के तपाईं पत्रिका दिनको गतिविधिमा भाग लिनुहुन्छ?
१ भारतमा १८ करोडभन्दा बढी मानिसहरूले नियमित रूपमा पत्रिका तथा अखबारहरू किन्छन्। त्यसपछि यी पत्रपत्रिकाहरू अरू करोडौंले पढ्छन्। प्रहरीधरहरा अनि ब्यूँझनुहोस्! उनीहरूको नियमित पढाइको भाग भइदिएको भए कत्ति लाभदायी हुने थियो होला। पत्रिका दिनको गतिविधिमा जोसिलो भई भाग लियौं भने यसो हुन सक्छ।
२ सन् २००४ को हाम्रो क्यालेन्डरमा हरेक शनिबारलाई पत्रिका दिनको रूपमा छुट्याइएको छ। यसै अनुरूप, थुप्रै मण्डलीहरूले विशेष गरी पत्रिका साक्षीकै लागि भनेर हप्ताको एक दिन छुट्याएर राखेका छन्। पत्रिका वितरण दिनमा धेरैभन्दा धेरै इलाका ढाक्ने मौका मिल्छ किनभने त्यो दिन हरेक महिनाको हाम्रो राज्य सेवकाई-मा दिइएझैं छोटकरीमा कुरा गरेर पत्रिका दिन सकिन्छ। अरू दिनहरूमा चाहिं हामी घरधनीसित विश्व परिस्थितिबारे कुरा गरेर अनि त्यो महिना चलाइने प्रकाशनहरू प्रस्तुत गर्नुका साथै चाहनुहुन्छ पुस्तिकाबाट बाइबल अध्ययन गरेर अलि लामो समयसम्म कुरा गर्न पनि सक्छौं।
३ आफ्नो मण्डलीको पत्रिका दिनलाई तपाईं कसरी समर्थन गर्न सक्नुहुन्छ?
◼ पत्रिकाहरू पढ्नुहोस्: एक परिभ्रमण निरीक्षकको प्रतिवेदनअनुसार तिनको क्षेत्रमा औसतन हरेक २० मध्ये १ जना प्रकाशकले मात्र प्रहरीधरहरा र ब्यूँझनुहोस्! सुरुदेखि अन्तसम्म पढ्छन्। के तपाईं पनि त्यसरी नै पढ्नुहुन्छ? प्रत्येक लेख पढेपछि आफैलाई सोध्नुहोस्, ‘एउटी आमा, एक हिन्दु व्यापारी र एक मुस्लिम जवानमध्ये कसले यो जानकारी पढ्न रुचाउलान्?’ पत्रिका प्रस्तुत गर्दा चलाउन सकिने एक दुइटा बुँदा आफ्नो व्यक्तिगत प्रतिमा चिह्न लगाउनुहोस्। त्यसपछि एक दुइटा वाक्य मात्र बताएर पनि त्यस विषयमा कसरी चासो जगाउन सकिन्छ, सोच्नुहोस्।
◼ निश्चित मात्रामा पत्रिकाहरू अर्डर गर्नुहोस्: प्रत्येक अंक कति प्रति चाहिने हो, व्यावहारिक भएर निधो गर्नुहोस्। यसो गर्नुभयो भने तपाईं र तपाईंको परिवारले नियमित रूपमा पर्याप्त पत्रिकाहरू पाउनुहुनेछ।
◼ नियमित तवरमा पत्रिका दिनमा भाग लिने तालिका बनाउनुहोस्: मण्डलीले तोकेका दिनहरूमध्ये एक वा त्योभन्दा बढी दिन छान्नुहोस् र नियमित रूपमा पत्रिका साक्षीकार्यमा भाग लिनुहोस्। त्यसो गर्न सम्भव छैन भने, बेलाबेलामा केही समय पत्रिकामार्फत सडक साक्षी दिनुका साथै ढोका-ढोका तथा पत्रिका रूटमा पनि व्यक्तिगत तवरमा पत्रिका बाँड्ने प्रयास गर्नुहोस्।
◼ पत्रिका प्रस्तुतिबारे छोटकरीमा पूर्वाभ्यास गर्नुहोस्: हरेक महिना “पत्रिकाहरूबारे के भन्ने” विषयअन्तर्गत नमुना प्रस्तुतिहरू दिइएका हुन्छन्। तपाईंसित पुराना पत्रिकाहरू वा अन्य भाषाका विभिन्न अंकहरू भए तापनि नयाँ पत्रिकाहरू प्रस्तुत गर्ने योजना बनाउनुहोस् र सुझावित प्रस्तुतिहरूसित राम्ररी परिचित हुनुहोस्।
◼ “प्रहरीधरहरा” तथा “ब्यूँझनुहोस्!”-बारे सजग हुनुहोस्: यात्रा गर्दा वा बजार जाँदा केही प्रति पत्रिकाहरू बोक्नुहोस्। सहकर्मी, छिमेकी, सहपाठी वा शिक्षकहरूसित कुराकानी गर्दा त्यसलाई प्रस्तुत गर्नुहोस्।
४ मण्डलीका प्राचीनहरूले कसरी मदत गर्न सक्छन्?
◼ पत्रिका गतिविधिको तालिका मिलाउनुहोस्: इलाकाका सबै क्षेत्रमा व्यावहारिक प्रबन्धहरू मिलाउँदा धेरै जना त्यसमा भाग लिन प्रोत्साहित हुनेछन्।
◼ गोठालो भेटहरूद्वारा मदत दिनुहोस्: गोठालो भेट गर्न जाँदा पुस्तक अध्ययन निरीक्षकहरूले परिवारहरूलाई सरल पत्रिका प्रस्तुतिहरू तयार गर्न तथा पूर्वाभ्यास गर्न मदत दिन सक्छन्। एकदमै राम्ररी पूर्वाभ्यास गरिएको पत्रिका प्रस्तुति बताएर थुप्रै प्रकाशकहरूले सेवकाईमा पहिलो चोटि कुरा गर्न सुरु गरेका थिए।
◼ क्षेत्र सेवाका लागि सभाहरू गर्नुहोस्: पत्रिका दिनमा क्षेत्रमा जानुअघि समूहसित हालैका प्रस्तुतिहरू पुनरावलोकन गर्न १० देखि १५ मिनेट बिताउनुहोस्।
◼ प्रकाशकहरूसित क्षेत्रमा काम गर्नुहोस्: यसो गर्दा पत्रिकाहरू कसरी प्रभावकारी ढङ्गमा प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा देखाउने मौका मिल्छ र यसबाट नयाँ प्रकाशकहरूले मदतकारी प्रशिक्षण पाउन सक्छन्।
५ अझ करोडौं मानिसहरूले सुसमाचार सुन्न बाँकी नै छ। एउटा पत्रिकामा भएको जानकारी मात्र पनि सत्यतर्फ डोऱ्याउनको लागि उनीहरूलाई चाहिएकै कुरा हुन सक्छ! यहोवाले हामीलाई घोषणा गर्ने एउटा रोमाञ्चकारी सन्देश दिनुभएको छ र त्यो सन्देश अरूसमक्ष पुऱ्याउने सन्दर्भमा हाम्रा पत्रिकाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। के तपाईं भविष्यमा पत्रिका वितरण गर्ने विषयमा अझ सजग हुनुहुनेछ? के तपाईंले आउँदो सप्ताहन्तमै यहाँ दिइएकामध्ये कुनै-कुनै सुझावहरू लागू गर्नुहुनेछ? यसो गर्नुभयो भने, तपाईंले प्रचुर मात्रामा आशिष् पाउनुहुनेछ।