घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जून: युवा जनहरूका प्रश्न पुस्तक वा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्। यी पुस्तकहरू प्रस्तुत गर्न घरधनीको निम्ति अनुपयुक्त भएको खण्डमा, चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। गृह बाइबल अध्ययन सुरु गर्नको लागि यो पुस्तिका चलाउने प्रयास गर्नुहोस्। जुलाई र अगस्त: निम्न ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? राम्ररी अङ्ग्रेजी पढ्न सक्ने व्यक्ति छन् भने माथिका पुस्तिकाहरूका साथै द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर र अ साटिस्फाइङ लाइफ पनि प्रस्तुत गर्न सकिन्छ। सेप्टेम्बर: मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ? भन्ने सानो पुस्तिका चलाइनेछ।
◼ राज्यभवनको सुरक्षा निश्चित गर्न भवनबाट निस्कने अन्तिम व्यक्तिले ढोकाहरू बन्द गर्नुका साथै सुरक्षासित सम्बन्धित अन्य कुनै पनि यन्त्र ठीक छ कि छैन हेर्नुपर्छ। यी सबै गर्न तिनी सक्दैनन् भने, तिनले यसो गर्न सक्ने व्यक्तिलाई बोलाउनुपर्छ र ती व्यक्ति नआउन्जेलसम्म पर्खनुपर्छ। प्राचीनहरूले राज्यभवनका साँचाहरू जिम्मा दिइएका जिम्मेवार प्रकाशकहरूको नवीनतम सूची राख्नुपर्छ।
◼ हाम्रो राज्य सेवकाई-को सेप्टेम्बर अंकमा रेस्पेक्ट जोहोभाज् अथोरिटी भन्ने भिडिओबारे छलफल हुनेछ। आफ्नो पुस्तकालयको लागि अझसम्म पनि प्राप्त नगरेका मण्डलीहरूले आफ्नो अर्को लिटरेचर रिक्वेस्टसँगै यस भिडिओको एक प्रति मगाउन सक्छन्।
◼ एम पी थ्री-को कम्प्याक्ट डिस्क् उपलब्ध:
किङडम मेलोडिज
खण्ड १-९—एउटा सीडी
यहोवाको भजन गाओ (२२५ वटा गीतको लागि पियानोको धुन)—एउटा सीडी
सिङ्गिङ् किङ्डम सङ्ग्स्—एउटा सीडी
माथि उल्लिखित सामग्रीहरू स्पेशल रिक्वेस्ट आइटमहरू हुन् र मण्डलीहरूले आफ्ना प्रकाशकहरूको निजी प्रयोगका लागि आवश्यक प्रतिहरू मगाउन सक्छन्। यी सर्वसाधारणका लागि होइनन्। एम पी थ्री सीडी सबै सीडी प्लेयरहरूमा बज्दैन भन्ने कुरालाई कृपया ध्यानमा राख्नुहोस्। त्यसकारण, उक्त सामग्रीहरू मगाउनेहरूसित एम पी थ्री सीडी बजाउने म्युजिक सिस्टम छ कि छैन पक्का गर्न हामी सचिवहरूलाई आग्रह गर्छौं।
◼ भी सी डी-मा बाइबल भिडिओहरू उपलब्ध:
युनाइटेड बाई डिभाइन टिचिङ
यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्स?
नो ब्लड—मेडिसिन मिट्स द च्यालेन्ज
माथि उल्लिखित भी सी डी-हरू मण्डलीहरूका लागि मात्र, आफ्नो पुस्तकालयको प्रयोगका लागि हालै उपलब्ध गराइएका हुन्। त्यसकारण, अर्डरहरू गर्नुहुँदा कृपया “Cong. Use.” भन्ने स्तम्भअन्तर्गत आफ्नो लिटरेचर रिक्वेस्ट फाराम जाँच गर्नुहोस्।