ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अप्रिल २५, २००५ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले मार्च ७ देखि अप्रिल २५, २००५ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. (क) शास्त्रपदको प्रस्तुतिले कुन दुइटा काम पूरा गर्नुपर्छ? (ख) कसरी यसो गर्न सकिन्छ? [ht-NP पृ. २७ अनु. १०-पृ. २९ अनु. २१]
२. कुनै पद पढ्दा हामी कसरी ठीक-ठीक शब्दहरूमा जोड दिन सक्छौं? इजकिएल १८:४ चलाएर स्पष्ट पार्नुहोस्। [ht-NP पृ. ३० अनु. ४-५]
३. लागू गर्नुपर्ने मुख्य शब्दहरूलाई हामी कसरी प्रभावकारी ढङ्गमा छुट्ट्याउन सक्छौं? [ht-NP पृ. ३२ अनु. १८]
४. भाषणमा जोड दिनको लागि दोहोऱ्याउने केही तरिकाहरू उल्लेख गर्नुहोस्। [ht-NP पृ. ३४ अनु. ५-पृ. ३५ अनु. ९]
५. वर्णनात्मक इशारा प्रयोग गर्न कसरी सिक्न सकिन्छ? [ht-NP पृ. ३६ अनु. १८]
असाइनमेन्ट न. १
६. दुःखमा परेकाहरूलाई हामी कसरी सान्त्वना दिन सक्छौं? [w-NP०३ ५/१ पृ. १९ अनु. १-पृ. २१ अनु. ७; पृ. २३ अनु. १८-पृ. २४ अनु. २२]
७. एफिसस र लाओडिसियामा भएका मण्डलीहरूलाई येशूले दिनुभएको सल्लाहबाट हामी कस्ता पाठहरू सिक्न सक्छौं? [w-NP०३ ५/१५ पृ. १० अनु. १-पृ. १२ अनु. ११; पृ. १९ अनु. १६-पृ. २० अनु. २३]
८. पढ्न सक्ने बन्न किन सबै मसीहीहरू इच्छुक हुनुपर्छ र यस सन्दर्भमा येशूले कसरी उदाहरण बसाल्नुभयो? [w-NP०३ ३/१५ पृ. १० अनु. ५; पृ. १२ अनु. २]
९. योशियाह र येशूको उदाहरणले युवाहरूलाई आध्यात्मिक प्रगति गर्न कसरी मदत दिन सक्छ? [w-NP०३ ४/१ पृ. ८ अनु. ३-४; पृ. १० अनु. ३]
१०. हामी किन परमेश्वरमाथि भरोसा राख्न सक्छौं? (हितो. ३:५, ६) [w-NP०३ ११/१ पृ. ४ अनु. ६-७]
साप्ताहिक बाइबल पढाइ
११. इस्राएलमा कुनै मानव राजा नभए तापनि हन्नाले किन यहोवाले “आफ्ना राजालाई शक्ति दिनुहुनेछ” भनेर प्रार्थना गरिन्? (१ शमू. २:१०)
१२. इस्राएलीहरू माझ करारको सन्दुक भए तापनि तिनीहरू हारेको कुराबाट हामी के सिक्न सक्छौं? (१ शमू. ४:३, ४, १०)
१३. पहिलो इतिहास २:१३-१५ ले किन दाऊदलाई यिशैको सातौं छोरा भनी सम्बोधन गर्छ जबकि १ शमूएल १६:१०, ११ मा तिनलाई आठौं छोरा थिए भनेर सङ्केत गरेको छ?
१४. कुन “दुष्ट आत्माले” शाऊललाई बेला बेलामा पक्रन्थ्यो? (१ शमू. १६:१४)
१५. एन्दोरकी मन्त्र-तन्त्र गर्ने स्त्रीमार्फत “शमूएलले” गरेको भविष्यवाणी के सत्य साबित भयो? (१ शमू. २८:१६-१९)