प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 फेब्रुअरी पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००४
  • उपशीर्षकहरू
  • फेब्रुअरी ९ मा सुरु हुने हप्ता
  • फेब्रुअरी १६ मा सुरु हुने हप्ता
  • फेब्रुअरी २३ मा सुरु हुने हप्ता
  • मार्च १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००४
km04 फेब्रुअरी पृ. २

सेवा सभाको तालिका

फेब्रुअरी ९ मा सुरु हुने हप्ता

गीत ९ (३७)

१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ८ मा दिइएका सल्लाहहरू चलाउँदै फेब्रुअरी १५ को प्रहरीधरहरा र फेब्रुअरी ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रदर्शनमा “मेरो आफ्नै धर्म छ” भन्‍ने वार्तालाप बाधकसित कसरी कुरा गर्ने भनी देखाउनुहोस्‌।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिका, पृष्ठ १०-११ हेर्नुहोस्‌।

१० मि: “ड्र क्लोज टु जेहोभा अध्ययनबाट लाभ उठाउनुहोस्‌।” लेखमा आधारित मण्डली पुस्तक अध्ययन निरीक्षकद्वारा भाषण। अनुच्छेद २ छलफल गर्दा अध्ययन तालिकातिर ध्यान खिच्नुहोस्‌। अनुच्छेद ३ छलफल गर्दा प्रकाशनको पृष्ठ २५ मा दिइएको अनुच्छेद २३ पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

२५ मि: “यहोवाको उदेकका कार्यहरूबारे घोषणा गरिरहनुहोस्‌।”a (अनुच्छेद १-१०) यसलाई सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। स्मरणार्थ महिनाको दौडान थप क्षेत्र सेवा गतिविधिको लागि हौसला बढाउनुहोस्‌।

गीत ७ (५१) र समापन प्रार्थना।

फेब्रुअरी १६ मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “परमेश्‍वरद्वारा समर्थित कार्य।”b प्रोक्लेमर्स पुस्तक, पृष्ठ ५४७-८ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

२० मि: “यहोवाको उदेकका कार्यहरूबारे घोषणा गरिरहनुहोस्‌।”c (अनुच्छेद ११-१७) दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। एक जना प्रकाशकले पुनःभेट गरेको व्यक्‍तिलाई स्मरणार्थमा निम्तो दिंदै गरेको प्रदर्शन समावेश गर्नुहोस्‌।

गीत ३ (३२) र समापन प्रार्थना।

फेब्रुअरी २३ मा सुरु हुने हप्ता

गीत २० (९३)

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। पृष्ठ ८ का सुझावहरू चलाउँदै मार्च १ को प्रहरीधरहरा र फेब्रुअरी ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रस्तुतिको अन्तमा, चाहनुहुन्छ पुस्तिका चलाएर अर्को भेटमा जवाफ दिन सकिने किसिमको सोच्न लगाउने प्रश्‍न सोध्नुहोस्‌।

१५ मि: “सभामा नियमित उपस्थिति— एउटा प्राथमिकता।”d हरेक मण्डलीको सभामा उपस्थित हुन आफूले चालेका कदमहरूबारे एक/दुई जनालाई टिप्पणी गर्न लगाउन पहिल्यै प्रबन्ध मिलाउनुहोस्‌।

२० मि: “समुदायको बीचमा” यहोवाको प्रशंसा गर्नुहोस्‌। सेप्टेम्बर १, २००३, प्रहरीधरहरा, पृष्ठ १९-२२ मा आधारित श्रोताहरूसित छलफल। (१) सभाहरूमा हामीले टिप्पणी दिनुको कारणबारे भजन २२:२२, २५ ले कसरी प्रकाश पार्छ? (२) प्रार्थना किन मदतकारी छ? (३) तयारी किन गर्नुपर्छ? (४) सभाहरूमा हामी सबैको कस्तो लक्ष्य हुनुपर्छ? (५) अगाडितिर बस्नु किन मदतकारी हुन्छ? (६) अरूले भनेका कुरा सुन्‍नु किन महत्त्वपूर्ण छ? (७) हामी कसरी आफ्नै शब्दमा जवाफ दिन सक्छौं? (८) हामी आफ्ना टिप्पणीहरूद्वारा कसरी अरूलाई प्रोत्साहन दिन सक्छौं? (९) सञ्चालकको कस्तो जिम्मेवारी छ?

गीत २६ (२१२) र समापन प्रार्थना।

मार्च १ मा सुरु हुने हप्ता

गीत २८ (२२४)

१० मि: स्थानीय घोषणाहरू। सबै प्रकाशकहरूलाई फेब्रुअरी महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। मार्च महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌ र जनवरी २००२ हाम्रो राज्य सेवकाई परिशिष्टमा दिइएका सुझावित प्रस्तुतिहरूमध्ये कुनै एउटाको छोटकरीमा पुनरावलोकन गर्नुहोस्‌।

१५ मि: सँगी विश्‍वासीहरूसित मित्रता विकास गर्ने। (हितो. १८:२४; २७:९) डिसेम्बर १, २०००, प्रहरीधरहरा, पृष्ठ २२-३ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। साँचो उपासनाको एउटा आशिष्‌ साँचो मित्रहरू बनाउने सुअवसर हो। सभा, क्षेत्र सेवा अनि अन्य अवसरहरूमा सरसंगति गर्दा प्रचुर मात्रामा प्रोत्साहन मिल्छ। मण्डलीका अरूहरूसित हामी कसरी मित्रता विकास गर्न सक्छौं? “चिरकालीन मित्रताका छ कदम” भन्‍ने पेटी पुनरावलोकन गर्नुहोस्‌ र हरेक बुँदा हाम्रा भाइहरूसित व्यवहार गर्ने सन्दर्भमा कसरी लागू गर्न सकिन्छ, त्यसबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌।

२० मि: “यहोवाले चाहनुहुने कुरा हामी गर्न सक्छौं।”e दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। समयले भ्याएमा, उल्लेख गरिएका शास्त्रपदहरू प्रकाश पार्नुहोस्‌।

गीत १६ (१४३) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने