प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अगस्त पृ. ७
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००४
हाम्रो राज्य सेवकाई—२००४
km04 अगस्त पृ. ७

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अगस्त ३०, २००४ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले जुलाई ५ देखि अगस्त ३०, २००४ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्‌। [टिप्पणी: प्रश्‍नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]

वक्‍तृत्व कला

१. भाषणमा सुसंगत विकास कसरी प्राप्त गर्न सकिन्छ? [sg पृ. १४९ अनु. २]

२. हाम्रो विषयवस्तुलाई युक्‍तिसंगत क्रममा मिलाउनको लागि हामी आफैलाई कस्ता प्रश्‍नहरू सोध्छौं? [sg पृ. १५१, १५२ अनु. १४]

३. खाली ठाउँ भर्नुहोस्‌: हाम्रा तर्कहरू प्रस्तुत गर्नुअघि मानिसहरूको चित्त बुझाउन हामीले _________________________ गर्नुपर्छ। त्यसपछि समर्थनको लागि हामी _________________________ गर्छौं। यसको साथै हामी _________________________ पनि पेस गर्न सक्छौं। [sg पृ. १५४-६ अनु. ३, ९, १२]

४. कसरी साझा सहमति कायम गरिन्छ? [sg पृ. १५७ अनु. १७]

५. खाली ठाउँ भर्नुहोस्‌: भावलाई जोड दिनुको अर्थ _________ ________________ चिन्‍नु र सही जोड दिएर तिनीहरूलाई _________________________ हो। स्वर परिवर्तन भनेको चासो कायम राख्न तथा वक्‍ताको हैसियतमा तपाईंका विचार तथा भावनाहरू विस्तार गरिएको क्रम प्रदर्शन गर्न _________________________-मा बेलाबेलामा गरिने परिवर्तन हो। [sg पृ. १५९, १६० अनु. ३, ११]

असाइनमेन्ट न. १

६. हामीले सिकाउने कोसिस गरिरहेका मानिसहरूप्रति कसरी येशूले जस्तै प्रेम देखाउन सक्छौं? [w-NP०२ ८/१५ पृ. १८, १९ अनु. १३-१६]

७. आफ्नो “समयको सदुपयोग गर” भन्‍नुको अर्थ के हो र हामी कसरी यसो गर्न सक्छौं? (एफि. ५:१६, नयाँ संशोधित संस्करण) [w-NP०२ ११/१५ पृ. २३]

८. परमेश्‍वरसामु सबै मानिसहरू समान छन्‌ भनेर धर्मशास्त्रले कसरी प्रस्ट पार्छ र हाम्रो सेवकाईमा यसले कस्तो असर पार्नुपर्छ? [w-NP०२ १/१ पृ. ५, ७]

९. सृष्टिकर्ताको अद्वितीय नाउँ, यहोवाको महत्त्व के हो? [w-NP०२ १/१५ पृ. ५]

१०. कुन कुराले हाबिलको भेटीलाई कयिनको भन्दा “उत्तम” बनायो र हाम्रो “स्तुतिको बलिदान[को]” सन्दर्भमा यसबाट हामी के पाठ सिक्न सक्छौं? (हिब्रू ११:४; १३:१५) [w-NP०२ १/१५ पृ. २१ अनु. ६-८]

साप्ताहिक बाइबल पढाइ

११. लेवी १८:३ ले हामीलाई कसरी सही तथा गलतबारे विकृत धारणा विकास गर्नदेखि जोगिन मदत गर्न सक्छ? (एफि. ४:१७-१९) [w-NP०२ २/१ पृ. २९]

१२. साताहरूका चाडको (पेन्तिकोस) दौडान मुख्य पूजाहारीले “डोलाउने बलिको” रूपमा चढाउने ‘दुइटा रोटीले’ भविष्यसूचक ढङ्‌गमा कुन कुरालाई चित्रण गर्छ? (लेवी २३:१५-१७) [w-NP९८ ३/१ पृ. १३ अनु. २१]

१३. गन्ती ५ अध्यायमा उल्लेख गरिएजस्तो व्यभिचारको सन्दर्भमा कुन अर्थमा दोषी स्त्रीको “जाङ कुहिजानेछ”? (गन्ती ५:२७) [w-NP०४ ८/१ पृ. २४, अनु. ६; w८४ ४/१५ पृ. २९]

१४. मोशाले एउटी कूशी स्त्रीलाई विवाह गरेको हुनाले मरियम र हारूनले किन तिनको विरुद्धमा बोले? (गन्ती १२:१)

१५. “परमप्रभुको युद्धको पुस्तक” के थियो? (गन्ती २१:१४)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने