प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 जनवरी पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००४
  • उपशीर्षकहरू
  • जनवरी १२ मा सुरु हुने हप्ता
  • जनवरी १९ मा सुरु हुने हप्ता
  • जनवरी २६ मा सुरु हुने हप्ता
  • फेब्रुअरी २ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००४
km04 जनवरी पृ. २

सेवा सभाको तालिका

जनवरी १२ मा सुरु हुने हप्ता

गीत २८ (२२४)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ४ मा दिइएका सल्लाहहरू चलाउँदै जनवरी ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र जनवरी १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। हरेक प्रदर्शनपछि प्रस्तुतिका केही असल पक्षहरू प्रकाश पार्नुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: नयाँ प्रकाशनहरू पाउँदा हामी आनन्दित भयौं! श्रोताहरूसित छलफल। “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” विषयक जिल्ला अधिवेशनमा दुईवटा नयाँ प्रकाशन पाउँदा हामी हर्षित भएका थियौं। सी द गुड ल्याण्ड भन्‍ने यो पुस्तक हाम्रो पुस्तकालयमा भएका अन्य प्रकाशनभन्दा बेग्लै किसिमको छ। पानै पिच्छे तपाईंले प्रतिज्ञाकृत देशका विभिन्‍न पक्षहरूबारे प्रकाश पार्ने कुराहरू पाउनुहुनेछ। विभिन्‍न मानचित्रहरूमा भएका केही विवरणहरू औंल्याउनुहोस्‌। यो प्रकाशन प्रयोग गर्न सकिने व्यावहारिक तरिकाहरूबारे बताउनुहोस्‌। लर्न फ्रम द ग्रेट टिचर-ले हाम्रा छोराछोरीको आध्यात्मिक स्वास्थ्यलाई अझ राम्रो बनाउन मदत गर्नेछ। यसका केही समसामयिक विषयहरू उल्लेख गर्नुहोस्‌ अनि आमाबाबु तथा जवानहरूले कसरी लाभ उठाउन सक्छन्‌, देखाउनुहोस्‌। श्रोताहरूले यी नयाँ प्रकाशनहरू कसरी प्रभावकारी तरिकामा प्रयोग गरिरहेका छन्‌, टिप्पणी गर्न लगाउनुहोस्‌।

गीत २२ (१३०) र समापन प्रार्थना।

जनवरी १९ मा सुरु हुने हप्ता

गीत १८ (१६२)

५ मि: स्थानीय घोषणाहरू।

४० मि: “जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशनहरूले परमेश्‍वरलाई महिमा दिन हामीलाई उत्प्रेरित गर्छ!” यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। एक मिनेट वा त्योभन्दा छोटो परिचय दिइसकेपछि, लेखमा दिइएका प्रश्‍नहरू चलाउँदै अधिवेशन कार्यक्रमबारे श्रोताहरूसित छलफल गर्नुहोस्‌। हुनसक्छ, कुनै-कुनै प्रश्‍नहरूको एउटै मात्र जवाफमा चित्त बुझाएर सम्पूर्ण प्रश्‍नहरूको छलफल गर्न समय हिसाब गरेर छुट्याउनुहोस्‌। तोकिएको समयमा सबै उद्धृत शास्त्रपदहरू पढ्‌न सकिंदैन; यी शास्त्रपदहरू जवाफ पत्ता लगाउन सजिलोको लागि समावेश गरिएका हुन्‌। सिकेका कुरा लागू गर्नुका लाभहरूमा केन्द्रित टिप्पणीहरू हुनुपर्छ।

गीत ७ (५१) र समापन प्रार्थना।

जनवरी २६ मा सुरु हुने हप्ता

गीत २३ (२००)

१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। सबै प्रकाशकहरूलाई जनवरी महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। पृष्ठ ४ का सुझावहरू चलाउँदै जनवरी ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र र फेब्रुअरी १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रस्तुतिमा, छिमेकीलाई पत्रिका प्रस्तुत गर्ने तरिका प्रदर्शन गरेर देखाउनुहोस्‌।

१५ मि: हरेक दिन आफ्नो जीवनमा परमेश्‍वरको वचन लागू गर्नुहोस्‌। भाषण तथा श्रोताहरूसित छलफल। दिनहुँ धर्मशास्त्र जाँच्ने—२००४ सदुपयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌। पृष्ठ ३-४ मा दिइएको प्राक्कथनका टिप्पणीहरू छलफल गर्नुहोस्‌। व्यक्‍तिगत तवरमा आफूलाई दैनिक पद पढ्‌न कुन समय उपयुक्‍त लाग्छ, श्रोताहरूलाई सोध्नुहोस्‌। त्यस दिनको दैनिक पद तथा टिप्पणी मण्डलीसित छलफल गर्नुहोस्‌। दिइएका जानकारीलाई कसरी व्यावहारिक तरिकामा लागू गर्न सक्छौं, त्यसबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌। हरेक दिन पद छलफल गर्दा विषयवस्तु कसरी लागू गर्न सकिन्छ भन्‍ने विषयमा एकछिन विचार गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१८ मि: प्रश्‍न पेटी। प्राचीनद्वारा भाषण।

गीत ९ (३७) र समापन प्रार्थना।

फेब्रुअरी २ मा सुरु हुने हप्ता

गीत २५ (२०४)

१० मि: स्थानीय घोषणाहरू। फेब्रुअरी महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌। ड्र क्लोज टु जेहोभा प्रस्तुत गर्नका लागि दिइएका प्रस्तुतिहरू पुनरावलोकन गर्नुहोस्‌।

२० मि: “आफ्नो समय प्रयोग गर्ने सन्दर्भमा सजग हुनुहोस्‌।” a अनावश्‍यक क्रियाकलापले आफ्नो आध्यात्मिक गतिविधिमा बाधा पुऱ्‍याउन नदिन श्रोताहरूले के गर्छन्‌, टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌।

१५ मि: पावलको अनुकरण गर्नुहोस्‌, जसरी तिनले ख्रीष्टको अनुकरण गरेका थिए। (१ कोरि. ११:१) श्रोताहरूसित छलफल। येशूले जस्तै पावलले “तिनीसँग भेट गर्ने जतिसँग” साक्षी दिने सुअवसरहरूको फाइदा उठाए। (प्रेरि. १७:१७) हाम्रो इलाकामा यसो गर्न सकिने कस्ता सुअवसरहरू छन्‌? किनमेल गर्न जाँदा, काम गर्ने ठाउँमा वा स्कूलमा अथवा सार्वजनिक यातायातमा यात्रा गर्दा हामी कसलाई ‘भेट्‌छौं’? घरैमा बसेको बेला कोसित हाम्रो भेट हुन सक्छ? दिनहुँको क्रियाकलापमा आफूले भेटेका मानिसहरूलाई साक्षी दिंदा बटुलेका अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌।

गीत १८ (१६२) र समापन प्रार्थना।

[फुटनोट]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने