सेवा सभाको तालिका
अक्टोबर ११ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अक्टोबर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र अक्टोबर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा दिइएका सुझावहरू (तपाईंको इलाकामा उपयुक्त हुन्छ भने) चलाउनुहोस्। आफ्नो प्रस्तुतिमा शास्त्रपद समावेश गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ।
२० मि: “सङ्कष्टको बावजुद आनन्द गरिरहने।” भाषण तथा श्रोताहरूसित छलफल। गत सेवा वर्षको क्षेत्रीय सम्मेलन कार्यक्रमको दौडान लिएका टिपोटहरूबाट बुँदाहरू समावेश गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्। श्रोताहरूले कसरी मुख्य बुँदाहरू व्यक्तिगत रूपमा वा पारिवारिक रूपमा लागू गर्न सके, त्यसबारे टिप्पणीहरू समावेश गर्नुहोस्।
१५ मि: अरूलाई मदत गर्न पाउँदा रमाउनुहोस्। (यूह. ४:३४) अन्तरवार्ताहरू। परमेश्वरको वचनबाट सत्य सिक्दा कसैको मुहार चम्केको देख्न पाउनु एउटा आनन्दको कुरा हो। (w९४ ३/१ पृ. २९ अनु. ६-७) सेवकाईमा र बाइबल अध्ययन सुरु तथा सञ्चालन गर्दा प्रभावकारी ढङ्गमा बाइबल चलाउने दुई वा तीन जना प्रकाशक अथवा अग्रगामीहरूको अन्तरवार्ता लिनुहोस्। उनीहरूले कसरी इच्छुक व्यक्तिको चासो विकास गर्छन्? यसो गर्दा उनीहरूले कस्तो आनन्द पाउँछन्? सेवकाईमा आफूले बटुलेका अनुभवहरू उनीहरूलाई बताउन वा पुनःअभिनय गरेर देखाउन लगाउनुहोस्।
गीत ९ (३७) र समापन प्रार्थना।
अक्टोबर १८ मा सुरु हुने हप्ता
गीत १५ (१२७)
१० मि: स्थानीय घोषणाहरू।
२० मि: बाइबल अध्ययन सुरु गर्न पर्चाहरू चलाउने। सन् २००१ नोभेम्बर महिनाको हाम्रो राज्य सेवकाई, पृष्ठ ३-४ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। अनुच्छेद ५ मा बताइएझैं प्रत्येक विद्यार्थीको परिस्थितिअनुसार छाँटकाँट गर्न हामी इच्छुक छौं भन्ने कुरा प्रकाश पार्नुहोस्। अनुच्छेद ८-१० मा आधारित एक वा दुईवटा छोटो प्रदर्शन समावेश गर्नुहोस्। स्थानीय तवरमा अर्को कुनै प्रस्तुति प्रभावकारी साबित भएको छ भने, त्यसबारे बताउनुका साथै त्यो प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्। के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? भन्ने पर्चा चलाउँदा बटुलेका अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
१५ मि: आफ्नो बच्चालाई सच्चाइ सिकाउनुहोस्। पारिवारिक आनन्द पुस्तक, पृष्ठ ५५-५९ मा आधारित भाषण। विषयवस्तुको व्यावहारिक उपयोग बताउँदै यहोवासित व्यक्तिगत रूपमा घनिष्ठ सम्बन्ध गाँस्न आमाबाबुले आफ्ना छोराछोरीलाई मदत गर्न सक्ने चारवटा तरिका छलफल गर्नुहोस्।
गीत २० (९३) र समापन प्रार्थना।
अक्टोबर २५ मा सुरु हुने हप्ता
गीत ४ (४३)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। पृष्ठ ८ मा दिइएका सुझावहरू चलाउँदै (तपाईंको इलाकामा उपयुक्त हुन्छ भने), अक्टोबर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र नोभेम्बर १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा, “मलाई यहोवाका साक्षीहरूमा चासो छैन” भन्ने वार्तालाप बाधकलाई जवाफ दिने विभिन्न तरिका देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिका, पृष्ठ ९ हेर्नुहोस्।
२० मि: परमेश्वरको वचनलाई समर्थन गर्ने प्रमाण प्रस्तुत गर्नुहोस्। मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ २५६-२५७ मा आधारित श्रोताहरूसित छलफल। धर्मशास्त्र कत्तिको व्यावहारिक छ भन्ने कुरा बुझ्न मानिसहरूलाई मदत गर्नको लागि बाइबलबाहिरका स्रोतहरूमा उपलब्ध प्रमाण हामी कसरी चलाउन सक्छौं? निम्न प्रश्नहरूमा टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्: सृष्टिकर्ता हुनुहुन्छ भन्ने प्रमाणको रूपमा भौतिक ब्रह्माण्डबाट हामी कस्ता उदाहरणहरू बताउन सक्छौं? (rs अनु. ८५-८६) बाइबल साँच्चै परमेश्वरको वचन हो भन्ने कुरा बुझ्न अरूलाई मदत गर्न हामी कसरी शास्त्रविद् वा विशेषज्ञहरूले गरेका टिप्पणीहरू चलाउन सक्छौं? (rs अनु. ६२-६४) परमेश्वरले दुष्टता रहिरहन दिनुको कारण बुझ्न अरूलाई मदत गर्न हामी कस्ता दृष्टान्त वा समानता चलाउन सक्छौं? (rs अनु. ४२९) बाइबलले दिने सल्लाह पालन गर्नुको महत्त्व बुझ्न अरूलाई मदत गर्न तपाईंले कस्ता अनुभव वा उदाहरणहरू चलाउनुभएको छ?
१५ मि: “पूर्ण हृदयले यहोवाको सेवा गर्नुहोस्।” श्रोताहरूसित छलफल। गत सेवा वर्ष सम्पन्न विशेष सम्मेलन दिनका मुख्य बुँदाहरू प्रकाश पार्नुहोस्। त्यस कार्यक्रमको दौडान आफूले लिएका टिपोटहरूबाट केही बुँदाहरू समावेश गर्न श्रोताहरूलाई प्रोत्साहन दिनुहोस्। सिकेका कुरा लागू गर्दा प्राप्त हुने लाभहरूमा टिप्पणीहरू केन्द्रित हुनुपर्छ।
गीत २३ (२००) र समापन प्रार्थना।
नोभेम्बर १ मा सुरु हुने हप्ता
गीत २ (१५)
१० मि: स्थानीय घोषणाहरू। सबैलाई क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्। नोभेम्बर महिनाको दौडान हामी आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष भन्ने पुस्तक प्रस्तुत गर्नेछौं। यो पुस्तक प्रस्तुत गर्नुभन्दा अघि चलाउन सकिने वार्तालापका विषयहरू छोटकरीमा पुनरावलोकन गर्नुहोस् र स्थानीय इलाकामा प्रभावकारी हुने एउटा प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्। समयले भ्याएमा, सेवकाईमा यो प्रकाशन चलाउन आफू सफल भएको विषयमा टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: “के तपाईं पत्रिका दिनको गतिविधिमा भाग लिनुहुन्छ?” सेवा निरीक्षकले भाषण तथा श्रोताहरूसितको छलफल सञ्चालन गर्नेछन्। पत्रिका दिनको गतिविधिका लागि गरिएका स्थानीय प्रबन्धहरूबारे उल्लेख गर्नुहोस् र यसलाई नियमित रूपमा सहयोग गर्न हरेकले के गर्न सक्छन्, त्यसबारे छलफल गर्नुहोस्।
गीत ५ (४६) र समापन प्रार्थना।