घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अक्टोबर: नयाँ पुस्तिका वितरण गर्ने विशेष अभियान तर महिनाभरि नै प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-का प्रतिहरू प्रस्तुत गरिनेछन्। नियमित पत्रिकाहरू वितरण गरिसिध्याउने सन्दर्भमा थप जानकारी पछि उपलब्ध गराइनेछ। चासो देखाउने व्यक्तिलाई चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस् र गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर पुनःभेट गर्नुहोस्। नोभेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्। डिसेम्बरः आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्स वर्ड अर म्यान्स्? र पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सक्नुहुन्छ। जनवरी: मण्डलीसित स्टकमा भएका कुनै पनि पुराना पुस्तकहरू प्रयोग गर्न सकिन्छ। मण्डलीसित पुराना पुस्तकहरू छैन भने, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? र तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ पुस्तिकाहरू प्रयोग गरिनेछन्।
◼ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन् २००५ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिका” हो र सन् २००५ को वर्षभरि तालिका हेर्न यो आफूसँग सुरक्षित राख्नुपर्छ।
◼ प्रकाशकहरूले पठाएका व्यक्तिगत साहित्य मागलाई शाखा कार्यालयले सदर गर्दैन। व्यक्तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिन सकून् भन्ने हेतुले प्रत्येक महिना शाखालाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्, कृपया ध्यान दिनुहोस्।
◼ उपलब्ध नयाँ प्रकाशनहरू:
यहोवाको भजन गाओ —गीतका शब्दहरू मात्रै—मल्यालम
गीतका शब्दहरू मात्रै (Ssbly) भएका गीतिपुस्तक म्युजिकल नोट्सविनाको सानो साइजको संस्करण हो। यो नयाँ आइटम उपलब्ध भएकोले मल्यालम भाषाको गीतिपुस्तकको पेन्डिङ रहेका सम्पूर्ण अर्डरहरू रद्द गरिएका छन्। मण्डलीहरूलाई नयाँ अर्डर पठाउन निवेदन गरिन्छ।
◼ पुनः उपलब्ध प्रकाशनहरू:
ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ—तेलगु, मल्यालम, हिन्दी
परमेश्वर हामीबाट के चाहनुहुन्छ? —अङ्ग्रेजी, गुजराती, तामिल, तेलगु, नेपाली, बंगाली, मराठी, मल्यालम, मिजो, हिन्दी