सेवा सभाको तालिका
जुलाई १२ मा सुरु हुने हप्ता
गीत ५ (४६)
१२ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। जुलाई ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र जुलाई १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनी प्रदर्शन गर्न पृष्ठ ४ मा दिइएका सल्लाहहरू चलाउनुहोस्। एउटा प्रदर्शनमा, तपाईंको भाषा राम्रोसँग बोल्न नआउने व्यक्तिलाई सडकमा पत्रिका प्रस्तुत गरिरहेको देखाउनुहोस्।
१८ मि: “यहोवाको न्याय अनुकरण गर्नुहोस्।”a समयले भ्याएमा, उद्धृत शास्त्रपदहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
१५ मि: बाइबल—भरपर्दा पूर्वानुमानहरूको एउटा पुस्तक। सबैका लागि उपयोगी किताब नामक पुस्तिकाको पृष्ठ २७-९ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। सेवकाईमा हामी भविष्यबारे चासो राख्ने व्यक्तिहरूलाई अक्सर भेट्छौं। बाइबलले आज्ञाकारी मानिसजातिको लागि उज्ज्वल भविष्यबारे भरपर्दो जानकारी प्रदान गर्छ। भविष्यबारे बाइबलमा गरिएका पूर्वानुमानहरूमाथिको विश्वस्ततालाई दरिलो बनाउने केही बाइबल भविष्यवाणीहरू छलफल गर्नुहोस्। इच्छुक व्यक्तिलाई बाइबलमाथि तिनको विश्वस्तता बढाउन मदत गर्नको लागि बाइबल घटनाहरूलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा कुनै प्रकाशकलाई प्रदर्शन गरेर देखाउन लगाउनुहोस्।
गीत २२ (१३०) र समापन प्रार्थना।
जुलाई १९ मा सुरु हुने हप्ता
गीत ७ (५१)
१० मि: स्थानीय घोषणाहरू। बिदाजस्ता अन्य गतिविधिहरूले सामान्य तालिकालाई बाधा पुऱ्याउँदा समेत दिनहुँ बाइबल पढ्ने नियमित तालिकालाई कायम राख्नुको महत्त्वबारे छलफल गर्नुहोस्। अगस्त १५, २०००, प्रहरीधरहरा, पृष्ठ ३२ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्।
१५ मि: प्रश्न पेटी। यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। सम्पूर्ण लेख पढ्नुहोस् र छलफल गर्नुहोस्। धरधनीलाई साहित्य वा पत्रिकाहरू प्रस्तुत गर्ने कुरा अनुदान दिने उनीहरूको औकातमा नभई उनीहरू साँच्चै इच्छुक छन् कि छैनन्, त्यसमा निर्भर हुनुपर्छ भन्ने कुरालाई जोड दिनुहोस्। विश्वव्यापी कार्यको लागि मासिक अनुदान कम भयो भन्दैमा प्राचीनहरूले साहित्य अभियानको लागि गरिने मागहरूमा रोक लगाउनु हुँदैन। अग्रगामी तथा प्रकाशकहरूको आवश्यकता पूरा गर्न मण्डलीहरूसित स्टकमा पर्याप्त मात्रामा साहित्य हुनुपर्छ। घरधनीलाई स्वेच्छिक अनुदान दिने सुअवसरबारे कसरी बताउन सकिन्छ भनेर देखाउन एउटा छोटो प्रदर्शन समावेश गर्नुहोस्।
२० मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग १।” भाषण। यसलाई सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। आधुनिक समयमा बाइबल अध्ययन कार्यको इतिहासबारे वर्णन गर्दै प्रोक्लेमर्स पुस्तक, पृष्ठ ५७२-४ मा दिइएको विषयवस्तुबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्। लेखहरूको आगामी शृङ्खलाहरूको लागि उत्साह बढाउनुहोस्। छलफल गरिने विषयहरूमा अध्ययन सञ्चालन गर्न कसरी तयारी गर्ने, तयारी गर्न विद्यार्थीलाई कसरी मदत दिने, कति विषयवस्तु ढाक्ने, प्रभावकारी ढङ्गमा कसरी धर्मशास्त्र चलाउने, विद्यार्थीले सोधेका प्रश्नहरूको कसरी जवाफ दिने, प्रार्थनाबारे कसरी बुझाउने अनि विद्यार्थीलाई संगठनतर्फ कसरी डोऱ्याउने हुनेछन्। दिइएका सुझावहरू लागू गर्न र भविष्यमा फेरि हेर्नको लागि यी लेखहरूलाई जोगाएर राख्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत २१ (१९१) र समापन प्रार्थना।
जुलाई २६ मा सुरु हुने हप्ता
गीत ९ (३७)
१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। जुलाई महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्। पृष्ठ ४ मा दिइएका सुझावहरू चलाउँदै जुलाई ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र अगस्त १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा, “तपाईंहरू किन बारम्बार आउनुहुन्छ?” भन्ने वार्तालाप बाधकलाई जवाफ दिने विभिन्न तरिका देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ १२ हेर्नुहोस्।
८ मि: स्थानीय आवश्यकताहरू।
२५ मि: “व्यापारिक इलाकामा कसरी प्रचार गर्ने।”b व्यापारिक इलाकाहरूमा काम गर्ने स्थानीय प्रबन्धहरूबारे बताउनुहोस्। अनुच्छेद ४-५ मा दिइएको दुईवटा प्रस्तुति अथवा स्थानीय तवरमा प्रभावकारी साबित भएको अर्को कुनै प्रस्तुति छोटकरीमा प्रदर्शन गरेर देखाउनुहोस्। समयले भ्याएमा, व्यापारिक इलाकामा काम गर्दा बटुलेका प्रोत्साहनदायी अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
गीत २३ (२००) र समापन प्रार्थना।
अगस्त २ मा सुरु हुने हप्ता
गीत १७ (१८७)
८ मि: स्थानीय घोषणाहरू।
२२ मि: के तपाईं कारणहरू बताउनुहुन्छ? मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ २५४, अनुच्छेद १-२ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। क्षेत्र सेवकाईमा र मञ्चबाट भाषण दिंदा शास्त्रपदबारे उल्लेख गर्नुका साथै त्यसलाई लागू गऱ्यौं र आफ्नो कुरामा जिद्दी गर्नुको सट्टा आफूले भनेको कुराका कारणहरू दियौं भने, हाम्रो शिक्षा झनै प्रभावकारी हुनेछ। रीजनिङ पुस्तक अथवा अन्य प्रकाशनहरूमा दिइएका स्थानीय इलाकामा उपयुक्त हुने उदाहणहरू चलाउँदै कसरी (१) शास्त्रपदको मुख्य अभिव्यक्ति छान्नुका साथै त्यसलाई उल्लेख गर्ने, (२) सन्दर्भबाट अथवा विषयसित सम्बन्धित अर्को धर्मशास्त्रलाई समर्थन गर्ने प्रमाण प्रस्तुत गर्ने, (३) आफूले भनेको कुराको व्यावहारिकता देखाउन दृष्टान्त चलाउने र (४) कुनै पनि विषयमा तर्क गर्न श्रोताहरूलाई मदत गर्नको लागि प्रश्नहरू चलाउने, देखाउनुहोस्। तर्कपूर्ण कुराकानी गर्नुका लाभहरू प्रकाश पार्नुहोस्।
१५ मि: स्थानीय अनुभवहरू। गत वर्ष जिल्ला अधिवेशनमा उपस्थित हुँदा, सहायक अग्रगामी गर्दा वा अन्य आध्यात्मिक गतिविधिहरूमा भाग लिंदा बटुलेका केही उत्थानदायी अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
गीत ३ (३२) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।