीले चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तक प्रस्तुत गर्नेछौं भनी उल्लेख गर्नुहोस्। हाम्रो राज्य सेवकाई परिशिष्टबाट कुनै एउटा सुझावित प्रस्तुति संक्षिप्तमा पुनरावृत्ति गर्नुहोस्। (जनवरी २००२; सेप्टेम्बर २००३) त्यसपछि त्यो प्रस्तुति चलाएर अभ्यास गरेको प्रदर्शन देखाउनुहोस्। सेवकाईको लागि सबैलाई राम्ररी तयारी गर्न प्रोत्साहन दिनुहोस्।
१५ मि: बाइबल अध्ययनहरू सञ्चालन गर्दा इनाम पाइन्छ। भाषण र श्रोतागणसित छलफल। प्रगतिशील बाइबल अध्ययनहरूबारे हाम्रा साहित्यहरूबाट केही अनुभवहरू बताउनुहोस्। (w-NP०० ३/१ पृ. ६; yb९८ पृ. ५५-६०) हामी अनुभवबाट के सिक्न सक्छौं र बाइबल अध्ययनहरू सञ्चालन गर्दा हामीले कसरी लाभ उठाउँछौं टिप्पणी गर्न श्रोतालाई आमन्त्रित गर्नुहोस्।
गीत १७२ र समापन प्रार्थना।
अक्टोबर २० मा सुरु हुने हप्ता
गीत ११२
५ मि: स्थानीय घोषणाहरू।
१५ मि: “प्रशस्तसँग तर विवेकी भएर छर्नुहोस्।”b तपाईंको इलाकामा विशेष गरी उपयुक्त हुने अभिव्यक्तिहरू प्रकाश पार्नुहोस्। यी सुझावहरू यस सप्ताहन्तको क्षेत्र सेवकाईको सभामा पुनरावृत्ति गर्नुपर्छ।
२५ मि: निडर भई साथीहरूको दबाब सामना गर्ने। मसीही घरपरिवारमा हुर्केका प्राचीन वा सेवकाई सेवकसित अन्तरवार्ता लिनुहोस्। फेब्रुअरी १५, २००३, प्रहरीधरहरा-बाट खास बुँदाहरू समावेश गर्नुहोस्। ती भाइले स्कूलमा कस्ता दबाबहरूको सामना गर्नुपऱ्यो? (पृ. २४, अनु. ३; पृ. २५, अनु. ४-५) के तिनले अरूबाट कुनै हानिकारक दबाबहरूको सामना गर्नुपऱ्यो? (पृ. २६, अनु. ४-६) के तिनी अहिले वयस्क भइसकेपछि पनि साथीहरूको दबाब सामना गर्छन्? अरूजस्तै हुने दबाबको प्रतिरोध गर्न तिनलाई कुन कुराले मदत गरेको छ? अगस्त १, १९९९, प्रहरीधरहरा, पृष्ठ २४-५ मा आधारित संक्षिप्त समापन भाषणमा उत्थानदायी संगति विकास गर्दा हुने फाइदाहरू प्रकाश पार्नुहोस्।
गीत २६ र समापन प्रार्थना।
अक्टोबर २७ मा सुरु हुने हप्ता
गीत ६४
१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। प्रकाशकहरूलाई अक्टोबर महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। अर्को हप्ताको सेवा सभाको लागि तयारी गर्दा अघिल्लो सेवा वर्षको विशेष सम्मेलन दिन कार्यक्रमका टिपोटहरू पुनरावृत्ति गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। पृष्ठ ८ का सुझावहरू चलाउँदै अक्टोबर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र नोभेम्बर १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रदर्शनमा “मलाई चासो छैन” भन्ने वार्तालाप बाधकलाई कसरी जवाफ दिने देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने, पृष्ठ ८ हेर्नुहोस्।
२० मि: आत्माको तरवार चलाउनुहोस्। (एफि. ६:१७) मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ १४३-४ मा आधारित विषयवस्तुमा श्रोताहरूसित छलफल। यी प्रश्नहरूमा टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्: (१) प्रश्नहरूको जवाफ दिंदा हामी किन बाइबल चलाउँछौं? (२) यहोवाका साक्षीहरू भन्ने नाउँले हामीबारे के संकेत गर्छ? (३) येशूले कस्तो उदाहरण बसाल्नुभयो र हामीले कसरी उहाँको अनुकरण गर्न सक्छौं? (४) स्थानीय इलाकामा बाइबलका विचारहरू बताउने केही प्रभावकारी तरिकाहरू के-के हुन्? (५) सम्भव हुँदा बाइबलबाट सीधै पढ्नु किन बेस हो? (६) बाइबलको सदुपयोग गर्न प्राचीनहरूले अरूलाई कसरी प्रोत्साहन दिन सक्छन्? पृष्ठ १४४ मा दिइएको अभ्यासमा आधारित राम्ररी तयार गरेको प्रदर्शन गर्न लगाउनुहोस् जसमा योग्य प्रकाशकले प्रश्नको जवाफ दिन कम्तीमा पनि एउटा शास्त्रपद चलाउँछन्। प्रत्येक चोटि साक्षी दिंदा बाइबल चलाउने लक्ष्य राख्न सबैलाई प्रोत्साहन दिनुहोस्।
१३ मि: स्थानीय अनुभवहरू। जिल्ला अधिवेशनमा उपस्थित हुने क्रममा वा स्कूल, जागिरमा वा कतै अनौपचारिक साक्षी दिंदा प्राप्त अनुभव बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्।
गीत ५२ र समापन प्रार्थना।
नोभेम्बर ३ मा सुरु हुने हप्ता
गीत १४७
५ मि: स्थानीय घोषणाहरू।
१५ मि: स्थानीय आवश्यकताहरू।
२५ मि: असल काममा धनवान् हुनुहोस्। (१ तिमो. ६:१८) यहाँ दिइएका प्रश्नहरू चलाउँदै एक जना प्राचीनले गत सेवा वर्षको दौडान सम्पन्न विशेष सम्मेलन दिनको कार्यक्रममा आधारित विषयवस्तुमा श्रोताहरूसित छलफल गर्छन्। आफूले सिकेका कुरा उनीहरूले कसरी लागू गर्न सकेका छन्, त्यसबारे टिप्पणी गर्न मण्डलीलाई आग्रह गर्नुहोस्। (टिप्पणी)
को लागि भाइबहिनीहरूलाई पहिल्यै खटाउन सकिन्छ।) कार्यक्रमका यी भागहरू प्रकाश पार्नुहोस्: (१) “असल कामले प्रशस्त लाभ ल्याउँछ।” (उप. २:११) परमेश्वरका सेवकहरू किन यस संसारका व्यर्थ कुराहरूको पछि लाग्नुको सट्टा परमेश्वरको वचनमा वर्णन गरिएको असल कामको पछि लाग्छन्? (२) “परमेश्वरको नजरमा धनवान् हुनुहोस्।” (मत्ती ६:२०) कसै-कसैले कसरी ‘स्वर्गमा धन-सम्पत्ति थुपारेका’ छन् र कस्तो लाभ उठाएका छन्? (३) “बाइबल अध्ययनद्वारा सेवकाईलाई धनवान् बनाउनुहोस्।” (om पृ. ९१) बाइबल अध्ययन सुरु गर्नुका साथै सञ्चालन गर्न कुन कुराले मदत गर्न सक्छ? (४) “यस कटनीको समयमा असल काम गर्ने” (मत्ती १३:३७-३९) प्रारम्भिक मसीहीहरूले असल कामको सन्दर्भमा कस्तो उदाहरण बसाले र हाम्रो समयमा राज्य कार्य कसरी विस्तार भएको छ? (५) “तपाईंका असल कामहरूले यहोवाको महिमा गरून्।” (मत्ती ५:१४-१६) कसै-कसैले कसरी ‘आफ्नो ज्योति चम्काएका छन्’? (६) “असल काम गरेर यहोवाको प्रशंसा गर्ने युवाहरूको सराहना गर्ने।” (भज. १४८:१२, १३) हाम्रो क्षेत्रका मसीही युवाहरूले कसरी यहोवाको प्रशंसा गरिरहेका छन्? (७) “असल काममा लागिरहनुहोस् र यहोवाका आशिष्हरू पाउनुहोस्।” (हितो. १०:२२) हामी असल कामहरूमा व्यस्त रहँदा व्यक्तिगत रूपमा, परिवारको रूपमा, मण्डलीको रूपमा र विश्वव्यापी संगठनको रूपमा कस्ता इनामहरू पाउन सक्छौं?
गीत १८० र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।