ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून २८, २००४ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले मे ३ देखि जून २८, २००४ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. भाषणको मूल विषयलाई प्रकाश पार्न सकिने तरिकाहरू बताउनुहोस्। [sg पृ. १३५ अनु. ७, ८]
२. भाषणका मुख्य बुँदाहरू के हुन्? [sg पृ. १३५ अनु. १०-पृ. १३६ अनु. १२]
३. कुन कुराले श्रोताहरूसितको दृष्टि सम्पर्कलाई प्रभावकारी बनाउँछ? [sg पृ. १३९ अनु. ३, ४]
४. वक्ताको धाराप्रवाहमा प्रगति गर्नको लागि कस्ता सुझावहरू दिइएका छन्? [sg पृ. १४३ अनु. ५-१०]
५. कसैलाई तिनको उच्चारणमा उन्नति ल्याउन कसरी मदत दिन सकिन्छ? [sg पृ. १४८ अनु. ३२-३४]
असाइनमेन्ट न. १
६. कुन कुराले हामीलाई स्थिर हृदयका साथ यहोवाको सेवा गरिरहन मदत दिन सक्छ? (भज. ५७:७) [w-NP०२ ४/१ पृ. १८-१९ अनु. १४-१८]
७. हामीले परमेश्वरको व्यवस्थालाई कदर गर्नुपर्ने ३ वटा मुख्य कारण उल्लेख गर्नुहोस्। [w-NP०२ ४/१५ पृ. १५ अनु. १२-पृ. १६ अनु. १४]
८. बतूएल, यूसुफ र रूथले देखाएको करुणा किन विशेष अर्थपूर्ण छ? [w-NP०२ ५/१५ पृ. २२ अनु. १६, १७, १९]
९. खाली ठाउँ भर्नुहोस: कोरहले . . . . .लाई . . . . .ले हेर्न थाले। फलस्वरूप तिनले मोशा र हारून अनि अन्तमा यहोवा विरुद्ध विद्रोह गरे। दातान र अबीरामले चाहिं . . . . .को विरोध गरे र त्यो समयसम्मको तथ्य केलाएर हेर्ने हो भने, . . . . . पूरा भइसकेको थिएन। (गन्ती १६:९, १०, १२-१४) [w-NP०२ ८/१ पृ. १० अनु. ८, पृ. ११ अनु. ११]
१०. हामीलाई कुनै बाइबलसम्बन्धी प्रश्नको जवाफ थाह छैन भने कस्तो जवाफ दिन सक्छौं? [w-NP०२ ८/१५ पृ. १८ अनु. १२]
साप्ताहिक बाइबल पढाइ
११. मोशाले “पवित्र-स्थानको नमूना र त्यसका सामानहरूको नमूना” किन होसियारीपूर्वक पछ्याउनुपर्थ्यो? (प्रस्थ. २५:९; हिब्रू ८:५) [w-NP०३ २/१५ २९]
१२. अक्सर पापबलि वा दोषबलि चढाएपछि मात्र होमबलि चढाइनुले कुन कुरा चित्रित गर्छ? (लेवी ८:१४, १८; ९:२, ३) [w-NP०० ८/१५ पृ. १६ अनु. १६, पृ. १९ अनु. ८]
१३. प्रस्थान ३४:२३, २४ मा यहोवाले दिनुभएको आज्ञा पालन गरेर इस्राएलीहरूले देखाएको विश्वासबाट हामी के सिक्न सक्छौं?
१४. मेलबलिको उद्देश्य के थियो? (लेवी ३:१)
१५. आज हाम्रो पवित्र सेवा कसरी गर्ने भन्ने सन्दर्भमा प्रस्थान ३०:९ बाट हामी के सिक्न सक्छौं? [w-NP०० ११/१५ पृ. १४]