ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू फेब्रुअरी २३, २००४ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले जनवरी ५ देखि फेब्रुअरी २३, २००४ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामाग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. तपाईंको भाषण खास श्रोताहरूका लागि जानकारीमूलक हुन तपाईंले कस्ता पक्षहरू मनमा राख्नै पर्छ? [sg पृ. १०९ अनु. ५]
२. कथनको यथार्थता किन एकदमै महत्त्वपूर्ण छ? [sg पृ. ११० अनु. १०]
३. अपरिचित पदावलीहरू किन व्याख्या गर्नै पर्छ? [sg पृ. ११२ अनु. १७]
४. भाषणको परिचयमा तपाईं कुन तरिका चलाएर विषयप्रति चासो जगाउन सक्नुहुन्छ? [sg पृ. ११३ अनु. २]
५. परिचय ठिक्कको छ कि छैन भनेर हामी कसरी निधो गर्न सक्छौं? [sg पृ. ११५ अनु. ११, १४]
६. कत्तिको ठूलो आवाजमा बोल्नुपर्छ भन्ने कुरा निधो गर्न हामीलाई कस्ता परिस्थितिहरूले मदत गर्छ? [sg पृ. ११७ अनु. ४, ५]
असाइनमेन्ट न. १
७. यहोवा एक जना स्वच्छ परमेश्वर हुनुहुन्छ भन्ने कुरा सृष्टिले कसरी प्रमाणित गर्छ? (रोमी १:२०) [w-NP०२ २/१ पृ. ५ अनु. ४]
८. हाम्रो शरीरमा भएको एक किसिमको छेस्को सहनको लागि दैनिक बाइबल पढाइ तथा अध्ययन किन एकदमै महत्त्वपूर्ण छ? [w-NP०२ २/१५ पृ. १९ अनु. ८]
९. “सबै परमेश्वरकै महिमाको निम्ति गर” भन्ने सिद्धान्त अगमवक्ता दानियलले कसरी लागू गरे? (१ कोरिन्थी १०:३१) [w-NP०२ २/१५ पृ. ५ अनु. ६, ७]
साप्ताहिक बाइबल पढाइ
१०. उत्पत्ति २:९ मा उल्लेख गरिएको “जीवनको रूख” कुन कुराको प्रतीक हो?
११. लूतकी पत्नीले किन आफ्नो जीवन गुमाइन्? (उत्प. १९:२६) [w९० ४/१५ पृ. १८ अनु. १०]
१२. उत्पत्ति अध्याय २४ को भविष्यसूचक घटनामा, (क) अब्राहामले, (ख) इसहाकले (ग) अब्राहामको नोकर एलिएजरले (घ) दसवटा ऊँटले र (ङ) रिबेकाले कसलाई चित्रण गर्छ?
१३. के परमेश्वरले याकूब र एसावको भाग्य पूर्वनिर्धारित गर्नुभयो? (उत्प. २५:२३)
१४. लगनशील प्रयत्न गर्नेहरूलाई यहोवाले दिनुभएको आशिष्को सन्दर्भमा राहेल कसरी एउटा असल उदाहरण थिइन्? (उत्प. ३०:१-८) [w-NP०२ ८/१ पृ. २९-३०]