प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अक्टोबर पृ. ७
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००४
हाम्रो राज्य सेवकाई—२००४
km04 अक्टोबर पृ. ७

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अक्टोबर २५, २००४ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले सेप्टेम्बर ६ देखि अक्टोबर २५, २००४ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्‌। [टिप्पणी: प्रश्‍नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]

वक्‍तृत्व कला

१. हामी आफ्नो प्रस्तुतिमा कसरी विविधता ल्याउन सक्छौं? [sg पृ. १६४ अनु. ६, ७]

२. हामी आफ्नो बोलीमा न्यानोपन र भाव कसरी प्रकट गर्न सक्छौं? [sg पृ. १६६-१६७ अनु. १६, १९]

३. प्रभावकारी ढङ्‌गमा दृष्टान्त प्रयोग गर्न हामी कसरी सिक्न सक्छौं? [sg पृ. १६८-१६९ अनु. ५, ६]

४. सुहाउँदो दृष्टान्त के हो भनी निर्धारण गर्न कुन कुराले मदत गर्नेछ? [sg पृ. १७० अनु. १४]

५. दृष्टान्त चलाउँदा आइपर्न सक्ने खतराहरूबाट जोगिन हामीले के गर्नुपर्छ? [sg पृ. १७१ अनु. २०, २१]

असाइनमेन्ट न. १

६. जलप्रलयअघिका कस्ता घटनाहरूले गर्दा मानिसहरूलाई आफू वरपरका सबै थोकहरूको अन्त हुँदैछ भन्‍ने कुरा विश्‍वास गर्न गाह्रो भएको हुन सक्छ? [w-NP०२ ३/१ पृ. ५-६]

७. येशूका समकालीनहरूले उहाँलाई “निवारक” भनेर होइन तर “गुरुज्यू” भनेर सम्बोधन गर्नु किन उल्लेखनीय छ? (लूका ३:१२; ७:४०) [w-NP०२ ५/१ पृ. ४ अनु. ३; पृ. ६, अनु. ६]

८. हितोपदेश ११:२४, २५ ले क्षेत्र सेवकाईमा जतिसक्दो धेरै भाग लिनुको महत्त्व कसरी प्रकाश पार्छ? [w-NP०२ ७/१५ पृ. ३० अनु. २-४]

९. अदनको बगैंचाको विद्रोहले कुन नैतिक विवाद खडा गऱ्‍यो र त्यो विद्रोहको नतिजा कस्तो भएको छ? (उत्प. ३:१-६) [w-NP०२ १०/१ पृ. ६ अनु. १, ३, ४]

१०. कुन चारवटा कुराहरूले दृष्टान्तहरूलाई प्रभावकारी बनाउँछ? [w-NP०२ ९/१ पृ. २२ अनु. १७]

साप्ताहिक बाइबल पढाइ

११. बिलामलाई यहोवा आफैले बालाकका मानिसहरूसित जान भन्‍नुभएको भए तापनि बिलाम तिनीहरूसित जाँदा उहाँ किन रिसाउनुभएको थियो? (गन्ती २२:२०-२२)

१२. के मसीही स्त्रीको पतिले आफ्नी पत्नीको भाकल रद्द गर्न सक्छन्‌? (गन्ती ३०:६-८)

१३. “शरण-नगरहरू[ले]” आज कुन कुराको प्रतिनिधित्व गर्छ? (गन्ती ३५:६) [w-NP९५ ११/१५ पृ. १७ अनु. ८]

१४. परमेश्‍वरको व्यवस्था ‘आफ्नो हातमा र निधारमा व्यवस्था-पत्रीको रूपमा बाँध्नू’ भनी व्यवस्था ६:६-९ मा दिइएको आज्ञालाई के शाब्दिक अर्थमा लिनुहुन्छ?

१५. “तिमीहरूका जीउको लुगा फाटेन” भन्‍ने अभिव्यक्‍तिको अर्थ के इस्राएलीहरूले पुरानो लुगा फाटेपछि त्यसको ठाउँमा नयाँ लुगा पाइरहे मात्र भनेको हो? (व्यव. ८:४)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने