सन् २००५ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिका
निर्देशन
सन् २००५ को दौडान ईश्वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन निम्नानुसार हुनेछ।
पाठ्यपुस्तक: न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स [ bi12] वा पवित्र बाइबल, प्रहरीधरहरा [ w-NP], तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्नति गर्ने [ ht-NP], चर्चाका लागि बाइबल विषयहरू [ td-NP] र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ [ kl-NP]।
गीत गाएर, प्रार्थना तथा स्वागत गरेर स्कूल समयमै सुरु गर्नुपर्छ अनि यस प्रकार कार्यक्रम सञ्चालन गर्नुहोस्:
वक्तृत्व कला: ५ मिनेट। स्कूल निरीक्षक, सहायक सल्लाहकार वा अर्का योग्य प्राचीनले क्षमता उन्नति गर्ने-मा आधारित वक्तृत्व कलाको छलफल गर्नेछन्। (सीमित प्राचीनहरू मात्र भएको मण्डलीमा योग्य सेवकाई सेवक प्रयोग गर्न सकिन्छ।)
असाइनमेन्ट न. १: १० मिनेट। प्रहरीधरहरा-मा आधारित यो भाषण प्राचीन वा सेवकाई सेवकले दिनुपर्छ। प्रहरीधरहरा-मा आधारित भाषण दिंदा मौखिक पुनरावृत्ति नगरी यसलाई १० मिनेट लामो निर्देशन भाषणको रूपमा प्रस्तुत गर्नुपर्छ। भाषणको उद्देश्य विषयवस्तुलाई सिध्याउनु मात्र नभई मण्डलीलाई मदतकारी हुने बुँदामा जोड दिंदै छलफल गरिएका कुराहरूको व्यावहारिक मूल्यमाथि ध्यान केन्द्रित हुनुपर्छ। यस भाषणको लागि दिइएको शीर्षक नै चलाउनुपर्छ। यो भाषण दिने भाइले निर्धारित समयभित्रै भाषण सिध्याउने आशा गरिन्छ। आवश्यक भएमा व्यक्तिगत तवरमा सल्लाह दिन सकिन्छ।
बाइबल पढाइका विशेषताहरू: १० मिनेट। पहिलो छ मिनेट कुनै योग्य प्राचीन वा सेवकाई सेवकले विषयवस्तुलाई स्थानीय आवश्यकताअनुसार लागू गर्नुपर्छ। तिनले त्यस हप्ताको निर्धारित बाइबल पढाइको कुनै पनि भागमा टिप्पणी गर्न सक्छन्। यो भाषण निर्धारित पढाइको सारांश जस्तो मात्र हुनु हुँदैन। तथापि, यस भाषणको मुख्य उद्देश्य बाइबलमा दिइएको जानकारी किन र कसरी लाभदायी छ भनेर श्रोताहरूलाई बुझाउनु हो। सुरुको भागमा निर्धारित छ मिनेटभन्दा बढी समय नलिन वक्ता होसियार हुनुपर्छ। श्रोताहरूसितको छलफलको लागि तिनले बाँकी चार मिनेट छुट्याउनुपर्छ। बाइबल पढाइमा कुनचाहिं भाग रोचक लाग्यो र यसका लाभहरूबारे संक्षिप्तमा टिप्पणी (३० सेकेण्ड वा कम) गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्। त्यसपछि स्कूल निरीक्षकले असाइनमेन्ट पाएका विद्यार्थीहरूलाई अरू कक्षमा पठाउनेछन्।
असाइनमेन्ट न. २: ४ मिनेट। यो एक जना भाइले पढाइको रूपमा प्रस्तुत गर्ने असाइनमेन्ट हो। पढाइ अक्सर बाइबलबाट हुनेछ। महिनाको एक चोटि यस असाइनमेन्टले प्रहरीधरहरा-बाट लिइएको विषयवस्तु ढाक्नेछ। विद्यार्थीले तोकिएको विषयवस्तुमा परिचय वा समापन केही नदिई पढ्नुपर्छ। प्रत्येक हप्ता पढिने विषयवस्तुको अंश फरक-फरक हुनेछ तर यसको लागि चार मिनेट वा त्योभन्दा कम समय लाग्छ। स्कूल निरीक्षकले असाइनमेन्ट दिनुअघि विषयवस्तु हेर्नुपर्छ र विद्यार्थीको उमेर अनि योग्यतालाई सुहाउँदो असाइनमेन्ट दिनुपर्छ। स्कूल निरीक्षकले विद्यार्थीलाई खास गरी स्पष्ट, सरर्र पढ्न, ठीक ठाउँमा जोड दिन, स्वरको उतार-चढाव, ठीक ठाउँमा रोक्न र स्वाभाविकता झल्काउन मदत गर्ने कोसिस गर्नुपर्छ।
असाइनमेन्ट न. ३: ५ मिनेट। यो भाग बहिनीले प्रस्तुत गर्नेछिन्। यो असाइनमेन्ट पाउने विद्यार्थीहरूले आफै भूमिका छान्नेछन्। विद्यार्थीले दिइएको शीर्षक नै चलाउनुपर्छ र यसलाई स्थानीय मण्डलीको इलाकामा यथार्थ र व्यावहारिक हुने गरी क्षेत्र सेवकाईको कुनै पक्षमा प्रयोग गर्नुपर्छ। स्रोत सामग्री केही संकेत गरिएको छैन भने विद्यार्थीले यस भागको लागि विश्वासी र बुद्धिमान् दास वर्गले प्रबन्ध गरेका साहित्यहरूमा अनुसन्धान गरेर तयार पार्नुपर्नेछ। स्रोत सामग्री दिइएका भाषणहरू चाहिं नयाँ विद्यार्थीहरूलाई दिनुपर्छ। स्कूल निरीक्षकले विशेष गरी विद्यार्थीले घरधनीसित कसरी तर्क गर्छन्, प्रस्तुत गरिएका विषयवस्तु बुझाउन र शास्त्रपदहरू चलाउन कस्तो तरिका अपनाउँछन्, त्यसमा ध्यान दिनेछन्। यो भाग पाउने विद्यार्थीले पढ्न जानेको हुनुपर्छ। स्कूल निरीक्षकले एक जना सहायक खटाउनेछन्।
असाइनमेन्ट न. ४: ५ मिनेट। दिइएको विषयलाई विस्तार गरेर विद्यार्थीले आफ्नो भाषण बनाउनुपर्छ। स्रोत सामग्री केही संकेत गरिएको छैन भने विद्यार्थीले यस भागको लागि विश्वासी र बुद्धिमान् दास वर्गले प्रबन्ध गरेका साहित्यहरूमा अनुसन्धान गरेर तयार गर्नुपर्नेछ। यो भाग कुनै भाइलाई दिंदा राज्यभवनका श्रोताहरूलाई मनमा राखेर भाषणको रूपमा प्रस्तुत गर्नुपर्छ। यो भाग कुनै बहिनीलाई दिंदा भने, तिनले यसलाई असाइनमेन्ट न. ३ का लागि दिइएको सल्लाह अनुरूप प्रस्तुत गर्नुपर्छ। स्कूल निरीक्षकले असाइनमेन्ट न. ४ उपयुक्त लागेको बेलामा भाइलाई दिन सक्छन्। कृपया याद गर्नुहोस्, तारक चिह्न भएको विषय सधैं भाषणको रूपमा प्रस्तुत गर्न भाइहरूलाई मात्र दिनुपर्छ।
समय: कुनै पनि भाषण वा सल्लाहकारको सल्लाह निर्धारित समयभन्दा बढी जानु हुँदैन। असाइनमेन्ट न. २ देखि ४ को निर्धारित समय सिद्धिएमा कौशलतापूर्वक रोक्नुपर्छ। वक्तृत्व कलामा सुरुको भाषण, असाइनमेन्ट न. १ वा बाइबल पढाइका विशेषताहरू सँभाल्ने भाइहरूले बढी समय लिएको खण्डमा तिनीहरूलाई व्यक्तिगत तवरमा सल्लाह दिनुपर्छ। सबैले समयमा विशेष ध्यान दिनुपर्छ। कार्यक्रमको जम्मा समय: ४५ मिनेट, गीत र प्रार्थनाबाहेक।
सल्लाह: १ मिनेट। प्रत्येक विद्यार्थीको प्रस्तुतिपछि भाषणको प्रशंसायोग्य पक्षमा केही सकारात्मक टिप्पणी दिन स्कूल निरीक्षकले एक मिनेट भन्दा बढी समय लिने छैनन्। तिनको लक्ष्य “राम्रो भयो” भन्ने मात्र होइन तर प्रस्तुतिको कुन पक्ष किन प्रभावकारी थियो भनी खास कारणहरूमा ध्यान खिच्नु हो। प्रत्येक विद्यार्थीको आवश्यकताअनुसार अझ उन्नति गर्नको लागि सभापछि वा अर्को समयमा व्यक्तिगत तवरमा सल्लाह दिन सकिन्छ।
सहायक सल्लाहकार: प्राचीनहरूका निकायले सहायक सल्लाहकारको जिम्मेवारी निभाउन उपलब्ध छन् भने स्कूल निरीक्षकबाहेक अर्का एक जना दक्ष प्राचीनको छनौट गर्न सक्छन्। मण्डलीमा प्राचीनहरू थुप्रै छन् भने यो असाइनमेन्ट हरेक वर्ष विभिन्न योग्य प्राचीनहरूले सँभाल्न सक्छन्। सहायक सल्लाहकारको जिम्मेवारी असाइनमेन्ट न. १ र बाइबलका विशेषताहरू प्रस्तुत गर्ने भाइहरूलाई आवश्यक परेको खण्डमा व्यक्तिगत तवरमा सल्लाह दिनु हुनेछ। सँगी प्राचीन वा सेवकाई सेवकले दिएको प्रत्येक भाषणपछि त्यस्तो सल्लाह दिनु आवश्यक छैन। यो प्रबन्ध २००५ को दौडान लागू हुनेछ र त्यसपछि छाँटकाँट गर्न सकिन्छ।
मौखिक पुनरावृत्ति: ३० मिनेट। प्रत्येक दुई महिनामा स्कूल निरीक्षकले मौखिक पुनरावृत्ति सञ्चालन गर्नेछन्। यो वक्तृत्व कला र माथि उल्लेख गरेझैं बाइबल पढाइका विशेषतापछि गरिनेछ। मौखिक पुनरावृत्ति अघिल्लो दुई महिनाको स्कूलको विषयवस्तुमा आधारित हुन्छ र यसमा त्यही हप्ताको विषयवस्तु पनि समावेश हुनेछ। यदि मौखिक पुनरावृत्ति गर्ने हप्तामा तपाईंको मण्डलीको क्षेत्रीय सम्मेलन वा परिभ्रमण निरीक्षकको भ्रमण पर्छ भने, सन् २००३ डिसेम्बर महिनाको हाम्रो राज्य सेवकाई, पृष्ठ ४ मा तालिका मिलाउने सन्दर्भमा दिइएको सल्लाह पालन गर्नुहोस्।
तालिका
जन. ३ बाइबल पढाइ: यहोशू १६-२० गीत १६ (१४३)
वक्तृत्व कला: जानकारीमूलक विषयवस्तु १ (ht-NP पृ. १२-१३ अनु. १-६)
न. १: परमेश्वरको वचनमाथिको विश्वासले कसरी हामीलाई विभिन्न प्रकारका परीक्षाहरू सहन मदत गर्छ? (w-NP०३ १/१५ पृ. ११-१३ अनु. ८-१७)
न. २: यहोशू १६:१-१७:४
न. ३: td ४१क पवित्र आत्मा के हो?
न. ४: के धनी हुनु अथवा गरिब हुनु तपाईं ईश्वरभीरु व्यक्ति हुनुहुन्छ भन्ने कुराको सङ्केत हो?
जन. १० बाइबल पढाइ: यहोशू २१-२४ गीत २२ (१३०)
वक्तृत्व कला: जानकारीमूलक विषयवस्तु २ (ht-NP पृ. १३-१५ अनु. ७-१३)
न. १: परमेश्वरको वचनमा मनन गर्नु किन महत्त्वपूर्ण छ?(w-NP०३ २/१ पृ. ८-१२ अनु. ५-१७)
न. २: यहोशू २३:१-१३
न. ३: td ४१ख मानिस र पशुको जीवन शक्तिलाई आत्मा भनिन्छ
न. ४: के येशूको उपासना गर्नु उचित हो?
जन. १७ बाइबल पढाइ: न्यायकर्त्ता १-४ गीत ६ (४५)
वक्तृत्व कला: स्पष्ट, बुझ्न सकिने (ht-NP पृ. १५-१६ अनु. १४-२०)
न. १: सबै मसीहीहरूले राज्य फल फलाउन सक्छन्(w-NP०३ २/१ पृ. २०-२२ अनु. ८-१३)
न. २: न्यायकर्त्ता २:१-१०
न. ३: td ४१ग हामी किन सबै प्रकारका प्रेतवाददेखि अलग बस्नुपर्छ?
न. ४: हानिकारक म्युजिक भिडिओदेखि तपाईं आफूलाई कसरी सुरक्षित राख्न सक्नुहुन्छ?
जन. २४ बाइबल पढाइ: न्यायकर्त्ता ५-७ गीत ११ (८५)
वक्तृत्व कला: चासो जगाउने परिचय (ht-NP पृ. १७-१८ अनु. १-७)
न. १: प्रभुको साँझको भोज किन मनाउने? (w-NP०३ २/१५ पृ. १२-१४ अनु. १-१२)
न. २: न्यायकर्त्ता ६:२५-३५
न. ३: छनौट गर्ने हाम्रो स्वतन्त्रतामा बाइबलले कसरी प्रभाव पार्नुपर्छ?
न. ४: td ४२क यहोवा किन त्रिएकको भाग हुनै सक्दैन
जन. ३१ इबल पढाइ: न्यायकर्त्ता ८-१० गीत २२ (१३०)
वक्तृत्व कला: मूल विषयसित मेल खाने परिचय(ht-NP पृ. १८-१९ अनु. ८-१०)
न. १: अभिषिक्त मसीहीहरू आफूलाई स्वर्गीय बोलावट भएको छ भन्ने कुरामा पक्का हुन्छन् (w-NP०३ २/१५ पृ. २०-२२ अनु. १२-२०)
न. २: w-NP ०३ १/१५ पृ. १९-२० अनु. १६-१८
न. ३: td ४२ख पिता र पुत्र बराबर हुनुहुन्न
न. ४: भौतिकवाद भनेको धनसम्पत्ति कमाउनु मात्र होइन
फेब्रु. ७ बाइबल पढाइ: न्यायकर्त्ता ११-१४ गीत ४ (४३)
वक्तृत्व कला: ठिक्कको परिचय (ht-NP पृ. १९-२० अनु. ११-१६)
न. १: प्रेमका सबैभन्दा महान् अभिव्यक्तिहरू(w-NP०३ ७/१ पृ. १४-१६ अनु. १-८, पृ. १९ अनु. २४)
न. २: न्यायकर्त्ता १२:१-१५
न. ३: यहोवाका साक्षीहरू किन एकताबद्ध छन्
न. ४: td ४२ग परमेश्वर र ख्रीष्ट कसरी एक हुनुहुन्छ
फेब्रु. १४ बाइबल पढाइ: न्यायकर्त्ता १५-१८ गीत १७ (१८७)
वक्तृत्व कला: आवाज (ht-NP पृ. २०-२२ अनु. १-१२)
न. १: आफ्नो सारा भरोसा यहोवामाथि राख्नुहोस्(w-NP०३ ३/१ पृ. १४-१५ अनु. ३-१०)
न. २: न्यायकर्त्ता १५:९-२०
न. ३: td ४२घ पवित्र आत्मा एउटा व्यक्ति होइन
न. ४: सम्मोहन मसीहीहरूको लागि किन उचित होइन?
फेब्रु. २१ बाइबल पढाइ: न्यायकर्त्ता १९-२१ गीत ८ (५३)
वक्तृत्व कला: विराम (ht-NP पृ. २२-२४ अनु. १३-२१)
न. १: अरूलाई यहोवाको दृष्टिकोणबाट हेरेर सँगी विश्वासीहरूसितको मतभेदहरू सुल्झाउने(w-NP ०३ ३/१५ पृ. १५ अनु. १-४, पृ. १९-२० अनु. १७-२१)
न. २: w-NP०३ २/१ पृ. १७-१८ अनु. १८-२१
न. ३: td ४३क संसारको कष्टका लागि परमेश्वर जिम्मेवार हुनुहुन्न
न. ४: “परमेश्वरका गहीरा गहीरा कुराहरू[मध्ये]” केही के-के हुन्? (१ कोरि. २:१०)
फेब्रु. २८ बाइबल पढाइ: रूथ १-४ गीत २५ (२०४)
वक्तृत्व कला: विराम २ (ht-NP पृ. २४-२५ अनु. २२-२८)
मौखिक पुनरावृत्ति
मार्च ७ बाइबल पढाइ: १ शमूएल १-४ गीत २७ (२२१)
वक्तृत्व कला: श्रोताहरूलाई बाइबल चलाउन प्रोत्साहन दिने(ht-NP पृ. २५-२६ अनु. १-६)
न. १: युवाहरू हो, यहोवाको हृदयलाई आनन्दित तुल्याउनुहोस्(w-NP०३ ४/१५ पृ. १४-१६ अनु. ८-१५)
न. २: १ शमूएल २:१-११
न. ३: td ४३ख परमेश्वरले किन दुष्टता रहने अनुमति दिनुभएको छ
न. ४: साँचो मसीहीहरूले किन राशिफल हेर्दैनन्
मार्च १४ बाइबल पढाइ: १ शमूएल ५-९ गीत १८ (१६२)
वक्तृत्व कला: शास्त्रपद सही ढङ्गमा प्रस्तुत गर्ने १(ht-NP पृ. २६-२८ अनु. ७-१८)
न. १: दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्(w-NP०३ ५/१ पृ. १९-२१ अनु. १-७, पृ. २३-२४ अनु. १८-२२)
न. २: १ शमूएल ५:१-१२
न. ३: td ४३ग परमेश्वर ठूलो दया देखाउनुहुन्छ
न. ४: यहोवासँगको आफ्नो मित्रतालाई हामी कसरी बलियो बनाउन सक्छौं
मार्च २१ बाइबल पढाइ: १ शमूएल १०-१३ गीत १५ (१२७)
वक्तृत्व कला: शास्त्रपद सही ढङ्गमा प्रस्तुत गर्ने (ht-NP पृ. २९ अनु. १९-२१)
न. १: ख्रीष्टले एफिसस र लाओडिसियाका मण्डलीलाई दिनुभएको सल्लाहमा ध्यान दिनुहोस्(w-NP०३ ५/१५ पृ. १०-१२ अनु. १-११, पृ. १९-२० अनु. १६-२३)
न. २: १ शमूएल १०:१-१२
न. ३: बेग्लै विश्वास भएका आफ्ना प्रियजनहरूसित मसीहीहरूले कस्तो व्यवहार गर्नुपर्छ?
न. ४: td ४३घ परमेश्वरको राज्य एक मात्र समाधान हो
मार्च २८ बाइबल पढाइ: १ शमूएल १४-१५ गीत ४ (४३)
वक्तृत्व कला: शास्त्रपद जोड दिएर पढ्ने १ (ht-NP पृ. ३० अनु. १-५)
न. १: पर्खिबस्नुहोस् र यहोवाको उद्धार हेर्नुहोस्!(w-NP ०३ ६/१ पृ. १७-२२ अनु. १-१९)
न. २: w-NP ०३ ३/१५ पृ. १९-२० अनु. १७-२१
न. ३: मसीहीहरूले किन कर तिर्छन्
न. ४: td ४४क सबै साँचो मसीहीहरूले सत्यको साक्षी दिनैपर्छ
अप्रि. ४ बाइबल पढाइ: १ शमूएल १६-१८ गीत ३ (३२)
वक्तृत्व कला: शास्त्रपद जोड दिएर पढ्ने २ (ht-NP पृ. ३०-३१ अनु. ६-१४)
न. १: मसीहीहरूका लागि शिक्षा किन जरुरी छ(w-NP ०३ ३/१५ पृ. १० अनु. १-पृ. ११ अनु. ५)
न. २: १ शमूएल १७:४१-५१
न. ३: td ४४ख हामी मानिसहरूको घरमा किन बारम्बार गइरहन्छौं
न. ४: परिणामबारे विचार गर्दा त्यसले हामीलाई असल कुरालाई प्रेम गर्न र खराब कुरालाई घृणा गर्न मदत दिन सक्छ
अप्रि. ११ बाइबल पढाइ: १ शमूएल १९-२२ गीत ७ (५१)
वक्तृत्व कला: शास्त्रपदको उपयोगिता स्पष्ट पार्ने(ht-NP पृ. ३१-३३ अनु. १५-२२)
न. १: युवाहरूले कसरी आध्यात्मिक प्रगति गर्न सक्छन्? (w-NP ०३ ४/१ पृ. ८-१०)
न. २: १ शमूएल २०:२४-३४
न. ३: किन साँचो विनम्रता एउटा आकर्षक गुण हो
न. ४: td ४४ग साक्षी कार्यले हामीलाई रक्तदोषबाट मुक्त गर्छ
अप्रि. १८ बाइबल पढाइ: १ शमूएल २३-२५ गीत १६ (१४३)
वक्तृत्व कला: जोड दिनको लागि दोहोऱ्याउने (ht-NP पृ. ३३-३५ अनु. १-१४)
न. १: आफ्नो सारा भरोसा यहोवामा राख्नुहोस् (w-NP ०३ ११/१ पृ. ४-७)
न. २: w-NP ०३ ५/१ पृ. १७ अनु. ११-१४
न. ३: परमेश्वर तपाईंको भविष्य आनन्दमय भएको चाहनुहुन्छ(kl-NP पृ. ६-७ अनु. १-५)
न. ४: अब्राहामसँग किन करार बाँधियो
अप्रि. २५ बाइबल पढाइ: १ शमूएल २६-३१ गीत ९ (३७)
वक्तृत्व कला: इशारा (ht-NP पृ. ३५-३७ अनु. १५-२०)
मौखिक पुनरावृत्ति
मे २ बाइबल पढाइ: २ शमूएल १-३ गीत २१ (१९१)
वक्तृत्व कला: मूल विषयलाई जोड दिने (ht-NP पृ. ३७-३९ अनु. १-८)
न. १: शिक्षा भनेको जागिर खानको लागि मात्र होइन(w-NP०३ ३/१५ पृ. ११ अनु. ६–पृ. १४ अनु. ५)
न. २: २ शमूएल २:१-११
न. ३: प्रमोदवनमा अनन्त जीवन—सपना मात्र होइन (kl-NP पृ. ७-९ अनु. ६-१०)
न. ४: इमानदार हुनुका थुप्रै लाभहरू
मे ९ बाइबल पढाइ: २ शमूएल ४-८ गीत २७ (२२१)
वक्तृत्व कला: मुख्य बुँदाहरू स्पष्ट पार्ने १ (ht-NP पृ. ३९-४० अनु. ९-१३)
न. १: यहोवाले युवाजनहरूप्रति साँचो चासो लिनुहुन्छ(w-NP०३ ४/१५ पृ. २९ अनु. ४-पृ. ३१ अनु. ४)
न. २: २ शमूएल ५:१-१२
न. ३: व्यवस्थाको करारले कुन कुरा पूरा गऱ्यो?
न. ४: प्रमोदवनमा जीवन कस्तो हुनेछ (kl-NP पृ. ९-१० अनु. ११-१६)
मे १६ बाइबल पढाइ: २ शमूएल ९-१२ गीत २२ (१३०)
वक्तृत्व कला: मुख्य बुँदाहरू स्पष्ट पार्ने २ (ht-NP पृ. ४०-४२ अनु. १४-२१)
न. १: के यहोवाले तपाईंको कामकुरा याद गर्नुहुन्छ? (w-NP०३ ५/१ पृ. २८-३१)
न. २: २ शमूएल ९:१-१३
न. ३: किन परमेश्वरको ज्ञान अत्यावश्यक छ (kl-NP पृ. १०-११ अनु. १७-१९)
न. ४: कुन-कुन तरिकामा परमेश्वरको वचन जीवित छ? (हिब्रू ४:१२)
मे २३ बाइबल पढाइ: २ शमूएल १३-१५ गीत ११ (८५)
वक्तृत्व कला: श्रोता सम्पर्क, टिपोटको प्रयोग (ht-NP पृ. ४२-४४ अनु. १-९)
न. १: नूहको दैनिकी—के यसले हाम्रो लागि केही अर्थ राख्छ?(w-NP०३ ५/१५ पृ. ४-७)
न. २: २ शमूएल १३:१०-२२
न. ३: यूहन्ना ११:२५, २६ लाई हामीले कसरी बुझ्नुपर्छ?
न. ४: परमेश्वरको ज्ञान प्रकाश पार्ने पुस्तक (kl-NP पृ. १२-१३ अनु. १-६)
मे ३० बाइबल पढाइ: २ शमूएल १६-१८ गीत २३ (२००)
वक्तृत्व कला: रूपरेखाको प्रयोग (ht-NP पृ. ४४-४५ अनु. १०-१९)
न. १: ठीकसँग सोच्नुहोस् र बुद्धिमानीसाथ चल्नुहोस् (w-NP०३ ७/१५ पृ. २१-२३)
न. २: w-NP०३ ५/१५ पृ. १६-१७ अनु. ८-११
न. ३: परमेश्वरबारे बाइबलले कुन कुरा प्रकट गर्छ (kl-NP पृ. १३-१५ अनु. ७-९)
न. ४: नम्रता किन कमजोरी होइन
जून ६ बाइबल पढाइ: २ शमूएल १९-२१ गीत २८ (२२४)
वक्तृत्व कला: धाराप्रवाह (ht-NP पृ. ४६-४८ अनु. १-१०)
न. १: अनुशासनको उद्देश्यलाई बुझ्ने(w-NP०३ १०/१ पृ. २० अनु. १-पृ. २१ अनु. ५)
न. २: २ शमूएल १९:१-१०
न. ३: एक जना मसीही कसरी परमेश्वरको विश्राममा प्रवेश गर्न सक्छन्?
न. ४: तपाईं किन बाइबलमाथि भरोसा गर्न सक्नुहुन्छ (kl-NP पृ. १५-१६ अनु. १०-१३)
जून १३ बाइबल पढाइ: २ शमूएल २२-२४ गीत ११ (८५)
वक्तृत्व कला: वार्तालापको गुण (ht-NP पृ. ४८-५० अनु. ११-२३)
न. १: सिकाउन सकिने किसिमको हुनुहोस् र आफ्नो जिब्रोको रखवाली गर्नुहोस्! (w-NP०३ ९/१५ पृ. २१ अनु. १-पृ. २२ अनु. ३)
न. २: २ शमूएल २४:१०-१७
न. ३: बाइबल सही र भरपर्दो छ (kl-NP पृ. १७ अनु. १४-१५)
न. ४: कुन-कुन तरिकाहरूमा एक जना मसीही संसारदेखि अलग्ग बस्नै पर्छ?
जून २० बाइबल पढाइ: १ राजा १-२ गीत ७ (५१)
वक्तृत्व कला: उच्चारण १ (ht-NP पृ. ५०-५१ अनु. २४-२७)
न. १: आत्म-सन्तुष्टिको रहस्य सिक्ने (w-NP०३ ६/१ पृ. ८-११)
न. २: w-NP०३ ६/१ पृ. १२-१३ अनु. १-४
न. ३: दस आज्ञाको विशेष उल्लेखनीय पक्ष के थियो?
न. ४: बाइबल भविष्यवाणी भएको पुस्तक हो (kl-NP पृ. १७-१८ अनु. १६-१८)
जून २७ बाइबल पढाइ: १ राजा ३-६ गीत २६ (२१२)
वक्तृत्व कला: उच्चारण २ (ht-NP पृ. ५१-५२ अनु. २८-३४)
मौखिक पुनरावृत्ति
जुला. ४ बाइबल पढाइ: १ राजा ७-८ गीत २० (९३)
वक्तृत्व कला: संयोजकहरूद्वारा सुसंगत (ht-NP पृ. ५३-५४ अनु. १-८)
न. १: वृद्ध सँगी विश्वासीहरूको कदर गर्नुहोस् (w-NP०३ ९/१ पृ. ३०-३१)
न. २: १ राजा ८:१-१३
न. ३: येशूले कसरी संसारलाई जित्नुभयो?
न. ४: येशूबारे बाइबल भविष्यवाणीहरू (kl-NP पृ. १९-२१ अनु. १९-२०)
जुला. ११ बाइबल पढाइ: १ राजा ९-११ गीत २१ (१९१)
वक्तृत्व कला: तार्किक, सुसंगत विकास १ (ht-NP पृ. ५४-५६ अनु. ९-१५)
न. १: येशू ख्रीष्ट पृथ्वीमा आउनुभएको थियो भन्ने प्रमाण (w-NP०३ ६/१५ पृ. ४-७)
न. २: १ राजा ९:१-९
न. ३: परमेश्वरको ज्ञानको लागि तृष्णा गर्नुहोस् (kl-NP पृ. २१-२२ अनु. २१-२३)
न. ४: बाइबल सिद्धान्तहरू पालन गरेर लागू पदार्थको दुर्व्यसनमाथि विजयी हुन सकिन्छ
जुला. १८ बाइबल पढाइ: १ राजा १२-१४ गीत १८ (१६२)
वक्तृत्व कला: तार्किक, सुसंगत विकास २ (ht-NP पृ. ५६-५७ अनु. १६-२१)
न. १: विचारबाट कार्य र कार्यबाट परिणाम (w-NP०३ १/१५ पृ. ३० अनु. १-३)
न. २: १ राजा १२:१-११
न. ३: परीक्षाहरूको सामना गर्न विश्वासले कसरी हामीलाई मदत गर्न सक्छ
न. ४: साँचो परमेश्वर अनि उहाँको नाउँ (kl-NP पृ. २३-२४ अनु. १-५)
जुला. २५ बाइबल पढाइ: १ राजा १५-१७ गीत २३ (२००)
वक्तृत्व कला: चित्तबुझ्दो तर्क १ (ht-NP पृ. ५७-५८ अनु. १-६)
न. १: ‘यहोवाको इच्छा के रहेछ भनी’ कसरी बुझ्ने(w-NP०३ १२/१ पृ. २१ अनु. ३-पृ. २३ अनु. ३)
न. २: w-NP०३ ७/१५ पृ. १९ अनु. १५-१७
न. ३: तपाईंले किन परमेश्वरको नाउँ प्रयोग गर्नुपर्छ (kl-NP पृ. २४-२५ अनु. ६-८)
न. ४: पवित्र आत्माले कसरी मसीहीहरूलाई सान्त्वना दिन्छ?
अग. १ बाइबल पढाइ: १ राजा १८-२० गीत १ (१३)
वक्तृत्व कला: चित्तबुझ्दो तर्क २ (ht-NP पृ. ५८-६० अनु. ७-१४)
न. १: युवाहरू हो, यहोवाको योग्य चालमा चल्नुहोस्(w-NP०३ १०/१५ पृ. २३ अनु. १-पृ. २४ अनु. १)
न. २: १ राजा १८:१-१५
न. ३: सबै मसीहीहरूले प्रशस्त मात्रामा फल फलाउन सक्छन्
न. ४: यहोवाले कसरी आफ्नो नाउँ उच्च पार्नुभयो (kl-NP पृ. २५-२७ अनु. ९-१३)
अग. ८ बाइबल पढाइ: १ राजा २१-२२ गीत ३ (३२)
वक्तृत्व कला: श्रोताहरूलाई तर्क गर्न मदत दिने १ (ht-NP पृ. ६० अनु. १५-१८)
न. १: गरिबीको स्थायी समाधान (w-NP०३ ८/१ पृ. ४-७)
न. १: १ राजा २१:१५-२६
न. ३: साँचो परमेश्वरका गुणहरू (kl-NP पृ. २७-२८ अनु. १४-१६)
न. ४: हामीसित किन साहस हुनै पर्छ र हामी कसरी यो खेती गर्न सक्छौं?
अग. १५ बाइबल पढाइ: २ राजा १-४ गीत २२ (१३०)
वक्तृत्व कला: श्रोताहरूलाई तर्क गर्न मदत दिने २(ht-NP पृ. ६०-६२ अनु. १९-२४)
न. १: सित्तैंमा पायौ, सित्तैंमा देओ (w-NP०३ ८/१ पृ. २०-२२)
न. २: २ राजा ३:१-१२
न. ३: जलप्रलयअघि मानिसहरूको आयु किन लामो हुन्थ्यो?
न. ४: यहोवा परमेश्वर टिठाउनमा भरिपूर्ण र दयालु हुनुहुन्छ(kl-NP पृ. २८-३० अनु. १७-१९)
अग. २२ बाइबल पढाइ: २ राजा ५-८ गीत १८ (१६२)
वक्तृत्व कला: भावलाई जोड दिने (ht-NP पृ. ६२-६४ अनु. १-९)
न. १: कौशल हुने कला सिक्ने (w-NP०३ ८/१ पृ. २९-३१)
न. २: w-NP०३ ८/१ पृ. १९ अनु. १८-२२
न. ३: यहोवा रीस गर्नमा ढीलो, निष्पक्ष र धर्मी हुनुहुन्छ (kl-NP पृ. ३० अनु. २०-२१)
न. ४: योनाको कस्ता असल गुणहरू हामीले अनुकरण गर्नुपर्छ?
अग. २९ बाइबल पढाइ: २ राजा ९-११ गीत २२ (१३०)
वक्तृत्व कला: स्वर परिवर्तन १ (ht-NP पृ. ६४-६५ अनु. १०-१७)
मौखिक पुनरावृत्ति
सेप्टे. ५ बाइबल पढाइ: २ राजा १२-१५ गीत २६ (२१२)
वक्तृत्व कला: स्वर परिवर्तन २ (ht-NP पृ. ६५-६६ अनु. १८-२४)
न. १: के तपाईं व्यग्रतासाथ यहोवाको खोजी गर्दै हुनुहुन्छ?(w-NP०३ ८/१५ पृ. २५-२८)
न. २: २ राजा १२:१-१२
न. ३: किन नम्रताको पछि लाग्ने?
न. ४ यहोवा परमेश्वर एउटै हुनुहुन्छ (kl-NP पृ. ३०-३१ अनु. २२-२३)
सेप्टे. १२ बाइबल पढाइ: २ राजा १६-१८ गीत ५ (४६)
वक्तृत्व कला: उत्साह (ht-NP पृ. ६७-६९ अनु. १-९)
न. १: मानिसहरूले येशूबारे के सम्झे? (w-NP०३ ८/१५ पृ. ६ अनु. ६–पृ. ८ अनु. ६)
न. २: २ राजा १६:१०-२०
न. ३: येशू ख्रीष्ट परमेश्वरको ज्ञानको कुञ्जी हुनुहुन्छ (kl-NP पृ. ३२-३३ अनु. १-३)
न. ४: प्रभुलाई मनपर्ने के हो, सो हामी कसरी पक्का गर्न सक्छौं?
सेप्टे. १९ बाइबल पढाइ: २ राजा १९-२२ गीत २३ (२००)
वक्तृत्व कला: न्यानोपन, भावमय १ (ht-NP पृ. ६९-७० अनु. १०-१४)
न. १: “पक्का कुराहरूको नमूना पक्रीराख”(w-NP०३ १/१ पृ. २९ अनु. ३–पृ. ३० अनु. ४)
न. २: २ राजा १९:२०-२८
न. ३: प्रतिज्ञाकृत मसीह (kl-NP पृ. ३३ अनु. ४-५)
न. ४: प्राचीन स्मर्नाको हाम्रा मसीही भाइहरूबाट हामी के सिक्न सक्छौं?
सेप्टे. २६ बाइबल पढाइ: २ राजा २३-२५ गीत ६ (४५)
वक्तृत्व कला: न्यानोपन, भावमय २ (ht-NP पृ. ७०-७१ अनु. १५-२१)
न. १: हाम्रा भाइबहिनीहरूमा असल कुरा खोज्नुहोस्(w-NP०३ ६/१५ पृ. १७-१८ अनु. १-३, पृ. २१-२२ अनु. १३-२०)
न. २: w-NP०३ ८/१५ पृ. २० अनु. ६-१०
न. ३: हामी भविष्यबारे आशावादी छौं
न. ४: येशू नै मसीह हुनुहुन्छ भनी उहाँको पुर्खौलीले प्रमाणित गर्छ (kl-NP पृ. ३४ अनु. ६)
अक्टो. ३ बाइबल पढाइ: १ इतिहास १-४ गीत ७ (५१)
वक्तृत्व कला: विषयवस्तुलाई सुहाउने दृष्टान्त १ (ht-NP पृ. ७१-७२ अनु. १-६)
न. १: पवित्र जीवनका कार्यहरूसहित यहोवाको दिन पर्खनुहोस् (w-NP०३ ७/१५ पृ. १०-११ अनु. १-८)
न. २: १ इतिहास ४:२४-४३
न. ३: भविष्यवाणीको पूर्तिले येशू नै मसीह हुनुहुन्छ भनी प्रमाणित गर्छ (kl-NP पृ. ३४-३६ अनु. ७-८)
न. ४: यहोवाले हामीलाई व्यक्तिगत रूपमा प्रेम गर्नुहुन्छ
अक्टो. १० बाइबल पढाइ: १ इतिहास ५-७ गीत ८ (५३)
वक्तृत्व कला: विषयवस्तुलाई सुहाउने दृष्टान्त २ (ht-NP पृ. ७२-७४ अनु. ७-१४)
न. १: यहोवाको दिन नजिकिंदै जाँदा मानिसहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? (w-NP०३ ७/१५ पृ. १५-१९ अनु. १-१७)
न. २: १ इतिहास ५:१८-२६
न. ३: ‘यहोवाको दिनबारे’ हामीलाई के थाह छ
न. ४: येशू नै मसीह हुनुहुन्थ्यो भन्ने कुराको थप प्रमाण (kl-NP पृ. ३६-३८ अनु. ९)
अक्टो. १७ बाइबल पढाइ: १ इतिहास ८-११ गीत १० (८२)
वक्तृत्व कला: श्रोताहरूलाई सुहाउने दृष्टान्त (ht-NP पृ. ७४-७५ अनु. १५-२२)
न. १: सत्यवादी हुने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं? (w-NP०३ ८/१ पृ. ११ अनु. ८-१०, पृ. १५-१६ अनु. ८-१३)
न. २: १ इतिहास १०:१-१४
न. ३: आफ्नो पुत्रको विषयमा यहोवाले गवाही दिनुहुन्छ (kl-NP पृ. ३८ अनु. १०-११)
न. ४: कोसित हामीले कौशलतापूर्वक कुरा गर्नुपर्छ?
अक्टो. २४ बाइबल पढाइ: १ इतिहास १२-१५ गीत ६ (४५)
वक्तृत्व कला: क्षेत्र सेवकाईको लागि अनुकूल विषयवस्तु १ (ht-NP पृ. ७५-७७ अनु. १-५)
न. १: संकष्टको समयमा यहोवामा पूर्ण भरोसा राख्नुहोस् (w-NP०३ ९/१ पृ. १२ अनु. १८-२१, पृ. १३-१५ अनु. ३-९)
न. २: w-NP०३ ११/१ पृ. १०-११ अनु. १०-१३
न. ३: यहोवाको नाउँमा हिंड्नुको खास अर्थ के हो?
न. ४: येशूको मानवपूर्व अस्तित्व (kl-NP पृ. ३९-४० अनु. १२-१४)
अक्टो. ३१ बाइबल पढाइ: १ इतिहास १६-२० गीत १८ (१६२)
वक्तृत्व कला: क्षेत्र सेवकाईको लागि अनुकूल विषयवस्तु २ (ht-NP पृ. ७७-७८ अनु. ६-१३)
मौखिक पुनरावृत्ति
नोभे. ७ बाइबल पढाइ: १ इतिहास २१-२५ गीत १६ (१४३)
वक्तृत्व कला: उपयुक्त, प्रभावकारी समापन (ht-NP पृ. ७९-८० अनु. १-९)
न. १: आध्यात्मिक कुराकानी गर्ने बानी विकास गर्नुहोस् (w-NP०३ ९/१५ पृ. १०-१४ अनु. ५-२०)
न. २: १ इतिहास २२:१-१०
न. ३: येशूको पार्थिव जीवनपद्धति (kl-NP पृ. ४०-४१ अनु. १५-१७)
न. ४: *विवाहलाई कसरी बलियो बनाउन सकिन्छ
नोभे. १४ बाइबल पढाइ: १ इतिहास २६-२९ गीत ९ (३७)
वक्तृत्व कला: ठिक्कको समापन (ht-NP पृ. ८०-८१ अनु. १०-१४)
न. १: परीक्षा तथा सतावट आइपर्दा हामीले कस्तो कदम चाल्नुपर्छ (w-NP०३ १०/१ पृ. १४-१६ अनु. १-९)
न. २: १ इतिहास २९:१-९
न. ३: यहोवाका सेवकहरूलाई किन सताइन्छन्
न. ४: येशू जीवित हुनुहुन्छ र राजाको रूपमा शासन गरिरहनुभएको छ (kl-NP पृ. ४१-४२ अनु. १८-२०)
नोभे. २१ बाइबल पढाइ: २ इतिहास १-५ गीत ५ (४६)
वक्तृत्व कला: समय १ (ht-NP पृ. ८१-८३ अनु. १५-२४)
न. १: सबै कुरामा आत्मसंयमी हुनुहोस् (w-NP०३ १०/१५ पृ. १९-२२ अनु. ६-१८)
न. २: २ इतिहास २:१-१०
न. ३: अनुशासनको उद्देश्यलाई बुझ्नुहोस्
न. ४: परमेश्वरले स्वीकार्नुहुने उपासना (kl-NP पृ. ४३-४६ अनु. १-५)
नोभे. २८ बाइबल पढाइ: २ इतिहास ६-९ गीत ७ (५१)
वक्तृत्व कला: समय २ (ht-NP पृ. ८३-८४ अनु. २५-२९)
न. १: एक्ली आमा तथा पतिविनाका अन्य बहिनीहरूलाई यहोवाले सहयोग गर्नुहुन्छ (w-NP०३ ११/१ पृ. १५-१८ अनु. ११-१८)
न. २: w-NP०३ १२/१ पृ. १५-१६ अनु. ३-६
न. ३: यहोवामा मग्न हुन्छौं भनेर हामी कसरी देखाउँछौं
न. ४. परमेश्वरको इच्छा गर्ने (kl-NP पृ. ४६-४७ अनु. ६-१०)
डिसे. ५ बाइबल पढाइ: २ इतिहास १०-१४ गीत २३ (२००)
वक्तृत्व कला: विश्वस्तता र निर्धक्कपन १ (ht-NP पृ. ८५-८६ अनु. १-९)
न. १: परमेश्वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्(w-NP०३ ११/१५ पृ. ९-१२ अनु. ९-२०)
न. २: २ इतिहास १२:१-१२
न. ३: हामीलाई किन परमेश्वरको अनुग्रह चाहिन्छ
न. ४: परमेश्वरको तौरतरिकाअनुसार उहाँको उपासना गर्नुहोस् (kl-NP पृ. ४८ अनु. ११-१३)
डिसे. १२ बाइबल पढाइ: २ इतिहास १५-१९ गीत २४ (१८५)
वक्तृत्व कला: विश्वस्तता र निर्धक्कपन २ (ht-NP पृ. ८७-८८ अनु. १०-१४)
न. १: परमेश्वरको वचन चलाएर मानिसहरूलाई मनाउनुहोस्(w-NP०३ ११/१५ पृ. १४-१७ अनु. ६-१७)
न. २: २ इतिहास १९:१-११
न. ३: परमेश्वरलाई अप्रसन्न तुल्याउनदेखि होशियार (kl-NP पृ. ४९-५० अनु. १४-१७)
न. ४: येशूको परिवारबाट हामी के सिक्न सक्छौं
डिसे. १९ बाइबल पढाइ: २ इतिहास २०-२४ गीत २२ (१२४)
वक्तृत्व कला: व्यक्तिगत रूप १ (ht-NP पृ. ८८-९० अनु. १५-२८)
न. १: दशांश दिने, स्वैच्छिक अनुदान र सिला-बाला टिप्नेबाट हामीले सिक्न सक्ने पाठहरू (w-NP०३ १२/१ पृ. १६-१९ अनु. ७-१६)
न. २: w-NP ०३ १२/१५ पृ. १६-१७ अनु. १३-१५
न. ३: आत्म-सन्तुष्टिको रहस्य सिक्नुका लाभहरू
न. ४: परमेश्वरका उच्चस्तरहरू पालन गर्नुहोस् (kl-NP पृ. ५०-५१ अनु. १८-१९)
डिसे. २६ बाइबल पढाइ: २ इतिहास २५-२८ गीत ११ (८५)
वक्तृत्व कला: व्यक्तिगत रूप २ (ht-NP पृ. ९०-९१ अनु. २९-३४)
मौखिक पुनरावृत्ति
*भाइहरूलाई मात्र दिनुहोस्।