घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्। डिसेम्बरः आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्स वर्ड अर म्यान्स्? र पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सक्नुहुन्छ। जनवरी: मण्डलीसित स्टकमा भएका कुनै पनि पुराना पुस्तकहरू प्रयोग गर्न सकिन्छ। मण्डलीसित पुराना पुस्तकहरू छैन भने, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? र तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ पुस्तिकाहरू प्रयोग गरिनेछन्।
◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले डिसेम्बर १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। परीक्षण गरिसकेपछि अर्को चोटिको लेखा रिपोर्ट सञ्चालन गर्दा यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।
◼ शाखा कार्यालयले सबै मण्डलीका अध्यक्ष र सचिवहरूको ठेगाना र टेलिफोन नम्बरहरूको नवीनतम रेकर्ड राख्नु आवश्यक छ। कुनै परिवर्तन भएमा मण्डलीको सेवा समितिले प्रिजाइडिङ ओभरसियर/सेक्रेटरी चेन्ज अफ एड्रेस (S-29) फाराम पूरा भर्नुपर्छ अनि दस्तखत गरेर तुरुन्तै शाखा कार्यालयलाई पठाउनुपर्छ। पीन कोडमा केही परिवर्तन भएको छ भने त्यो पनि उल्लेख गर्नुपर्छ।
◼ सन् २००४ नोभेम्बर १२-१४ को दौडान पुनामा सम्पन्न हुने जिल्ला अधिवेशनमा बहिराहरूका लागि सांकेतिक भाषा कार्यक्रमहरूको प्रबन्ध मिलाइँदैछ।
◼ सन् २००४ डिसेम्बर २४-२६ को दौडान मदुराईमा सम्पन्न हुने अधिवेशन भवनको ठेगानामा भएको परिवर्तनलाई कृपया याद गर्नुहोस्: Devasagayam Higher Matriculation School Grounds, Pasumalai, Madurai 625 004.
◼ सन् २००४ नोभेम्बर १२-१४ को दौडान पोर्ट ब्लेयरमा सम्पन्न हुने अधिवेशन भवनको ठेगानामा भएको परिवर्तनलाई कृपया याद गर्नुहोस्: Andaman Thamizhar Sangam, Phonix Road, Port Blair.
◼ पुनः उपलब्ध प्रकाशनहरू:
युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ —अङ्ग्रेजी, नेपाली
हाउ क्यान ब्लड सेभ योर लाइफ?—तामिल, मल्यालम
जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?—गुजराती, पंजाबी
चर्चाका लागि बाइबल विषयहरू (संशोधित) —तेलगु, बंगाली
प्रमोदवनको बाटो कसरी पत्ता लगाउने (मुसलमानहरूका लागि) —ऊर्दू
यहोवाका साक्षीहरू—तिनीहरू के विश्वास गर्छन्? (पर्चा न. १४) —अङ्ग्रेजी, आसामी, ऊर्दू, ओरिया, कन्नाडा, कोन्कनी (कानारिस), कोन्कनी (रोमन), गुजराती, तामिल, तेलगु, नेपाली, मनिपुरी, मराठी, मल्यालम, मिजो, सिन्धी, हिन्दी।