प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 सेप्टेम्बर पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००४
हाम्रो राज्य सेवकाई—२००४
km04 सेप्टेम्बर पृ. ३

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ? भन्‍ने सानो पुस्तिका चलाइनेछ। अक्टोबर: नयाँ पुस्तिका वितरण गर्ने विशेष अभियान तर महिनाभरि नै प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌!-का प्रतिहरू प्रस्तुत गरिनेछन्‌। नियमित पत्रिकाहरू वितरण गरिसिध्याउने सन्दर्भमा थप जानकारी पछि उपलब्ध गराइनेछ। चासो देखाउने व्यक्‍तिलाई चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌ र गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर पुनःभेट गर्नुहोस्‌। नोभेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। डिसेम्बरः आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌? र पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सक्नुहुन्छ।

◼ डिसेम्बर महिनाको सेवा सभामा नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज भन्‍ने भिडिओबारे छलफल हुनेछ। ट्रान्सफ्युजन अल्टरनेटिभ्स्‌—डकुमेन्ट्री सिरिज-को एउटा भागको रूपमा अहिले यो भिडिओ भी सी डी-मा उपलब्ध छ। तीनवटा भी सी डी-को यस सेटमा निम्न कार्यक्रमहरू समावेश छन्‌: ट्रान्सफ्युजन—अल्टरनेटिभ स्ट्राटिजिस्‌—सिम्पल, सेफ, इफेक्टिभ; ट्रान्सफ्युजन-अल्टरनेटिभ हेल्थ केयर—मिटिङ पेस्यन्ट निड्‌स एण्ड राइट्‌स; र नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज। यो अङ्‌ग्रेजीमा मात्रै उपलब्ध छ। चाहिएको खण्डमा भी सी डी-का प्रतिहरू मण्डलीमार्फत सकेसम्म चाँडै मगाउनुपर्छ।

◼ सन्‌ २००५ स्मरणार्थ उत्सवताका दिइने विशेष जनभाषण आइतबार, अप्रिल १० तारिखको दिन दिइनेछ। भाषणको विषय पछि नै घोषणा गरिनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण अथवा सम्मेलन हुने मण्डलीहरूमा उक्‍त भाषण अर्को हप्ता दिइनेछ। अप्रिल १०, २००५ अघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनु हुँदैन।

◼ नियमित अग्रगामीको नियुक्‍ति पत्रको पछाडिपट्टि, “Discontinuation,” “Change of Congregation” र “Name Change” जस्ता उपशीर्षकहरू अन्तर्गत यस्ता अवस्थाहरूमा के गर्नुपर्छ भन्‍ने सन्दर्भमा स्पष्ट निर्देशनहरू दिइएका छन्‌। यी विषयहरू सँभाल्दा सचिवले हरेक चोटि यी निर्देशनहरू पालन गर्नुपर्छ।

◼ पुनःस्थार्पित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्‍तिहरूको सन्दर्भमा अप्रिल १५, १९९१ को प्रहरीधरहरा पृष्ठ २१-२३ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।

◼ मण्डलीहरूले प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌!-का नयाँ अंकहरू पाउनेबित्तिकै वितरण गरिहाल्नुपर्छ। यसो गर्दा क्षेत्र सेवामा पत्रिकाहरू प्रस्तुत गर्नुअघि प्रकाशकहरू विषयवस्तुसित परिचित हुन सक्नेछन्‌।

◼ अक्टोबर महिनामा पाँचवटा सप्ताहन्त हुने भएकोले सहायक अग्रगामी गर्न यो एउटा उत्कृष्ट महिना हुन सक्नेछ।

◼ नयाँ सेवा वर्षको दौडान प्रयोग गरिने वार्षिक सेवा फारामहरू प्रत्येक मण्डलीहरूलाई पर्याप्त मात्रामा पठाइँदैछन्‌। प्राप्त भएको परिमाण अर्को सेवा वर्षको लागि पर्याप्त छ कि छैन, सो सचिवहरूले पक्का गर्नुपर्छ। यी फारामहरूमध्ये कुनै एक अझै मगाउनुपरेमा सेप्टेम्बर महिनाको लागि आफ्नो लिटिरेचर रिक्वेस्ट-सँगै कृपया ती तुरुन्तै मगाइहाल्नुहोस्‌।

◼ अब शाखा कार्यालयले साहित्य र पत्रिकाका मागहरू छिटो-छरितो ढङ्‌गमा सँभाल्न सक्ने भएको कारण अबदेखि उसो हरेक महिनाको पहिलो हप्तासम्ममा तपाईंले आफ्नो लिटरेटर रिक्वेस्ट फाराम-का साथसाथै (S-14) कङ्‌ग्रिगेसन म्यागाजिन/आवर किङ्‌डम मिनिस्ट्री रिक्वेस्ट (M-202) फाराम पठाउन सक्नुहुन्छ। यसो गर्दा साहित्य तथा पत्रिकाहरू सँभाल्न तपाईंहरूलाई सजिलो हुनेछ।

◼ उपलब्ध नयाँ प्रकाशन:

तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्‍नति गर्ने—नेपाली

◼ पुनः उपलब्ध प्रकाशनहरू:

चर्चाका लागि बाइबल विषयहरू—आसामी, गुजराती, पंजाबी

द गाइडेन्स अफ गड—आवर वे टु पाराडाइज —बंगाली

तपाईंको प्रियजनको मृत्यु हुँदा —मल्यालम

◼ उपलब्ध प्रकाशन:

तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्‍नति गर्ने—नेपाली

◼ पुनः उपलब्ध प्रकाशनहरू:

चर्चाका लागि बाइबल विषयहरू—आसामी, गुजराती, पंजाबी

द गाइडेन्स अफ गड—आवर वे टु पाराडाइज —बंगाली

तपाईंको प्रियजनको मृत्यु हुँदा —मल्यालम

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने