प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ८/०५ पृ. ६
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • विशेष सम्मेलन दिनको पुनरावृत्ति
    हाम्रो राज्य सेवकाई—२००५
  • आफ्नो आँखा निर्मल राख्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२००४
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ८/०५ पृ. ६

नयाँ विशेष सम्मेलन दिन कार्यक्रम

हाम्रो आँखा आश्‍चर्य रीतिले बनिएको छ। (भज. १३९:१४) तैपनि यसले एक पटकमा एउटा कुरालाई मात्र ध्यान दिएर हेर्न सक्छ। शाब्दिक होस्‌ वा लाक्षणिक, दुवै अर्थमा त्यसै भन्‍न सकिन्छ। आध्यात्मिक तरिकामा सुस्पष्टसित हेर्ने हो भने हामीले परमेश्‍वरको इच्छा गर्नमा आफ्नो ध्यान लगाउनै पर्छ। शैतानको संसारमा हामीलाई अलमल्याउने कुरा थुप्रै छन्‌। त्यसैले सन्‌ २००६ सेवा वर्षका लागि विशेष सम्मेलन दिन कार्यक्रमको विषय “तपाईंको आँखा निर्मल राख्नुहोस्‌” हुनु कत्ति उपयुक्‍त छ!—मत्ती ६:२२.

यहोवाको आशिष्‌ पाउन हामीले के गर्नुपर्छ? (हितो. १०:२२) “आँखा निर्मल राखेर आशिष्‌ पाउनुहोस्‌” विषयको भाषणमा यो प्रश्‍न छलफल गरिनेछ। बाइबलका सिद्धान्तहरू प्रयोग गर्दा हामीलाई कसरी फाइदा हुन्छ, उक्‍त भाषणमा प्रस्तुत गरिने अन्तर्वार्ताहरूले प्रष्ट पार्नेछ। अतिथि वक्‍ताले दिने “दुष्ट संसारमा आँखा निर्मल राखिरहने” विषयको पहिलो भाषणले भने हाम्रो जीवनलाई जटिल बनाउने अनि हाम्रो आध्यात्मिकतालाई बिस्तारै निसासिदिने कुराहरूदेखि हामीलाई होसियार गराउनेछ। साथै, “असल भाग” छान्‍नुको अर्थ के हो त्यो पनि सिक्नेछौं।—लूका १०:४२.

युवा मसीहीहरूलाई आध्यात्मिक लक्ष्यहरू राख्न आमाबाबु र अरूले कसरी प्रोत्साहन दिन सक्छन्‌? यो महत्त्वपूर्ण प्रश्‍नको जवाफ “आफ्नो काँड राम्ररी ताक्ने आमाबाबुहरू” र “आध्यात्मिक लक्ष्यहरू हासिल गर्न अघि बढ्‌ने युवाहरू” शीर्षकका भागहरूमा अन्तरवार्ता दिने आमाबाबु तथा युवायुवतीहरूबाट सुन्‍नेछौं। (भज. १२७:४) त्यसै गरी व्यक्‍तिगत, पारिवारिक अनि मण्डलीको रूपमा हामी यहोवाको संगठन सँगसँगै कसरी हिंड्‌न सक्छौं, आगन्तुक वक्‍ताको समापन भाषणबाट थाह पाउनेछौं।

हिजो मात्र सच्चाइमा आएको होस्‌ वा दशकौंअघि, ‘हामीले आफ्नो आँखा निर्मल राख्नै पर्छ।’ विशेष सम्मेलन दिन कार्यक्रमले हामीलाई त्यसै गर्न मदत गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने