सेवा सभाको तालिका
जून १४ मा सुरु हुने हप्ता
गीत ११ (८५)
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। जून ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र जून १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनी प्रदर्शन गर्न पृष्ठ ४ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्त हुन्छ भने) दिइएका सल्लाहहरू चलाउनुहोस्। एउटा प्रदर्शनमा, प्रकाशकले व्यापारिक इलाकामा साक्षी दिइरहेको देखाउनुहोस्। अन्य व्यावहारिक प्रदर्शनहरू पनि देखाउन सकिन्छ।
२० मि: “यहोवाले उहाँमाथि भरोसा गर्नेहरूलाई मदत गर्नुहुन्छ।”a अनुच्छेद ४ छलफल गर्दा, मे २००० हाम्रो राज्य सेवकाई-को पृष्ठ ३, अनुच्छेद ४, ५ र मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ ६७, अनुच्छेद २ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्।
१५ मि: लागूपदार्थको दुर्व्यसनबाट किन टाढै बस्ने? रीजनिङ पुस्तक, पृष्ठ १०६-९ मा आधारित श्रोताहरूसित छलफल। “मनोरञ्जनात्मक” लागूपदार्थ सेवन गर्नु सामान्य भएको छ। यस्तो लागूपदार्थ सेवन गर्नु हानिकारक छैन भनेर थुप्रै मानिसहरू ढिपी कस्ने गर्छन्; कसै-कसैले त लागूपदार्थको सेवनलाई कानुनी मान्यता दिइनुपर्छ भनेर वकालतसमेत गर्ने गर्छन्। यस्ता व्यक्तिहरूसित कसरी तर्क गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल गर्नुहोस्। नोभेम्बर ८, १९९९, अवेक!-को पृष्ठ १० मा भएको पेटीमा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्।
गीत २ (१५) र समापन प्रार्थना।
जून २१ मा सुरु हुने हप्ता
गीत १८ (१६२)
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: “स्वर्गदूतहरूले हामीलाई मदत गरिरहेका छन्।”b समयले भ्याएमा उल्लिखित शास्त्रपदहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
२० मि: जुन ज्ञान माथिबाट आउँछ, त्यो व्यावहारिक हुन्छ। (याकू. ३:१७) मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ २५१-२ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। व्यावहारिक हुनुको अर्थ के हो? हाम्रो सेवकाईमा यो किन महत्त्वपूर्ण छ? प्रेरित पावलको उदाहरणबाट हामी के सिक्न सक्छौं? आफ्नो स्थानीय इलाकामा प्रकाशकहरूले कसरी मानिसहरूको पृष्ठभूमिलाई ध्यानमा राख्न सक्छन्? हामी कसरी आफ्ना बाइबल विद्यार्थीहरूलाई व्यावहारिकता देखाउन मदत गर्न सक्छौं? व्यावहारिक भई कुराकानी गर्नुका लाभहरू प्रस्ट पार्ने अनुभवहरू बताउन एक दुई जना प्रकाशकलाई अग्रिम तयारी गर्नुहोस्।
गीत ८ (५३) र समापन प्रार्थना।
जून २८ मा सुरु हुने हप्ता
गीत १६ (१४३)
न१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। जून महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्। पृष्ठ ४ मा दिइएका सुझावहरू चलाउँदै (तपाईंको मण्डलीको इलाकामा उपयुक्त हुन्छ भने) जून ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र जुलाई १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा, प्रकाशकलाई सुरुमा संक्षिप्त तथा मित्रैलो कुराकानी गर्न लगाउनुहोस्। यसो गर्दा घरधनीले कुरा गर्न सजिलो महसुस गर्नेछन् भनेर बताउनुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
१८ मि: “मण्डली पुस्तक अध्ययन—हामीलाई किन यो चाहिन्छ?”c दिइएका प्रश्नहरू चलाउनुहोस्। नोभेम्बर २००२ हाम्रो राज्य सेवकाई-को पृष्ठ १ मा भएको “मण्डली पुस्तक अध्ययन निरीक्षकलाई सहयोग गर्नुहोस्” भन्ने लेखमा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्।
गीत ७ (५१) र समापन प्रार्थना।
जुलाई ५ मा सुरु हुने हप्ता
गीत १२ (११३)
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: तपाईं के भन्नुहुनेछ? भाषण तथा श्रोताहरूसित छलफल। जुलाई र अगस्त महिनाको दौडान हामी पुस्तिकाहरू प्रस्तुत गर्नेछौं। स्थानीय इलाकामा प्रकाशकहरूले कुन-कुन पुस्तिकाहरू प्रभावकारी भएको पाएका छन्? जुलाई १९९८ हाम्रो राज्य सेवकाई, पृष्ठ ८ अथवा अन्य पुराना अंकहरूमा दिइएका सुझावित प्रस्तुतिहरू पुनरावलोकन गर्नुहोस्। सबै प्रस्तुतिमा (१) प्रश्न, (२) शास्त्रपद र (३) प्रकाशनबारे छलफल गर्नुपर्ने बुँदा छ भनेर जोड दिनुहोस्। तीमध्ये एक दुइटा प्रदर्शन गरेर देखाउनुहोस्। सुसमाचार सुनाउँदा बाइबल चलाउन सबैलाई प्रोत्साहन दिनुहोस्।
२० मि: छोराछोरीले आमाबाबुबाट के चाहन्छन्। लर्न फ्रम द ग्रेट टिचर, पृष्ठ ६-७ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। छोराछोरीले साँचो उपासनासित सम्बन्धित विषयमा बाइबल सिद्धान्तहरू सिक्नु र प्रशिक्षणको दौडान आमाबाबुले निभाएको महत्त्वपूर्ण भूमिका बुझ्नु अत्यावश्यक छ। पुस्तक अध्ययन गर्न दिइएका सुझावहरू छलफल गर्नुहोस्। अध्ययन सहायकको कसरी सदुपयोग गरिरहेका छन् भनेर बताउन आमाबाबुलाई आमन्त्रित गर्नुहोस्। एक दुई जना बच्चालाई यो प्रकाशन मनपर्नुको कारण बताउन लगाउनुहोस्।
गीत २३ (२००) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।