प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 मार्च पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००४
  • उपशीर्षकहरू
  • मार्च ८ मा सुरु हुने हप्ता
  • मार्च १५ मा सुरु हुने हप्ता
  • मार्च २२ मा सुरु हुने हप्ता
  • मार्च २९ मा सुरु हुने हप्ता
  • अप्रिल ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००४
km04 मार्च पृ. २

सेवा सभाको तालिका

मार्च ८ मा सुरु हुने हप्ता

गीत ९ (३७)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अर्को हप्ताको सेवा सभामा “सी द गुड ल्याण्ड” भन्‍ने नयाँ पुस्तिका ल्याउन सबैलाई सम्झाउनुहोस्‌। पृष्ठ ४ मा दिइएका सल्लाहहरू चलाउँदै मार्च ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र मार्च १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌।

१५ मि: वार्तालाप सुरु गर्न पर्चाहरू प्रयोग गर्ने। श्रोताहरूसित छलफल। साक्षी दिनुको सबैभन्दा गाह्रो पक्ष भनेको वार्तालाप सुरु गर्नु हो। घर-घरको साक्षीकार्य, व्यापारिक इलाका र सार्वजनिक ठाउँहरूमा वार्तालाप सुरु गर्न पर्चा चलाउन सकिन्छ। स्थानीय इलाकाका मानिसहरूलाई उपयुक्‍त हुने दुई वा तीनवटा पर्चाको संक्षिप्त पुनरावृत्ति गर्नुहोस्‌। यी पर्चाहरू प्रस्तुत गर्दा कस्ता परिचयात्मक टिप्पणीहरू गर्न सकिन्छ? दृष्टान्तहरू कसरी चलाउन सकिन्छ? कस्ता प्रश्‍नहरू कौशलतापूर्वक सोध्न सकिन्छ? घरधनीले चासो देखाएको खण्डमा छलफल गर्नको लागि हरेक पर्चामा दिइएको अनुच्छेदतर्फ ध्यान खिच्नुहोस्‌। पर्चा चलाएर कसरी वार्तालाप सुरु गर्न सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्‌। प्रकाशकलाई पर्चाबाट कुनै एउटा अनुच्छेद छोटकरीमा छलफल गर्न लगाउनुहोस्‌ र त्यसपछि ज्ञान पुस्तक प्रस्तुत गरेर टुङ्‌ग्याउनुहोस्‌।

२० मि: “हे सबै भक्‍त हो, परमप्रभुलाई प्रेम गर।” a अनुच्छेद ३ छलफल गर्दा, श्रोताहरूलाई उनीहरूले कसरी मानिसहरूलाई स्मरणार्थ उत्सवमा निमन्त्रणा दिएका छन्‌, त्यसबारे टिप्पणी गर्न लगाउनुहोस्‌।

गीत २२ (१३०) र समापन प्रार्थना।

मार्च १५ मा सुरु हुने हप्ता

गीत २१ (१९१)

१० मि: स्थानीय घोषणाहरू। “स्मरणार्थका सम्झौटाहरू”-का मुख्य बुँदाहरू पुनरावलोकन गर्नुहोस्‌। स्मरणार्थको हप्तामा हुने प्रहरीधरहरा अध्ययन कहिले सञ्चालन हुनेछ घोषणा गर्नुहोस्‌।

१५ मि: स्मरणार्थ महिनाको दौडान हुने विशेष गतिविधिबारे बताउनुहोस्‌। सेवा निरीक्षकले श्रोताहरूसितको छलफल सञ्चालन गर्नेछन्‌। विशेष प्रबन्धहरूबारे बताउनुहोस्‌। केही प्रोत्साहनजनक अनुभवहरू बताउनुहोस्‌। सक्नेहरूलाई अप्रिल र मे महिनामा सहायक अग्रगामीहरूको रूपमा भर्ना हुन प्रोत्साहन दिनुहोस्‌। फेब्रुअरी महिनाको हाम्रो राज्य सेवकाई परिशिष्टबाट केही बुँदाहरू छोटकरीमा पुनरावलोकन गर्नुहोस्‌।

२० मि: “सी द गुड ल्याण्ड” भन्‍ने पुस्तिकाबाट लाभ उठाउनुहोस्‌। यस नयाँ पुस्तिकाले परमेश्‍वरको वचनको हाम्रो पढाइ तथा अध्ययनलाई अझ अर्थपूर्ण बनाउन सक्छ। एउटा महत्त्वपूर्ण पक्ष भनेको यसको इन्डेक्स चलाउनु हो। यशैया ६३:१ पढ्‌नुहोस्‌, जहाँ यहोवालाई बोज्राबाट आउने भनेर वर्णन गरिएको छ। “गुड ल्याण्ड” इन्डेक्समा बोज्रा कहाँ पर्छ पत्ता लगाउन सबैलाई आमन्त्रण गर्नुहोस्‌। पृष्ठ ३४ मा दिइएको पेटी चलाउँदै “Bozrah 11 G11” को अर्थ के हो, उल्लेख गर्नुहोस्‌ र देखाइएको मानचित्रमा बोज्रा र एदोम खोज्नुहोस्‌। इन्डेक्स चलाउँदै, यरूशलेमदेखि सुखार जाँदा येशूले प्रयोग गर्नुभएको मार्ग पत्ता लगाउनुहोस्‌। (यूहन्‍ना ४:३-५) त्यसै गरी बेथस्दाको दह भएको स्थान पनि पत्ता लगाउनुहोस्‌। (यूहन्‍ना ५:१-३) ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको लागि पढिने साप्ताहिक बाइबल पढाइबाट एक दुईवटा थप उदाहरण छान्‍नुहोस्‌। पुस्तिकामा ती स्थानहरू कहाँ भेट्टाउन सकिन्छ र मानचित्रको मदत लिएर हामी कसरी लाभ उठाउन सक्छौं, त्यसबारे श्रोताहरूलाई टिप्पणी गर्न आमन्त्रित गर्नहोस्‌। पुस्तिकामा दिइएका केही मानचित्रहरू छोटकरीमा प्रकाश पार्नुहोस्‌ र ती मानचित्रमा ढाकिएको समयावधि उल्लेख गर्नुहोस्‌। पृष्ठ १८-१९ मा भएको मानचित्रमा बाइबलका सबैभन्दा बढी स्थानहरू दिइएका छन्‌। सबैलाई “सी द गुड ल्याण्ड” पुस्तिकाको सदुपयोग गर्न आग्रह गर्नुहोस्‌।

गीत ५ (४६) र समापन प्रार्थना।

मार्च २२ मा सुरु हुने हप्ता

गीत २१ (१९१)

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। दिनहुँ धर्मशास्त्र जाँच्ने—२००४ र २००४ को क्यालेन्डर-मा दिइएको मार्च ३० देखि अप्रिल ४ सम्मको स्मरणार्थ बाइबल पढाइको तालिका अनुरूप पढ्‌न सबैलाई सम्झाउनुहोस्‌।

१५ मि: “ईश्‍वरीय बुद्धिको सर्वश्रेष्ठ महत्त्व।” b समयले भ्याएमा, उद्धृत शास्त्रपदहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌।

२० मि: “तपाईंलाई असर गर्ने घोडचढी आक्रमण।” c समयले भ्याएमा, उद्धृत शास्त्रपदहरू पढ्‌नुका साथै छलफल गर्नुहोस्‌।

गीत १७ (१८७) र समापन प्रार्थना।

मार्च २९ मा सुरु हुने हप्ता

गीत १८ (१६२)

१० मि: स्थानीय घोषणाहरू। सबै प्रकाशकहरूलाई मार्च महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। अप्रिल महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌। पृष्ठ ४ मा दिइएका सुझावहरू चलाउँदै मार्च ८ को ब्यूँझनुहोस्‌ (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र अप्रिल १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌।

१५ मि: सन्‌ २००४ वार्षिक पुस्तक-को सदुपयोग गर्नुहोस्‌। भाषण तथा श्रोताहरूसित छलफल। “परिचालक निकायको पत्र”-का विशेषताहरू, विश्‍वव्यापी रिपोर्टका उल्लेखनीय संख्या र विश्‍वासलाई दरिलो बनाउने केही अनुभवहरू उल्लेख गर्नुहोस्‌। वर्षभरिमा पूरै पुस्तक पढिसिध्याउन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

२० मि: सत्यले परिवारहरूलाई एकताबद्ध बनाउँछ। भाषण तथा श्रोताहरूसित छलफल। परिवारका सदस्यहरूबाट आउने विरोधको कारण इच्छुक व्यक्‍तिहरू कहिलेकाहीं यहोवाको सेवा गर्नदेखि पछि हट्‌छन्‌। कसैलाई निम्न अनुभवहरू बताउन लगाउनुहोस्‌: जनवरी १, २००२, प्रहरीधरहरा, पृष्ठ १४-१५; डिसेम्बर १, २०००, प्रहरीधरहरा, पृष्ठ ८; सेप्टेम्बर १, १९९९, प्रहरीधरहरा, पृष्ठ ३२; जनवरी १, १९९९, प्रहरीधरहरा, पृष्ठ ४; र फेब्रुअरी २२, १९९८, अवेक!, पृष्ठ ३१. परिवारको एक जना सदस्यले मात्र भए पनि बाइबल सिद्धान्तहरू लागू गर्दा पारिवारिक जीवन अक्सर सुध्रिन्छ भन्‍ने कुरा प्रकाश पार्नुहोस्‌।

गीत २२ (१३०) र समापन प्रार्थना।

अप्रिल ५ मा सुरु हुने हप्ता

गीत ३ (३२)

१० मि: स्थानीय घोषणाहरू।

२० मि: शारीरिक स्वच्छताले हाम्रो चिनारी दिन्छ। जून १, २००२, प्रहरीधरहरा, पृष्ठ १९-२१ मा आधारित भाषण। चाहनुहुन्छ पुस्तिकाको पाठ ९, अनुच्छेद ५ चलाउँदै एक जना प्राचीनले बाइबल विद्यार्थीलाई आफ्नो घर तथा घर वरपर सफासुग्घर राख्नुको महत्त्व बुझ्न मदत गरेको प्रदर्शन समावेश गर्नुहोस्‌।

१५ मि: स्मरणार्थ उत्सव र मार्च महिनाको दौडान सेवकाईमा अझ बढी भाग लिंदा बटुलेका अनुभवहरू बताउनुहोस्‌।

गीत २ (१५) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने