सेवा सभाको तालिका
सूचना: मण्डलीले “ईश्वरीय आज्ञाकारिता” जिल्ला अधिवेशन धाएको एक वा दुई महिनापछि प्रकाशकहरूलाई क्षेत्र सेवकाईमा उपयोगी लागेका अधिवेशनका विशेषताहरू पुनरावलोकन गर्न सेवा सभामा (सम्भवतः स्थानीय आवश्यकताको भाग प्रयोग गरेर) १५ देखि २० मिनेट समय छुट्याउनुहोस्। सेवा सभाको यस विशेष भागले अधिवेशनमा सिकेका कुराहरू हामीले कसरी प्रयोग गरिरहनुका साथै हाम्रो सेवकाईलाई कसरी अझ प्रभावकारी बनाउन मदत गरेको छ, त्यसबारे बताउने मौका दिनेछ।—हाम्रो राज्य सेवकाई, अप्रिल २००५ पृष्ठ २ हेर्नुहोस्।
अगस्त ८ मा सुरु हुने हप्ता
गीत २३ (२००)
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। सन् २००६ को सेवा वर्षमा हुने क्षेत्रीय सम्मेलन र विशेष सम्मेलनको मिति पाइसक्नुभएको छ भने प्रकाशकहरूलाई बताउनुहोस्।
१० मि: “के तपाईं हातेपर्ची चलाउनुहुँदैछ?” भाषण तथा श्रोतासित छलफल। हातेपर्ची चलाउँदा बटुलेका राम्रा अनुभवहरू बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्। प्रकाशकले हातेपर्ची चलाएर इच्छुक व्यक्तिलाई सभामा आउन बोलाएको छोटो प्रदर्शन देखाउनुहोस्।
२५ मि: “प्रचार गर्ने समय अहिल्यै हो!”a एक वा दुई जना नियमित अग्रगामीलाई तिनीहरूले अग्रगामी गर्न के कस्ता काँटछाँट गरे र कस्तो आशिष् पाए, सो बताउन पहिल्यै तयारी पार्नुहोस्।
गीत २० (९३) र समापन प्रार्थना।
अगस्त १५ मा सुरु हुने हप्ता
गीत ९ (३७)
१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ८ का सुझावहरू चलाउँदै (तपाईंको इलाकामा उपयुक्त हुन्छ भने) अगस्त १५ को प्रहरीधरहरा र अगस्त ८ को ब्यूँझनुहोस्!, प्रस्तुत गर्ने तरिका प्रदर्शन गरेर देखाउनुहोस्। प्राचीन र एक जना अशक्त प्रकाशकले टेलिफोन साक्षी दिइरहेको प्रदर्शन देखाउनुहोस्।
१५ मि: के तपाईंलाई सम्झना छ? प्रहरीधरहरा, अप्रिल १५, २००५ को पृष्ठ ३० चलाउँदै श्रोतासित छलफल। श्रोतालाई प्रत्येक प्रश्नमा टिप्पणी गर्न लगाउनुहोस्। यस लेखको व्यावहारिक पक्षमा जोड दिनुहोस्। प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को हरेक अंक मन लगाएर पढ्न सबैलाई प्रोत्साहित गर्नुहोस्।
२० मि: “घरको ढोकैमा र टेलिफोनद्वारा बाइबल अध्ययन सुरु गर्ने।”b चाहनुहुन्छ पुस्तिकाबाट एउटा वा दुइटा अनुच्छेद चलाएर प्रथम भेटमै बाइबल अध्ययन कसरी गर्न सकिन्छ भनी घरपटीलाई देखाएको छोटो प्रदर्शन देखाउनुहोस्। टेलिफोनद्वारा बाइबल अध्ययन सुरु गरेको एक दुइटा प्रोत्साहनदायी अनुभव छोटकरीमा बताउनुहोस्।
गीत २२ (१३०) र समापन प्रार्थना।
अगस्त २२ मा सुरु हुने हप्ता
गीत २६ (२१२)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र अनुदानको लागि मूल्याङ्कनस्वरूप पठाइएको पत्र पढ्नुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: “परमेश्वरको राज्य प्रचारकार्य—एक अनमोल सुअवसर।”c अनुच्छेद ४ छलफल गर्नुहुँदा, ढल्कँदो उमेर वा बिमारीले गर्दा सेवकाईमा धेरै भाग लिन नसक्नेहरूलाई पनि १५/१५ मिनेटको हिसाबले क्षेत्र सेवाको रिपोर्ट दिन सक्ने विशेष प्रबन्धबारे फेरि जानकारी दिनुहोस्।—हाम्रो राज्य सेवकाई, अक्टोबर २००२ को पृष्ठ ८, अनु. ६ हेर्नुहोस्।
गीत २५ (२०४) र समापन प्रार्थना।
अगस्त २९ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई अगस्त महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्। पृष्ठ ८ का सुझावहरू चलाउँदै (तपाईंको इलाकामा उपयुक्त हुन्छ भने) सेप्टेम्बर १ को प्रहरीधरहरा र सेप्टेम्बर ८ को ब्यूँझनुहोस्! प्रस्तुत गर्ने तरिका प्रदर्शन गर्नुहोस्। एउटा प्रस्तुतिमा पत्रिका रुटमा पुनःभेट गरेको देखाउनुहोस्।
१५ मि: “विना वचन साक्षी दिने।”d केही प्रकाशकहरूलाई उनीहरूले परमेश्वरका जनहरूको असल आचरण देखेर कसरी आफू यहोवाका सेवक बन्न उत्प्रेरित भए, सो बताउन लगाउनुहोस्।
२० मि: पहिलो भेटमै बाइबल चलाउने गर्नुहोस्। भाषण तथा श्रोतासित छलफल। प्रथम भेटमा घरधनीको ध्यान परमेश्वरको वचनप्रति खिंच्नेबारे हाम्रो राज्य सेवकाई, सेप्टेम्बर २००४, पृष्ठ ४ को अनुच्छेद २ मा दिइएका सुझावहरू बताउनुहोस्। सेप्टेम्बर महिनामा साहित्य प्रस्तुत गर्दा कसरी ती सुझावहरूमध्ये एक वा दुईवटा चलाउन सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्। समयले भ्याएमा, हाम्रो राज्य सेवकाई, जनवरी २००५ को परिशिष्टमा दिइएका सुझावहरू पनि छलफल र प्रदर्शन गरेर देखाउन सकिन्छ।
गीत ४ (४३) र समापन प्रार्थना।
सेप्टेम्बर ५ मा सुरु हुने हप्ता
गीत १६ (१४३)
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग १२।”e एक वा दुई जना प्रकाशकलाई उनीहरूले कसरी बाइबल अध्ययन सुरु र सञ्चालन गर्न सके भनेर बताउन पहिल्यै तयार पार्नुहोस्।
२० मि: उमेर पाकाहरूलाई सहयोग गर्न प्रबन्ध मिलाउने। अगस्त १५, १९९३, वाचटावर पृष्ठ २८-२९ मा भएको “प्रबन्ध गर्नु महत्त्वपूर्ण” उपशीर्षकमा आधारित प्राचीनद्वारा भाषण। बिमारी र उमेर पाकाहरूलाई सहयोग गर्न मण्डलीले गरेका प्रबन्धहरू बताउनुहोस्।
गीत १९ (१६४) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।