सेवा सभाको तालिका
मार्च १४ मा सुरु हुने हप्ता
गीत २१ (१९१)
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अप्रिल ४ को हप्तामा हुने सेवा सभाको लागि तयारी गर्दा डेविड—ही ट्रस्टेड इन गड नामक भिडिओ हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्। मार्च १५ को प्रहरीधरहरा र मार्च ८ को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्त हुन्छ भने) दिइएका सुझावहरू चलाउनुहोस्। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। एउटा प्रस्तुतिमा पत्रिका रूटमा भेटेको मानिसलाई पुनःभेट गरिरहेको देखाउनुहोस्। प्रस्तुतिको समापनमा आगामी स्मरणार्थ उत्सवबारे घरधनीलाई जानकारी दिन मार्च १५ को प्रहरीधरहरा-को पछिल्लो आवरण पृष्ठ चलाउनुहोस्।
२० मि: “बाइबलमा अझ बढी जोड!”a
१५ मि:हामीलाई सुदृढ पार्ने एउटा प्रबन्ध। एक मिनेटभन्दा छोटो परिचय दिएपछि सन् २००५ को यरबूक-बारे श्रोताहरूसित छलफल गर्नुहोस्। वर्तमान समयमा यहोवाका अद्भुत कामहरूमाथि मनन गर्दा हामी उहाँ तथा विश्वभरका हाम्रा भाइहरूसित घनिष्ठ हुन्छौं। (भज. ७७:१२-१४) यसले हामीलाई “विश्वासमा दह्रो भएर” दियाबल विरुद्ध खडा हुन बलियो बनाउँछ। (१ पत्रु. ५:८, ९) यसले नयाँ व्यक्तिहरूलाई यहोवाको संगठनप्रति कृतज्ञता विकास गर्न मदत गर्छ। सन् २००५ को यरबूक पढ्दा आफूलाई मन परेको कुनै बुँदाबारे बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्। यरबूक पढ्ने आफ्नो व्यक्तिगत तालिकाबारे एक-दुई जनालाई टिप्पणी गर्न लगाउन पहिल्यै प्रबन्ध मिलाउनुहोस्।
गीत ११ (८५) र समापन प्रार्थना।
मार्च २१ मा सुरु हुने हप्ता
गीत २६ (२१२)
५ मि: स्थानीय घोषणाहरू।
१५ मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग ७।”b यो भाग तयारी गर्दा सन् २००२, जुलाई १५ को प्रहरीधरहरा, पृष्ठ २७, अनुच्छेद ५-६ हेर्नुहोस्।
२५ मि: “‘ईश्वरीय आज्ञाकारिता’ यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन सन् २००५।”c यसलाई मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। अनुच्छेद २ छलफल गरिसकेपछि आफ्नो मण्डलीलाई खटाइएको अधिवेशनस्थल र अधिवेशनको मितिबारे घोषणा गर्नुहोस्। अनुच्छेद ४ छलफल गर्दा पृष्ठ ४ को पेटीका सबै बुँदाहरू छलफल गर्नुहोस्। अधिवेशनको लागि तयारी गर्ने काम सकेसम्म चाँडै गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ६ (४५) र समापन प्रार्थना।
मार्च २८ मा सुरु हुने हप्ता
गीत ४ (४३)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र अनुदानको लागि मूल्याङ्कनस्वरूप पठाइने पत्र पढ्नुहोस्। मार्च महिनाको सेवा रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्। अर्को हप्ताको सेवा सभाको लागि तयारी गर्दा डेविड—ही ट्रस्टेड इन गड नामक भिडिओ हेर्न सबैलाई सम्झाउनुहोस्। अप्रिल १० तारिखका दिन हुने विशेष जनभाषणमा उपस्थित हुन इच्छुक व्यक्तिहरूलाई निम्तो दिन सबैलाई प्रोत्साहन दिनुहोस्। अप्रिल र मे महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्। पृष्ठ ४ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्त हुन्छ भने) दिइएका सुझावहरू चलाउँदै अप्रिल १ को प्रहरीधरहरा र अप्रिल ८ को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। दुवै प्रस्तुतिमा हाम्रो विश्वव्यापी कार्यको लागि खर्च कसरी जुटाइन्छ, उल्लेख गर्नुहोस्।—प्रहरीधरहरा, पृष्ठ २ अथवा ब्यूँझनुहोस्! पृष्ठ ५ हेर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: “मिनिस्टेरियल ट्रेनिङ स्कूल—क्रियाकलापतर्फ डोऱ्याउने एउटा ठूलो ढोका।” भाषण तथा श्रोताहरूसित छलफल। सन् २००४ को यरबूक, पृष्ठ २३९-२४० मा आधारित टिप्पणीहरू समावेश गर्नुहोस्। मिनिस्टेरियल ट्रेनिङ स्कूल जान चाहने इच्छुक व्यक्तिहरूका लागि क्षेत्रीय सम्मेलनमा सभा हुन्छ भनी उल्लेख गर्नुहोस्। यस सभामा उपस्थित हुन योग्य व्यक्तिहरूलाई प्रोत्साहन दिनुहोस्।
गीत १३ (१२४) र समापन प्रार्थना।
अप्रिल ४ मा सुरु हुने हप्ता
गीत १७ (१८७)
५ मि: स्थानीय घोषणाहरू।
१५ मि: आपसमा प्रेम गर। (यूहन्ना १३:३५) सन् २००३ फेब्रुअरी १ को प्रहरीधरहरा, पृष्ठ १५-१८, अनुच्छेद १०-२१ मा आधारित प्राचीनद्वारा भाषण। अप्रिल र मे महिनामा प्रस्तुत गरिने साहित्यमा उल्लेख गरिएझैं ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका अध्ययन गरिसकेका व्यक्तिहरूसित बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्न हामीलाई प्रोत्साहन दिइएको छ। कमजोरहरूलाई मदत गर्ने सन्दर्भमा प्रकाशकहरूले प्राचीहरूलाई कसरी सहयोग गर्न सक्छन्, त्यसबारे प्रकाश पार्नुहोस्।
२५ मि: “सधैं उपयोगी सन्देश भएको भिडिओ।” भजन ९१:२ र ३१:१४ पढ्नुहोस् अनि यी दुवै पदबारे संक्षिप्तमा टिप्पणी गर्नुहोस्। त्यसको लगत्तै दोस्रो र तेस्रो अनुच्छेदमा सोधिएका सबै प्रश्नहरू चलाउँदै डेविड नामक भिडिओबारे श्रोताहरूसित छलफल गर्नुहोस्। त्यसपछि डी भी डी-मा बताइएको सुझावित “सिक्ने तरिकाहरू”-मा भाग लिएर लाभ उठाएको विषयमा परिवारहरूलाई बताउन लगाउनुहोस्। भजन ५६:११ पढेर आफ्नो भाग टुङ्ग्याउनुहोस्।
गीत २३ (२००) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।