घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा परमेश्वरको उपासना (उपासनामा एकताबद्ध छैन भने) पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन् भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ। जून: युवा जनहरूका प्रश्न पुस्तक वा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्। यी पुस्तकहरू प्रस्तुत गर्न घरधनीको निम्ति अनुपयुक्त भएको खण्डमा, चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। गृह बाइबल अध्ययन सुरु गर्नको लागि यो पुस्तिका चलाउने प्रयास गर्नुहोस्। जुलाई र अगस्त: हाम्रो राज्य सेवकाई-मा सूचीबद्ध गरिएका उपलब्ध पुस्तिकाहरू।
◼ शाखा कार्यालयले सबै मण्डलीका अध्यक्ष र सचिवहरूको ठेगाना र टेलिफोन नम्बरहरूको नवीनतम रेकर्ड राख्नु आवश्यक छ। कुनै परिवर्तन भएमा मण्डलीको सेवा समितिले प्रिजाइडिङ ओभरसियर/सेक्रेटरी चेन्ज अफ एड्रेस (S-29) फाराम पूरा भर्नुपर्छ अनि दस्तखत गरेर तुरुन्तै शाखा कार्यालयलाई पठाउनुपर्छ। पीन कोडमा केही परिवर्तन भएको छ भने त्यो पनि उल्लेख गर्नुपर्छ।
◼ मण्डलीका सचिवले एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) र एप्लिकेशन फर अक्जुलरी पायनियर सर्भिस (S-205b) फारामहरू यथेष्ट मात्रामा राख्नुपर्छ। यसलाई लिटरेचर रिक्वेस्ट फाराम-मा (S-14) अर्डर गर्न सकिन्छ। कम्तीमा पनि एक वर्षलाई पुग्ने स्टक राख्नुहोस्। नियमित अग्रगामीको लागि निवेदन दिनेहरूले भरेका निवेदन फारामहरू पूरा छ कि छैन, दोहोऱ्याएर हेर्नुहोस् र यसमा निवेदकको बप्तिस्माको मिति पनि समावेश छ।
◼ कृपया लिटरेचर रिक्वेस्ट फाराम-मा (S-14) उल्लिखित सबै प्रकारका फारामहरू एक वर्षको लागि मगाउनुहोस्। फारामहरूको लागि कृपया छुट्टाछुट्टै पत्र अथवा लिटरेचर रिक्वेस्ट फाराम नपठाउनुहोला। बरु, अप्रिल महिनाको लिटरेचर रिक्वेस्टमै यसलाई समावेश गर्नुहोस्। थप विवरणको लागि कृपया वाचटावर लिटरेचर रिक्वेस्ट गाइड, खण्ड ४, पृष्ठ १ मा “यर्ली क्यालेन्डर अफ लिटरेचर आइटम्स” हेर्नुहोस्।
◼ उपलब्ध नयाँ प्रकाशनहरू:
यहोवाको भजन गाओ (सानो गीतिपुस्तक)—तामिल
दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!—ऊर्दू
यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? (पुस्तिका) —ऊर्दू
विल सफरिङ् एभर एन्ड? (पर्चा न. ७५) —आसामी, कन्नडा, तामिल, तेलगु, मराठी, मल्यालम, मिजो र हिन्दी
◼ पुनः उपलब्ध प्रकाशनहरू:
रीजनिङ फ्रम द स्क्रिप्चर्स—तामिल