एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस्
परमेश्वरको उपासना पुस्तक अध्ययन गर्ने
एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् भन्ने पुस्तक ज्ञान पुस्तक अध्ययन गरिसिध्याएका नयाँ व्यक्तिहरूसित अध्ययन गर्न तयार पारिएको हो। मण्डली पुस्तक अध्ययनमा यो प्रकाशन छलफल गर्दा त्यसले सेवकाईमा यो साधन प्रयोग गर्न हामीलाई सुसज्जित बनाउनुका साथै यहोवा र उहाँको संगठनप्रतिको हाम्रो प्रेम तथा मूल्याङ्कनलाई अझ गहिरो बनाउन मदत गर्नेछ। परमेश्वरको उपासना पुस्तकको अध्ययनबाट हामी कसरी पूरापूर लाभ उठाउन सक्छौं?
अध्ययन सञ्चालन गर्ने: हरेक अध्याय अध्ययन गर्न दुई हप्ता लाग्नेछ र हरेक हप्ता अध्ययनको लागि तुलनात्मक हिसाबले थोरै अनुच्छेदहरू दिइएका छन्। यसकारण विषयवस्तुमा तपाईंले गर्नुभएको अध्ययन र मननमा आधारित हार्दिक टिप्पणीहरू दिन प्रशस्त समय पाउनुहुनेछ। त्यति मात्र होइन, पुनरावृत्ति पेटी छलफल गर्न भ्याउनको लागि अध्यायको समापन भाग पुनरावलोकन गर्ने हप्ताको दौडान एकदमै थोरै अनुच्छेदहरू मात्र छलफल गरिनेछन्।
परमेश्वरको उपासना पुस्तकको आधाजसो अध्यायहरूमा मनन र छलफलका लागि अलिकति ठाउँ छोडेर दिइएका प्रश्नहरू छन्। एउटा उदाहरण पृष्ठ ४८-४९ मा पाउन सकिन्छ। अनुच्छेदहरू पढ्नेले यस्ता प्रश्नहरू पढिरहनु आवश्यक छैन। ती प्रश्नहरू समूहसित छलफल गर्दा समयले भ्याएको खण्डमा निरीक्षकले उल्लिखित शास्त्रहरू पढ्न लगाउनुका साथै छलफल गर्नुपर्छ।
पूर्वतयारी: राम्ररी तयारी गर्नुमा उत्तरहरूमा धर्सो तान्नु मात्र पर्याप्त छैन। उल्लिखित शास्त्रपदहरूमा प्रार्थनापूर्वक मनन गर्दा त्यसले हामीलाई आफ्ना टिप्पणीहरू तयारी गर्न मात्र होइन तर त्योभन्दा महत्त्वपूर्ण कुरा आफ्नो हृदय तयारी पार्न सक्षम बनाउनेछ। (एज्रा ७:१०) हामी सबैले विनम्रतासाथ टिप्पणीहरू दिएर प्रोत्साहन आदानप्रदान गर्ने काममा योगदान पुऱ्याउन सक्छौं।—रोमी १:११, १२.
परमेश्वरको उपासना पुस्तकको अध्ययनले हामीलाई यहोवाको नजिक जान मदत गर्नुका साथै हामीसँगै मिलेर उहाँको उपासना गर्न निष्कपट हृदय भएका व्यक्तिहरूलाई मदत गर्न सुसज्जित बनाउनेछ। (भज. ९५:६; याकू. ४:८) हामी सबैले यस असल आध्यात्मिक प्रबन्धबाट पूरापूर लाभ उठाउन सकौं।
* “पुनरावृत्ति छलफल” समावेश गर्नुहोस्।