ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून २७, २००५ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले मे २ देखि जून २७, २००५ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. आफ्नो भाषणको मूल विषय सुहाउँदो छ कि छैन भनेर कुन कुराले निर्धारण गर्छ? [ht-NP पृ. ३८ अनु. ६]
२. श्रोताहरूसित दृष्टि सम्पर्क राख्नुमा कुन कुरा समावेश छ? [ht-NP पृ. ४२ अनु. २-३]
३. रूपरेखाबाट भाषण दिन सिक्नु किन महत्त्वपूर्ण छ? [ht-NP पृ. ४४ अनु. १०]
४. पढ्ने बेला धाराप्रवाहको कमीमा सुधार ल्याउन तपाईं के गर्न सक्नुहुन्छ? [ht-NP पृ. ४७ अनु. ७]
५. अनुच्छेदहरूको मौखिक पढाइलाई हामी कसरी स्वस्फूर्त भाषणजस्तै सुनिने बनाउन सक्छौं? [ht-NP पृ. ५० अनु. २१]
असाइनमेन्ट न. १
६. छोराछोरीको शिक्षाको सन्दर्भमा परमेश्वरको वचनमा कस्तो निर्देशन पाइन्छ? [w-NP०३ ३/१५ पृ. १२ अनु. २; पृ. १४ अनु. ४]
७. युवाको रूपमा यहोवाले दाऊदप्रति कसरी चासो देखाउनुभयो र दाऊदले कसरी यहोवाप्रति चासो देखाए? [w-NP०३ ४/१५ पृ. २९ अनु. ४; पृ. ३० अनु. ३]
८. यहोवाले किन हाबिलको बलिदानलाई याद गर्नुभयो र यसले हामीलाई कस्तो आश्वासन दिन्छ? (उत्प. ४:४) [w-NP०३ ५/१ पृ. २८ अनु. ४-पृ. २९ अनु. १]
९. हितोपदेश ३:११ ले हामीलाई अवहेलना नगर्न सल्लाह दिएको “[यहोवाको] अनुशासन” के हो? [w-NP०३ १०/१ पृ. २० अनु. २-४]
१०. पहिलो तिमोथी ६:६-८ मा प्रयोग गरिएअनुसार “सन्तुष्टता[को]” अर्थ के हो? [w-NP०३ ६/१ पृ. ९, अनु. १-२; पृ. १० अनु. १]
साप्ताहिक बाइबल पढाइ
११. जोनाथन र दाऊदबीचको प्रेमको बन्धनले कुन कुरालाई पूर्वचित्रण गर्थ्यो? (२ शमू. १:२६) [w८९ १/१ पृ. २६ अनु. १३]
१२. करारको सन्दुक यरूशलेममा ल्याउने दाऊदको पहिलो प्रयासबाट कस्ता पाठहरू सिक्न सकिन्छ? (२ शमू. ६:२-९)
१३. दाऊद र बेतशेबाले पाप गरेपछि किन तिनीहरूको छोरा मर्नुपऱ्यो जब कि व्यवस्था २४:१६ र इजकिएल १८:२० ले छोरा आफ्नो बाबुको अधर्मको कारण मर्नेछैन भनी बताएको छ? (२ शमू. १२:१४; २२:३१)
१४. सीबाले मपीबोशेतबारे बताएको कुरा झूटो थियो भनेर हामी कसरी थाह पाउन सक्छौं? (२ शमू. १६:१-४)
१५. सीबाको कारण आफूले भोग्नुपरेको अवस्थाप्रति मपीबोशेतले देखाएको प्रतिक्रिया हाम्रो लागि किन एउटा असल उदाहरण हो? (२ शमू. १९:२४-३०)