सेवा सभाको तालिका
डिसेम्बर १३ मा सुरु हुने हप्ता
गीत ११ (८५)
१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अर्को हप्ता हुने छलफलको तयारीको लागि नो ब्लड—मेडिसिन मिट्स द च्यालेन्ज भन्ने भिडिओ हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्। डिसेम्बर २५ र जनवरी १ मा क्षेत्र सेवाका लागि गरिएका विशेष प्रबन्धहरूबारे बताउनुहोस्। डिसेम्बर १५ को प्रहरीधरहरा र डिसेम्बर ८ को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा दिइएका सुझावहरू (तपाईंको इलाकामा उपयुक्त हुन्छ भने) चलाउनुहोस्। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। दुवै प्रदर्शनमा “म तपाईंहरूको कामसित राम्ररी परिचित छु” भन्ने वार्तालाप बाधकलाई जवाफ दिने विभिन्न तरिका देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ १२ हेर्नुहोस्।
१५ मि: “तपाईंको मदतको खाँचो छ।”a प्राचीनको छोटो अन्तरवार्ता लिनुहोस्। मण्डलीमा सेवा गर्नको लागि अग्रसर हुन कुन कुराले तिनलाई प्रोत्साहित गऱ्यो र त्यसको लागि योग्य हुन तिनलाई कुन कुराले मदत गऱ्यो बताउन लगाउनुहोस्।
२० मि: “नातेदारहरूलाई साक्षी दिने—कसरी?”b दिइएका प्रश्नहरू चलाउनुहोस्। नातेदारहरूको चासो जगाउन र उनीहरूलाई साक्षी दिन सफल भएको विषयमा संक्षिप्त टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
गीत ७ (५१) र समापन प्रार्थना।
डिसेम्बर २० मा सुरु हुने हप्ता
गीत २३ (२००)
५ मि: स्थानीय घोषणाहरू।
१५ मि: “ईश्वरतान्त्रिक सेवकाई स्कूलले कसरी हामीलाई लाभ पुऱ्याउँछ।” स्कूल निरीक्षकद्वारा भाषण। सन् २००४ अक्टोबरको हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्। स्कूलबाट लाभ उठाइरहेको विषयमा बताउन एक वा दुई जनालाई अग्रिम तयारी गर्नुहोस्।
२५ मि: “नो ब्लड—मेडिसिन मिट्स द च्यालेन्ज भन्ने भिडिओबाट लाभ उठाउनुहोस्।” पृष्ठ ३ मा दिइएका प्रश्नहरू चलाउँदै नो ब्लड भिडिओबारे श्रोताहरूसित छलफल। त्यसपछि अन्तिम अनुच्छेद पढ्नुहोस्। रगतबाट अलग रहन हामीलाई मदत गर्ने नयाँ प्रबन्धबारे छलफलको लागि अर्को हप्ता उपस्थित हुन सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ६ (४५) र समापन प्रार्थना।
डिसेम्बर २७ मा सुरु हुने हप्ता
गीत ५ (४६)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। डिसेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्। पृष्ठ ८ मा दिइएका सल्लाहहरू (तपाईंको मण्डलीको इलाकामा उपयुक्त हुन्छ भने) चलाएर जनवरी १ को प्रहरीधरहरा र जनवरी ८ को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्।
२५ मि: रगतबाट अलग रहन परमेश्वरको आज्ञा पालन गर्ने। शाखा कार्यालयले उपलब्ध गराएको म्यानुस्क्रिप्ट चलाउँदै प्राचीनद्वारा भाषण। डी पी ए कार्डहरू आजै भरिहाल्नु हुँदैन भनी सुरुमै बताउनुहोस्। म्यानुस्क्रिप्ट पढ्दा मुख्य बुँदाहरूलाई जोड दिन वक्ताले थप संक्षिप्त टिप्पणीहरू गर्न त सक्छन् तर विषयवस्तुमा उदाहरण वा शास्त्रपदहरू थप्नुचाहिं हुँदैन। समयले भ्याएमा उद्धृत शास्त्रपदहरू पढ्न वा उद्धरण गर्न सकिन्छ। उपयुक्त बुँदाहरूमा “रगतबाट अलग रहन हामीलाई मदत गर्ने नयाँ प्रबन्ध” भन्ने पेटीमा दिइएका विवरणहरूतिर ध्यान खिच्नुहोस्। यो भाग छलफल गर्दा सजिलोको लागि सचिवले सबै बप्तिस्माप्राप्त प्रकाशकहरूलाई डी पी ए कार्ड र “ डी पी ए कार्ड भर्ने निर्देशनहरू” उपलब्ध गराउनुपर्छ। पर्याप्त मात्रामा परिचय पत्र उपलब्ध छन् कि छैनन् त्यसबारे पनि सचिवले पक्का गर्नुपर्छ।
१० मि: तपाईंको अन्तस्करणको भूमिका। सन् २००४ जून १५ को प्रहरीधरहरा, पृष्ठ २३-२४, अनुच्छेद १६-१९ मा आधारित प्राचीनद्वारा भाषण। अन्तस्करणको सन्दर्भमा हामीले गर्ने निर्णयहरू गम्भीर कुरा हुन् किनभने त्यसमा यहोवासितको हाम्रो सम्बन्ध मुछिएको हुन्छ भनेर जोड दिनुहोस्।
गीत १६ (१४३) र समापन प्रार्थना।
जनवरी ३ मा सुरु हुने हप्ता
गीत ४ (४३)
१० मि: स्थानीय घोषणाहरू। जनवरी महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्।
२० मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग ४।” अनुच्छेद १ मा आधारित एक मिनेटभन्दा छोटो परिचय दिइसकेपछि अनुच्छेद २-३ मा आधारित पाँच मिनेटको एउटा प्रदर्शन देखाउनुहोस्। प्रदर्शनमा बाइबल अध्ययन सञ्चालकले विद्यार्थीलाई अध्ययन तयारी गर्ने तरिका सिकाइरहेको देखाउनुहोस्। प्रदर्शनमा ज्ञान पुस्तक अथवा चाहनुहुन्छ पुस्तिकाको एउटा अनुच्छेद चलाउनुहोस्। प्रदर्शनका मुख्य बुँदाहरूलाई प्रकाश पार्दै अनुच्छेद २-५ को प्रश्न-उत्तर छलफल गर्नुहोस्।
१५ मि: “सम्मेलन कार्यक्रमहरू पुनरावृत्ति गर्ने नयाँ प्रबन्ध।” पृष्ठ ४ मा दिइएको लेखमा आधारित भाषण तथा श्रोताहरूसित छलफल। उपलब्ध छन् भने अर्को क्षेत्रीय सम्मेलन तथा विशेष सम्मेलन दिनका मितिहरू बताउनुहोस्। बप्तिस्मा लिन चाहनेहरूले जति सक्दो चाँडै मण्डलीको अध्यक्षलाई खबर गरिहाल्नुपर्छ
गीत २० (९३) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।