सेवा सभाको तालिका
फेब्रुअरी १४ मा सुरु हुने हप्ता
गीत ४ (४३)
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। फेब्रुअरी १५ को प्रहरीधरहरा र फेब्रुअरी ८ को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्त हुन्छ भने) दिइएका सुझावहरू चलाउनुहोस्। यी नमुना प्रदर्शनहरू स्थानीय इलाकाको अवस्थाअनुसार कसरी छाँटकाँट गर्न सकिन्छ, छोटकरीमा पुनरावलोकन गर्नुहोस्।—हाम्रो राज्य सेवकाई जनवरी २००५, पृष्ठ ८ हेर्नुहोस्।
३५ मि: “स्मरणार्थको समय—थप गतिविधिको समय।”a सेवा निरीक्षकले यो भाग सञ्चालन गर्नेछन्। अनुच्छेद ६ छलफल गर्दा अक्टोबर ८, २००४ को ब्यूँझनुहोस्! पृष्ठ २२-२३ का टिप्पणीहरू समावेश गर्नुहोस्। सहायक अग्रगामी गर्न नाउँ दिएकाहरूबारे घोषणा गर्नुहोस्। क्षेत्र सेवकाईको लागि प्रबन्ध गरिएका थप सभाहरूबारे बताउनुहोस्। स्मरणार्थ उत्सवको समयताका सबैलाई कुनै न कुनै तरिकामा आफ्नो आध्यात्मिक गतिविधि बढाउन प्रोत्साहन दिनुहोस्।
गीत ८ (५३) र समापन प्रार्थना।
फेब्रुअरी २१ मा सुरु हुने हप्ता
गीत २० (९३)
१० मि: स्थानीय घोषणाहरू। “थप साक्षी पाउन तिनीहरूलाई मदत गर्नुहोस्” भन्ने पृष्ठ ६ को पेटीबाट मुख्य बुँदाहरू पुनरावलोकन गर्नुहोस्। खाँचो पर्ने बित्तिकै प्लीज फलो अप (S-43) फाराम तुरुन्तै भरिहाल्न सबैलाई प्रोत्साहन दिनुहोस्।
२० मि: “यहोवाको करुणाको लागि धन्यवाद दिनुहोस्।” b स्मरणार्थ उत्सव मनाइने समय र ठाउँ अनि वक्ताको नाउँ तथा अन्य सम्बन्धित जानकारीबारे घोषणा गर्नुहोस्। अनुच्छेद ४ छलफल गर्दा एक जना प्रकाशकले आफ्नो पत्रिका रूटका एक जना व्यक्तिलाई स्मरणार्थको लागि निमन्त्रणा गरेको छोटो प्रदर्शन समावेश गर्नुहोस्। स्मरणार्थको लागि छापिएका निमन्त्रणाहरू अझै बाँडिएको छैन भने यस सभापछि दिनुपर्छ।
१५ मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग ६.”* चार मिनेट लामो प्रदर्शन समावेश गर्नुहोस् जसमा बाइबल विद्यार्थीले स्मरणार्थ उत्सवमा एकदम थोरैले मात्र रोटी र दाखमद्य खानुको कारण सोध्छन्। यो प्रश्न सोधेकोमा सञ्चालकले तिनको तारिफ गर्छन्, टिपोट गर्छन् अनि त्यस हप्ताको अध्ययन सामग्री छलफल गरेपछि यसबारे कुरा गर्ने बताउँछन्। अध्ययनको अन्तमा सञ्चालकले रीजनिङ पुस्तक, पृष्ठ २६७-२६८ मा “रोटी र दाखमद्य क-कसले खान्छन्?” भन्ने प्रश्नअन्तर्गतको विषयवस्तुतिर विद्यार्थीको ध्यान खिच्छन्। तिनीहरू सँगै पढ्छन् अनि आफूले सोधेको प्रश्नको स्पष्ट जवाफ पाएकोमा विद्यार्थीले मूल्याङ्कन व्यक्त गर्छन्।
गीत २६ (२१२) र समापन प्रार्थना।
फेब्रुअरी २८ मा सुरु हुने हप्ता
गीत १६ (१४३)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। प्रकाशकहरूलाई फेब्रुअरी महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्। मार्च १ को प्रहरीधरहरा र मार्च ८ को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्त हुन्छ भने) दिइएका सुझावहरू चलाउनुहोस्। अन्य सान्दर्भिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ।
१५ मि: कमजोरहरूप्रति चासो देखाउनुहोस्। (प्रेरि. २०:३५) एक मिनेटभन्दा छोटो परिचयपछि प्रहरीधरहरा अध्ययनकै शैलीमा जुलाई १, २००४ को प्रहरीधरहरा पृष्ठ १७-१८, अनुच्छेद १२-१६ बाट प्रश्न-उत्तर छलफल गर्नुहोस्। राम्ररी सरर्र पढ्न सक्ने भाइलाई अनुच्छेदहरू पढ्न लगाउनुहोस्। आउँदै गरेको स्मरणार्थ उत्सव र विशेष भाषणको सन्दर्भमा यो जानकारी कसरी लागू गर्न सकिन्छ, त्यसमा ध्यानकेन्द्रित गर्नुहोस्।
२० मि: अर्को भाषा बोल्ने मानिसहरूलाई कसरी मदत गर्ने। गुड न्युज फर पिपल अफ अल नेसन्स्-को प्राक्कथनमा आधारित विषयवस्तुमा भाषण तथा श्रोताहरूसित छलफल। यो नयाँ पुस्तिकाका विभिन्न पक्षहरू देखाउनुहोस्। हामीले नबुझ्ने भाषा बोल्ने मानिसहरूलाई मदत गर्न हामीले चाल्न सक्ने तीनवटा कदमबारे छलफल गर्नुहोस्। हाम्रो राज्य सेवकाई जुलाई २००३, पृष्ठ ८ बाट टिप्पणीहरू समावेश गर्नुहोस्। त्यस व्यक्तिले परमेश्वरको राज्य सन्देशप्रति चासो नदेखाए तापनि सामान्यतया प्लीज फलो अप (S-43) फाराम भर्नुपर्छ भनेर उल्लेख गर्नुहोस्। यो नयाँ पुस्तिका चलाउने तरिकाबारे एउटा प्रदर्शन समावेश गर्नुहोस्।
गीत २२ (१३०) र समापन प्रार्थना।
मार्च ७ मा सुरु हुने हप्ता
गीत ९ (३७)
१० मि: स्थानीय घोषणाहरू। “स्मरणार्थका सम्झौटाहरू” भन्ने पेटीका मुख्य बुँदाहरू पुनरावलोकन गर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: “आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्।”c अनुच्छेद ३ र ४ छलफल गर्दा त्यस विषयवस्तु स्थानीय तवरमा कसरी लागू गर्न सकिन्छ, बताउनुहोस्। व्यापारिक इलाका, सडक साक्षी दिंदा, सार्वजनिक स्थानमा वा अनौपचारिक साक्षी दिंदा पत्रिका वितरण गर्न सफल भएका एक दुई जना प्रकाशकसित छोटो अन्तरवार्ता लिनुहोस्। यस्तो अवस्थामा तिनीहरूले कसरी पत्रिकाहरू प्रस्तुत गर्छन् भनेर बताउन लगाउनुहोस्। त्यस्तो प्रस्तुतिको एउटा छोटो प्रदर्शन वा कुनै एउटा अनुभवको पुनः अभिनय गर्न लगाउनुहोस्।
गीत २१ (१९१) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।