घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ? भन्ने सानो पुस्तिका चलाइनेछ। अक्टोबर: नयाँ पुस्तिका वितरण गर्ने विशेष अभियान तर महिनाभरि नै प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-का प्रतिहरू प्रस्तुत गरिनेछन्। नियमित पत्रिकाहरू वितरण गरिसिध्याउने सन्दर्भमा थप जानकारी पछि उपलब्ध गराइनेछ। चासो देखाउने व्यक्तिलाई चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस् र गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर पुनःभेट गर्नुहोस्। नोभेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्।
◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले मार्च १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा अर्को लेखा रिपोर्ट पढेपछि यसबारे घोषणा गर्नुहोस्। सोसाइटीको विश्वव्यापी कार्य तथा अन्य कुनै पनि कोषलाई मण्डलीले दिएको चन्दाका कुनै एक्नलेजमेन्ट छ भने, पढेर सुनाउनुहोस्।
◼ प्रत्येक मण्डलीले अगस्त महिनामा दुईवटा कङ्ग्रिगेसन एनालिसिस रिपोर्ट फाराम (S-AB-10) पाउनेछन्। मण्डलीको अगस्त महिनाको रिपोर्ट जम्मा गरिसकेपछि यसलाई भर्नुपर्छ। पक्काको लागि सचिव र सेवा निरीक्षक सँगै बसेर यो फाराम भर्नुपर्छ। नियमित अग्रगामीबारे जानकारी उपलब्ध गराउन फारामको अर्कोपट्टिको भाग प्रयोग गर्नुपर्छ। कृपया सेप्टेम्बर १० अगावै शाखा कार्यालयलाई त्यसको सक्कल प्रति पठाउनुहोस्। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्।
◼ सम्पूर्ण साहित्य र पत्रिकाहरूको वार्षिक इन्भेन्ट्री सकेसम्म अगस्त ३१, २००४ भित्र तयार गरिसकेको हुनुपर्छ। यो इन्भेन्ट्री हरेक महिना साहित्य संयोजकले लिने सही गणनाजस्तै हो र कुल संख्या लिटरेचर इन्भेन्ट्री (S-18) फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवक(हरू)बाट प्राप्त गर्न सकिन्छ। संयोजक मण्डलीका सचिवले इन्भेन्ट्रीको सुपरिवेक्षण गर्नुपर्छ। तिनी र संयोजक मण्डलीका अध्यक्षले उक्त फाराममा हस्ताक्षर गर्नेछन्। प्रत्येक संयोजक मण्डलीले तीनवटा लिटरेचर इन्भेन्ट्री (S-18) फाराम प्राप्त गर्नेछन्। कृपया शाखा कार्यालयलाई सेप्टेम्बर ६ अघि नै त्यसको सक्कल प्रति पठाउनुहोस्। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ।
◼ पुनः उपलब्ध प्रकाशनहरू:
यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? —बंगाली
तपाईंको प्रियजनको मृत्यु हुँदा —गुजराती र पंजाबी
के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? —मराठी
जीवनको उद्देश्य के हो?—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? —मराठी
प्रमोदवनको बाटो कसरी पत्ता लगाउने (मुसलमानहरूका लागि) —तामिल