सेवा सभाको तालिका
मे १० मा सुरु हुने हप्ता
गीत १८ (१६२)
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ४ मा दिइएका सल्लाहहरू तपाईंको मण्डलीको इलाकाको लागि व्यावहारिक छन् भने मे ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलो चाहिं) र मे १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने भनी प्रदर्शन गर्न ती सल्लाहहरू चलाउनुहोस्। अरू प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। प्रत्येक प्रदर्शनमा “मेरो आफ्नै धर्म छ” भन्ने वार्तालाप बाधकलाई जवाफ दिने भिन्ना-भिन्नै तरिका देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ १० हेर्नुहोस्।
१५ मि: प्रश्न पेटी पुनरावृत्ति गर्नुहोस्। अर्को भाषा बोल्ने मानिस भेट्दा, अक्टोबर १५, १९९८ को मितिमा सबै मण्डलीहरूलाई पठाइएको पत्रमा उल्लेख गरिएझैं प्लिज फलो अप (S-43) फाराम प्रयोग गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्। कुनै व्यक्तिले राज्यसन्देशप्रति चासो नदेखाए तापनि साधारणतया यस्तो अवस्थामा यो फाराम प्रयोग गर्नुपर्छ।
२० मि: “ठूला मनका होओ।”a परमेश्वरको उपासना पुस्तकको पृष्ठ १५०, अनुच्छेद १४ का टिप्पणीहरू समावेश गर्नुहोस्।
गीत १५ (१२७) र समापन प्रार्थना।
मे १७ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: “धन्यवादी मनोवृत्ति देखाउनुहोस्।”b समयले दिन्छ भने श्रोताहरूलाई उल्लेख गरिएका शास्त्रपदहरूबारे टिप्पणी गर्न निमन्त्रणा दिनुहोस्। अनुच्छेद ३ छलफल गर्दा, हालै सहायक अग्रगामी गरेका एक वा दुई जनालाई उनीहरूले यो काम गरेको कारण प्राप्त गरेका आशिष्हरूबारे टिप्पणी गर्न लगाउनुहोस्।
२० मि: हामी एक-अर्काको वास्ता राख्छौं। (१ कोरि. १२:२५, २६) आवर मिनिस्ट्री पुस्तक पृष्ठ १५७-९, “एक-अर्काप्रति चासो” उपशीर्षकमा आधारित भाषण तथा श्रोताहरूसित छलफल। यहोवाका जनहरू पृथ्वीको विभिन्न भागहरूमा बसे तापनि हामी अत्यन्तै एकताबद्ध छौं। हाम्रा भाइहरूका लागि हामी सबैले दिनहुँ प्रार्थना गर्नुपर्छ। आवश्यक परेका खण्डमा भौतिक सहायता दिन पनि हामी ढिलासुस्ती गर्दैनौं। मुख्य-मुख्य शास्त्रपदहरू पढ्नुका साथै छलफल गर्नुहोस् र हाम्रा प्रकाशनहरूबाट निकालिएका एक-दुइटा अनुभव समावेश गर्नुहोस्।
गीत २२ (१३०) र समापन प्रार्थना।
मे २४ मा सुरु हुने हप्ता
गीत १३ (१२४)
१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। मे ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रो चाहिं) र जून १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शन स्थानीय धर्मको व्यक्तिलाई आर्कषित गर्ने खालको बनाउनुहोस्।
१५ मि: “स्फूर्तिदायी सङ्गीत।” भाषण तथा श्रोताहरूसित छलफल। फेब्रुअरी १, १९९७ को प्रहरीधरहरा, पृष्ठ २७, अनुच्छेद १-२ र २००२ यरबूक, पृष्ठ १७५ का टिप्पणीहरू समावेश गर्नुहोस्।
१८ मि: अनौपचारिक साक्षी दिन तयार रहनुहोस्। जून २००३ को हाम्रो राज्य सेवकाई, पृष्ठ ३ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। अनौपचारिक साक्षी दिंदाको आफ्नो अनुभवबारे बताउन केही प्रकाशकहरूलाई पहिल्यै तयार पार्नुहोस्। अनौपचारिक साक्षी दिंदा के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? भन्ने पर्चा र गुड न्युज फर अल नेसन्स् भन्ने पुस्तिका कसरी प्रयोग गर्न सकिन्छ, छोटकरीमा प्रदर्शित गर्नुहोस्।
गीत २२ (१३०) र समापन प्रार्थना।
मे ३१ मा सुरु हुने हप्ता
गीत ३ (३२)
८ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई मे महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्।
१७ मि: जीवन—सँगाल्नु पर्ने वरदान। रीजनिङ पुस्तक, पृष्ठ २५-६ मा आधारित श्रोताहरूसित छलफल। मे २२, १९९३ को अवेक!, पृष्ठ १०-११ का ( gbr१३-२-NP, पृष्ठ १०-११) टिप्पणीहरू समावेश गर्नुहोस्। एउटी महिलासित आफ्नो शरीरलाई असर गर्ने कुराहरूबारे निर्णय गर्ने अधिकार हुन्छ भन्ने सोचाइ राख्ने व्यक्तिलाई गर्भपतनसम्बन्धी यहोवाको दृष्टिकोण तपाईं कसरी बुझाउनुहुनेछ? जनवरी १, २००० को प्रहरीधरहरा, पृष्ठ ४, अनुच्छेद ४-५ को अनुभव बताउनुहोस्।
२० मि: “लर्न फ्रम द ग्रेट टिचर प्रस्तुत गर्ने।” यो पुस्तकको पृष्ठ ७, अनुच्छेद १-३ मा वर्णन गरिएका विशेषताहरू औंल्याउनुहोस्। श्रोताहरूलाई यो पुस्तकमा तिनीहरूलाई मन परेको कुराबारे टिप्पणी गर्न लगाउनुहोस्। सुझावित प्रस्तुतिहरू पुनरावलोकन गर्नुहोस्। पुस्तक प्रस्तुत गर्दा चित्रको प्रयोग कसरी गर्ने भनी प्रकाश पार्नुहोस्। पहिलो प्रस्तुति एक जना युवालाई गर्न लगाउनुहोस् र अरू प्रस्तुतिहरू वयस्क व्यक्तिलाई गर्न लगाउनुहोस्। स्थानीय इलाकाको लागि अलि भिन्नै खालको प्रस्तुति अझ बढी प्रभावकारी हुन्छ भने पछिल्ला प्रस्तुतिहरूमध्ये कुनै एउटाको सट्टा यसबारे छलफल र प्रदर्शन गर्न सकिन्छ।
गीत १ (१३) र समापन प्रार्थना।
जून ७ मा सुरु हुने हप्ता
गीत २६ (२१२)
१० मि: स्थानीय घोषणाहरू। “तिनीहरूलाई मदत दिने साधन”-को मुख्य बुँदाहरू छलफल गर्नुहोस्। स्थानीय इलाकामा बोलिने केही भाषाहरू उल्लेख गर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: तपाईंको शिक्षामा प्रभावकारी दृष्टान्त चलाउनुहोस्। सेप्टेम्बर १, २००२ को प्रहरीधरहरा, पृष्ठ २२-४ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। कुन चारवटा कुराले दृष्टान्तलाई प्रभावकारी बनाउँछ? दृष्टान्तहरू सरल बनाउनु किन लाभकारी हुन्छ? राम्रा दृष्टान्तहरू हामी कहाँ पाउन सक्छौं? पृष्ठ २३ को पेटीका केही उदाहरणहरू विचार गर्नुहोस् र कुन कुराले हरेक दृष्टान्तलाई प्रभावकारी बनाएको छ, छलफल गर्नुहोस्।
गीत ३ (३२) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।