ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अप्रिल २६, २००४ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले मार्च १ देखि अप्रिल २६, २००४ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. जोड दिनको लागि गरिने विरामले तपाईंको भाषणमा कस्तो भूमिका खेल्छ? [sg पृ. १२१ अनु. २६]
२. हामीले किन आफ्ना श्रोताहरूलाई बाइबलतर्फ खिच्नुपर्छ? [sg पृ. १२२ अनु. १]
३. धर्मशास्त्रका पदहरू प्रभावकारी ढङ्गमा प्रस्तुत गर्न कस्ता तरिकाहरू चलाउन सकिन्छ? [sg पृ. १२४ अनु. १०-पृ. १२५ अनु. १६]
४. शास्त्रपद पढ्दा ठीक-ठीक शब्दहरूमा कसरी जोड दिने भनी देखाउन कृपया इजकिएल १८:४ चलाउनुहोस्। [sg पृ. १२७ अनु. ५]
५. लागू गर्नुपर्ने मुख्य शब्दहरूलाई हामी कसरी प्रभावकारी ढङ्गमा छुट्याउन सक्छौं? [sg पृ. १२९ अनु. १८]
असाइनमेन्ट न. १
६. दिनहुँ बाइबल पढाइको कार्यक्रम युवाहरूको लागि कत्तिको महत्त्वपूर्ण हुन सक्छ? (मत्ती ४:४) [w-NP०२ ३/१५ पृ. ९ अनु. ६, ७]
७. उत्पत्ति ३२:२४-३२ मा दिइएको विवरणअनुसार, यहोवाको आशिष् पाउन ९७ वर्षीय याकूबले के गरे अनि यसले हामीलाई के सिकाउँछ? [w-NP०२ ८/१ पृ. २९-३१]
८. “सोच्ने क्षमता” भनेको के हो र यसले हामीलाई सन्तुलन नगुमाउन अनि अनावश्यक रूपमा आफ्नो चित्त नदुखाउन कसरी मदत गर्न सक्छ? (हितो. १:४, NW) [w-NP०२ ८/१५ पृ. २१-२]
९. कोही-कोही समर्पण गर्न र बप्तिस्मा लिन किन हिचकिचाउँछन्? [w-NP०२ ४/१ पृ. १४ अनु. २१-पृ. १५ अनु. २४]
१०. यहोवाले उजाड-स्थानमा इस्राएलीहरूलाई किन हप्तौं वा महिनौंसम्म मन्न खुवाउनुभयो र यसबाट हामी के सिक्न सक्छौं? (व्यव. ८:१६) [w-NP०२ ९/१ पृ. ३० अनु. ४-५]
साप्ताहिक बाइबल पढाइ
११. उत्पत्ति ३७:१२-१७ ले देखाएअनुसार, यूसुफ र येशूको क्रियाकलापबीच हामी कस्तो समानता पाउँछौं? [w८७ ५/१ पृ. १२ अनु. १२]
१२. उत्पत्ति ४२:२५-३५ को विवरणले देखाएअनुसार यूसुफले कसरी येशूले देखाउनुभएको जस्तै अनुकम्पा देखाए? [w८७ ५/१ पृ. १८ अनु. १०; पृ. १९ अनु. १७]
१३. आज दास वर्गले गरेको प्रबन्ध कसरी यूसुफको समयमा अनाज बाँडेको कुरासित मेल खान्छ? (उत्प. ४७:२१-२५)
१४. “म हुँ जो म हुँ” भनेर यहोवाले आफ्नो नाउँको सन्दर्भमा कुन कुरा प्रकट गर्दै हुनुहुन्थ्यो? (प्रस्थ. ३:१४, १५)
१५. प्रस्थान १६:२, ३ मा गनगन गर्दा हुने कुन दुईवटा स्वाभाविक खतराबारे उल्लेख गरिएको छ? [w९३ ३/१५ पृ. २०-१]