घोषणाहरू
◼ अप्रिल १-१७: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगत नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई परमेश्वरको उपासना प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन् भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ। अप्रिल १८-मे १५: जागा रहो! पुस्तिका वितरण गर्ने विशेष अभियान। मे १६-३१: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगत नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई परमेश्वरको उपासना प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन् भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ। जून: बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस् र यदि घरधनीले छोराछोरी छैनन् भन्यो भने चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। गृह बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। जुलाई र अगस्त: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ? पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? सबैका लागि उपयोगी किताब, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
◼ शाखा कार्यालयले सबै मण्डलीका अध्यक्ष र सचिवहरूको ठेगाना र टेलिफोन नम्बरहरूको नवीनतम रेकर्ड राख्नु आवश्यक छ। कुनै परिवर्तन भएमा मण्डलीको सेवा समितिले प्रिजाइडिङ ओभरसियर/सेक्रेटरी चेन्ज अफ एड्रेस (S-29) फाराम पूरा भर्नुपर्छ अनि दस्तखत गरेर तुरुन्तै शाखा कार्यालयलाई पठाउनुपर्छ। टेलिफोनको एरिया कोड परिवर्तन भएको छ भने त्यो पनि उल्लेख गर्नुपर्छ।
◼ मण्डलीका सचिवहरूले एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) र एप्लिकेशन फर अक्जुलरी पायनियर सर्भिस (S-205b) फारामहरू यथेष्ट मात्रामा राख्नुपर्छ। यसलाई लिटरेचर रिक्वेस्ट फाराममा (S-14) अर्डर गर्न सकिन्छ। कम्तीमा पनि एक वर्षलाई पुग्ने स्टक राख्नुहोस्। नियमित अग्रगामीले भरेका निवेदन फारामहरू पूरा भयो कि भएन, फेरि दोहोऱ्याएर हेर्नुहोस्।
◼ अगस्त २६-२८, २००५ को दौडान बंगलौरमा (अङ्ग्रेजी) सम्पन्न हुने जिल्ला अधिवेशनमा कान नसुन्नेहरूका लागि साङ्केतिक भाषाको कार्यक्रम आयोजना गर्ने प्रबन्धहरू मिलाइएका छन्।
◼ कृपया अप्रिल महिनाको मन्थ्ली लिटरेचर रिक्वेस्टसँगै लिटरेचर रिक्वेस्ट फाराममा (S-14) सूचीबद्ध सम्पूर्ण फारामहरू वर्षभरि पुग्ने गरी मगाइहाल्नुहोस्। कृपया फारामहरूको लागि मात्र छुट्टै पत्र अथवा लिटरेचर रिक्वेस्ट फाराम नपठाउनुहोस्; बरु, यसलाई अप्रिल महिनाको लागि पठाइने लिटरेचर रिक्वेस्टसँगै पठाउनुपर्छ। थप जानकारीको लागि कृपया वाचटावर लिटरेचर रिक्वेस्ट गाइड, खण्ड ४, पृष्ठ १ हेर्नुहोस्।
◼ अप्रिल महिनादेखि सुरु हुने सन् २००५ को जिल्ला अधिवेशनका बिल्लाहरू साहित्यहरूसँगै पठाइनेछन्। आफ्नो मण्डलीमा विदेशी भाषा बोल्ने समूह छ भने मात्र बिल्ला मगाउनुपर्छ। हरेक मण्डलीको प्रकाशकहरूको संख्याअनुसार पच्चीस-पच्चीसवटाको प्याकमा बिल्लाहरू पठाइनेछन्। मण्डलीलाई थप बिल्ला चाहिएको खण्डमा लिटिरेचर रिक्वेस्ट फाराम (S-14) भरेर मगाउनुपर्छ। मण्डलीमा कसैलाई बिल्ला राख्ने प्लास्टिक होल्डर चाहिएमा मगाउन सकिन्छ।
◼ पुनः उपलब्ध प्रकाशनहरू:
चर्चाका लागि बाइबल विषयहरू (संशोधित) —कन्नाडा
कुरुक्षेत्रदेखि आरमागेडोनसम्म—अनि तपाईंको बचावट —कन्नाडा, गुजराती, तामिल, तेलगु, बंगाली, मराठी, मल्यालम, हिन्दी