प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ६/०५ पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००५
  • उपशीर्षकहरू
  • जून १३ मा सुरु हुने हप्ता
  • जून २० मा सुरु हुने हप्ता
  • जून २७ मा सुरु हुने हप्ता
  • जुलाई ४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००५
km05 ६/०५ पृ. २

सेवा सभाको तालिका

जून १३ मा सुरु हुने हप्ता

गीत ७ (५१)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। जून १५ को प्रहरीधरहरा र जून ८ को ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्‍त हुन्छ भने) दिइएका सुझावहरू चलाउनुहोस्‌। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। एउटा प्रदर्शनमा अनौपचारिक साक्षीकार्यमा पत्रिकाहरू प्रस्तुत गरिरहेको देखाउनुहोस्‌।

१५ मि: अरूलाई बप्तिस्मा अप्राप्त प्रकाशकहरू बन्‍न मदत गर्नुहोस्‌। अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल, पृष्ठ ७९-८१ मा आधारित यस भागलाई प्राचीनले भाषण तथा श्रोताहरूसित छलफलको रूपमा सञ्चालन गर्नुपर्छ। मण्डलीसित मिलेर क्षेत्र सेवामा भाग लिन बाइबल विद्यार्थीले धर्मशास्त्रीय आवश्‍यकताहरू पूरा गरेका छन्‌ कि छैनन्‌, सो पक्का गर्ने प्रबन्धबारे छलफल गर्नुहोस्‌। बप्तिस्मा अप्राप्त प्रकाशकहरूको रूपमा योग्य हुने बाइबल विद्यार्थीहरूलाई घर-घरको सेवकाईमा भाग लिन थाल्न हामी कसरी प्रशिक्षण दिन सक्छौं, त्यसबारे हामी अर्को हप्ता छलफल गर्नेछौं।

२० मि: “प्रचारकार्यले हामीलाई धीरजी हुन मदत गर्छ।”a समयले भ्याएमा उल्लिखित शास्त्रपदहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌।

गीत १६ (१४३) र समापन प्रार्थना।

जून २० मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणाहरू। सन्‌ २००३ जुलाई महिनाको हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा दिइएका मुख्य बुँदाहरू पुनरावृत्ति गर्नुहोस्‌। प्रकाशकहरूले विदेशी भाषाको साहित्य कसरी प्राप्त गर्न सक्छन्‌ बताउनुहोस्‌। यो जानकारी स्थानीय इलाकामा कसरी लागू हुन्छ छलफल गर्नुहोस्‌। विदेशी भाषाका साहित्यहरू एउटा मात्र भए पनि साहित्य सेवकमार्फत मगाउनुपर्छ, ताकि आवश्‍यक साहित्यहरू प्राप्त गर्न अनावश्‍यक ढिलाइ नहोस्‌।

१५ मि: मार्च, अप्रिल र मे महिनाको दौडान क्षेत्र सेवामा बटुलेका अनुभवहरू बताउनुहोस्‌ वा पुनः अभिनय गरेर देखाउनुहोस्‌। स्मरणार्थको दौडान सेवकाईमा अझ बढी भाग लिन गरेको प्रयास र त्यसो गरेबापत प्राप्त भएका आशिष्‌हरूबारे टिप्पणी गर्न लगाउन एक वा दुई जना प्रकाशकलाई पहिल्यै तयार पार्नुहोस्‌। जागा रहो! पुस्तिका प्रस्तुत गरेको ठाउँमा पुनःभेट गर्न जाँदा प्राप्त भएका अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌। अलि रोचक अनुभवहरू पुनः अभिनय गरेर देखाउन पहिल्यै प्रबन्ध मिलाउनुहोस्‌। विशेष अभियानमा सहयोग गरेकोमा सबैको सराहना गर्नुहोस्‌।

२० मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग १०।”b पूर्वाभ्यास गरिरहेको एउटा प्रदर्शन समावेश गर्नुहोस्‌। विद्यार्थीले प्रस्तुति पूर्वाभ्यास गर्दा, घरधनीको भूमिका निभाइरहेका अध्ययन सञ्चालकले स्थानीय इलाकाका मानिसहरूले जस्तै गरी तिनको विरोध गर्छन्‌ र यस्तो अवस्थामा के भन्‍ने भनेर विद्यार्थी पक्का नहुँदा अध्ययन सञ्चालकले त्यस विरोधको सामना गर्ने तरिका बताउँछन्‌। साथै, घर-घरको सेवकाईमा भाग लिन थाल्ने क्रममा आफूले पाएको प्रशिक्षणबारे टिप्पणी गर्न लगाउन एक वा दुई जनालाई पहिल्यै तयार पार्नुहोस्‌।

गीत ८ (५३) र समापन प्रार्थना।

जून २७ मा सुरु हुने हप्ता

गीत १२ (११३)

१० मि: स्थानीय घोषणाहरू। जून महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। लेखा रिपोर्ट र अनुदानको लागि मूल्याङ्‌कनस्वरूप पठाइने पत्र पढ्‌नुहोस्‌। पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्‍त हुन्छ भने) दिइएका सुझावहरू चलाउँदै जुलाई १ को प्रहरीधरहरा वा जुलाई ८ को ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। प्रदर्शनपछि घरधनीको चासो जगाउन चलाइएका सुरुका टिप्पणीहरू फेरि उल्लेख गर्नुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: जुलाई र अगस्त महिनामा पुस्तिकाहरू प्रस्तुत गर्ने। परिशिष्टमा आधारित भाषण तथा श्रोताहरूसित छलफल। पृष्ठ ३ मा भएको पेटी र सन्‌ २००५ जनवरी महिनाको हाम्रो राज्य सेवकाई, पृष्ठ ८ का मुख्य बुँदाहरू प्रकाश पार्दै परिशिष्ट चलाउने तरिका छोटकरीमा बताउनुहोस्‌। पहिलो भेटमै पुस्तिकाहरू प्रस्तुत गर्न स्थानीय इलाकामा उपयुक्‍त हुने सुझावहरू छलफल गर्नुहोस्‌। दुई वा तीनवटा प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्‌। सानो उमेरको प्रकाशकलाई एउटा प्रदर्शनमा भए पनि राख्नुहोस्‌।

गीत ९ (३७) र समापन प्रार्थना।

जुलाई ४ मा सुरु हुने हप्ता

गीत २२ (१३०)

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: के तपाईंले पारिवारिक तालिकाबाट लाभ उठाइरहनुभएको छ? सन्‌ २००५ मे महिनाको हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका सुझावहरू पुनरावलोकन गर्नुहोस्‌ र यी सुझावहरू लागू गर्न आफूले गरेको प्रयास अनि त्यसो गर्दा प्राप्त भएका लाभहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌।

२० मि: “सार्वजनिक स्थलहरूमा प्रभावकारी साक्षी दिने।”c स्थानीय इलाकामा यसको व्यावहारिकता देखाउनुहोस्‌। उपयुक्‍त हुने ठाउँमा प्लीज फलो अप (S-43) फाराम चलाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।—सन्‌ २००५ फेब्रुअरी महिनाको हाम्रो राज्य सेवकाई, पृष्ठ ६ हेर्नुहोस्‌।

गीत २५ (२०४) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने