सेवा सभाको तालिका
सेप्टेम्बर १३ मा सुरु हुने हप्ता
गीत ४ (४३)
१२ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ४ मा दिइएका सुझावहरू तपाईंको मण्डलीको इलाकामा व्यावहारिक छन् भने, सेप्टेम्बर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र सेप्टेम्बर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा प्रदर्शन गरेर देखाउन ती चलाउनुहोस्। अन्य प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। हरेक प्रदर्शनपछि, प्रस्तुतिको सकारात्मक पक्षलाई संक्षिप्तमा प्रकाश पार्नुहोस्।
१५ मि: “आफ्नो आँखा निर्मल राख्नुहोस्।”a दिइएका प्रश्नहरू चलाउनुहोस्। समयले भ्याएमा उद्धृत शास्त्रपदहरू प्रकाश पार्नुहोस्।
१८ मि: हाम्रो असल कामका प्रत्यक्षदर्शीहरू। (१ पत्रु. २:१२) नोभेम्बर १, २००१ को प्रहरीधरहरा, पृष्ठ १२-१४, अनुच्छेद १४-२० मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। हाम्रो असल काम देखेर स्थानीय मानिसहरू कसरी प्रभावित भएका छन्, त्यसबारे श्रोताहरूलाई टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्।
गीत १८ (१६२) र समापन प्रार्थना।
सेप्टेम्बर २० मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणाहरू। अक्टोबर ४ को हप्तामा हुने सेवा सभाको तयारी गर्दा सबैलाई गन्ती १६:१-३५ पढ्न र रेस्पेक्ट जेहोभाज् अथोरिटी भन्ने भिडिओ हेर्न प्रोत्साहन दिनुहोस्।
१५ मि: गत वर्ष हामीले कस्तो गऱ्यौं? सन् २००४ सेवा वर्षको मण्डलीको सेवा रिपोर्टमा आधारित प्राचीनद्वारा भाषण। रिपोर्टको सकारात्मक पक्षहरूमा ध्यान केन्द्रित गर्नुहोस् र मण्डलीले हासिल गरेका असल कुराहरूका लागि मण्डलीको सराहना गर्नुहोस्। अग्रगामीहरूले गरेको कडा परिश्रममा जोड दिनुहोस्। आगामी वर्ष मण्डलीले ध्यान दिन सक्ने एक वा दुईवटा क्षेत्रबारे बताउनुहोस्।
२० मि: असल काम गरिरहने। (गला. ६:१०) नियमित अग्रगामी अथवा समय-समयमा सहायक अग्रगामी गर्ने दुई वा तीन जनाको अन्तरवार्ता लिनुहोस्। यहोवाको सेवामा उनीहरूले कस्ता अप्ठ्याराहरूको सामना गरेका छन् र उनीहरू कसरी त्यसमाथि विजयी भए? अरूतर्फ असल काम गर्ने सन्दर्भमा कुन कुराले उनीहरूलाई मदत गरेको छ? उनीहरूले मसीही सेवकाईमा गरेको प्रयासले कसरी आफू र अरूलाई लाभ पुऱ्याएको छ? उपयुक्त भएमा, अरू नै भाषा बोल्ने व्यक्तिहरूलाई सुसमाचार सुनाउन स्थानीय तवरमा के-कस्ता प्रबन्धहरू मिलाइएका छन्, त्यसबारे टिप्पणीहरू समावेश गर्नुहोस्। ‘उनीहरूको विश्वासको काम र प्रेमको परिश्रम, र धीरजको’ लागि सबैको सराहना गर्नुहोस्।—१ थिस्स. १:२, ३.
गीत ११ (८५) र समापन प्रार्थना।
सेप्टेम्बर २७ मा सुरु हुने हप्ता
गीत २७ (२२१)
१५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। प्रकाशकहरूलाई सेप्टेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। सेप्टेम्बर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र अक्टोबर १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्।
१० मि: यहोवाको वचन जीवित छ। भाषण। ईश्वरतान्त्रिक सेवकाई स्कूलको लागि दिइएको साप्ताहिक बाइबल पढाइको कार्यक्रमबाट पूरापूर लाभ उठाउन हामीलाई मदत गर्नको लागि प्रहरीधरहरा-को छानिएका अंकहरूमा “परमेश्वरको वचन जीवित छ” भन्ने शृङ्खलाबद्ध लेखहरू आउन थालेका छन्। सन् २००४ सेप्टेम्बर १५ को प्रहरीधरहरा, पृष्ठ २४-२७ चलाउँदै यी लेखहरूका विशेषताहरू औंल्याउनुहोस्। संक्षिप्त विवरणपछि, “धर्मशास्त्रीय प्रश्नहरूको जवाफ” भन्ने भागमा कुनै-कुनै गाह्रा धर्मशास्त्रीय विवरणहरूको व्याख्या गरिएको छ। “हाम्रा लागि पाठहरू” अन्तर्गत दिइएका टिप्पणीहरूले बाइबल पढाइ गर्दा थाह लाग्ने जानकारीको व्यावहारिक महत्त्वतर्फ ध्यानाकर्षित गर्छ। यस शृङ्खलाले हामीलाई परमेश्वरको वचनको थप समझ प्राप्त गर्न कसरी मदत गर्नेछ भन्ने कुरा बुझाउन केही खास उदाहरणहरू विचार गर्नुहोस्। अर्को हप्ता व्यवस्थाको पुस्तक पढ्न सुरु गर्दा, यस प्रबन्धको पूरापूर सदुपयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
२० मि: “बाइबलको सदुपयोग गर्नुहोस्।”b दिइएका प्रश्नहरू चलाउनुहोस्। मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ १४५, अनुच्छेद २-३ मा आधारित परिचयात्मक टिप्पणीहरू गर्नुहोस्। दिइएका सुझावहरू कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने कुरा देखाउँदै एउटा पहिलो भेट गरेको र दोस्रोचाहिं पुनःभेट गरेको दुईवटा संक्षिप्त प्रदर्शन समावेश गर्नुहोस्।
गीत १६ (१४३) र समापन प्रार्थना।
अक्टोबर ४ मा सुरु हुने हप्ता
गीत ७ (५१)
५ मि: स्थानीय घोषणाहरू।
१५ मि: स्थानीय आवश्यकताहरू।
२५ मि: “हामीले यहोवाको अख्तियारको आदर गर्नै पर्छ।” दुई मिनेटभन्दा छोटो परिचय दिंदै यहूदा ११ पढ्नुहोस्। त्यसपछि तुरुन्तै लेखमा दिइएका सम्पूर्ण प्रश्नहरू चलाउँदै श्रोताहरूसितको छलफल सुरु गरिहाल्नुहोस्। यहोवाको अनुमोदन पाइरहन चाहन्छौं भने, कोरहको जस्तो विद्रोही मनोवृत्ति राख्नदेखि हामी टाढै बस्नुपर्छ र तिनका छोराहरूको उदाहरण अनुकरण गर्नुपर्छ किनभने उनीहरूले अरू कुराहरूलाई भन्दा यहोवाप्रतिको आफ्नो वफादारितालाई प्राथमिकता दिएका थिए।
गीत ८ (५३) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।