प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ८/०५ पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००५
हाम्रो राज्य सेवकाई—२००५
km05 ८/०५ पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌?, सबैका लागि उपयोगी किताब, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” सेप्टेम्बर: ज्ञान पुस्तक चलाइनेछ। घरधनीले यो पुस्तक नस्वीकारेमा जागा रहो! पुस्तिका प्रस्तुत गर्नुहोस्‌। अक्टोबर: प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। चासो देखाउने व्यक्‍तिहरूलाई कृपया चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌। नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्‌। यदि घरधनीको छोराछोरी छैन भने, ज्ञान पुस्तक वा के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ।

◼ अक्टोबर महिनामा पाँचवटा सप्ताहन्त पर्ने भएकोले सहायक अग्रगामी गर्न यो महिना अति उत्तम हुन्छ।

◼ हाम्रो राज्य सेवकाई-को यसै अंकको पृष्ठ ५ र ६ मा सन्‌ २००६ को सेवा वर्षमा हुने क्षेत्रीय र विशेष सम्मेलन कार्यक्रमको लेख भएकोले पछि प्रयोग गर्न यसलाई सुरक्षित राख्नुहोस्‌।

◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले सेप्टेम्बर १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। स्याहार-सम्भार वा निर्माणको लागि बेग्लै लेखा हिसाब राखिएको छ भने यसको पनि लेखा परीक्षण गर्ने प्रबन्ध मिलाउनुपर्छ। लेखा परीक्षण(हरू) गरिसकेपछि अर्को चोटिको लेखा रिपोर्ट सुनाउँदा यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।

◼ कुनै पनि प्रकारको व्यक्‍तिगत पत्राचारका लागि शाखा कार्यालयको ठेगाना दिनु हुँदैन भनी हामी सम्झाउन चाहन्छौं। सबै प्रकारका पत्र, चासो देखाउने व्यक्‍ति र घरमा नभेटिएकालाई साहित्य दिंदा अनि भेट्‌न नसकिने ठाउँमा बस्ने व्यक्‍तिहरूलाई पत्र पठाउँदा पनि यो कुरा लागू हुन्छ। आफ्नो सेवकाई भनेको आफूले परमेश्‍वरलाई चढाउने व्यक्‍तिगत सेवा भएको हुँदा प्रकाशकले चासो देखाउने व्यक्‍तिलाई आफ्नै ठेगाना दिन सक्छन्‌। (मत्ती २८:१९, २०; रोमी १०:१४, १५) तथापि, पत्रमार्फत साक्षी दिंदा आफ्नो ठेगाना दिनु उचित हुँदैन जस्तो लागेमा, उनले आफ्नो नाउँ राखेर राज्यभवनको ठेगाना चलाउन सक्छन्‌।—हाम्रो राज्य सेवकाई, मे २००२ को प्रश्‍न पेटी हेर्नुहोस्‌।

◼ मण्डलीको सचिवले प्रत्येक नियमित अग्रगामीको पायोनियर अपोइन्टमेन्ट लेटर (S-202) मण्डलीमा छ कि छैन, पक्का गर्नुपर्छ। छैन भने, कृपया शाखा कार्यालयमा पत्राचार गर्नुहोस्‌। (कृपया, जुलाई ५, १९९९ मा प्राचीनहरूका सम्पूर्ण निकायहरूलाई पठाएको पत्र हेर्नुहोस्‌।)

◼ सम्पूर्ण साहित्य र पत्रिकाहरूको वार्षिक इन्भेन्ट्री सकेसम्म अगस्त ३१, २००५ भित्र तयार गरिसकेको हुनुपर्छ। यो इन्भेन्ट्री हरेक महिना साहित्य संयोजकले लिने सही गणनाजस्तै हो र कुल संख्या लिटरेचर इन्भेन्ट्री (S-18) फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवक(हरू)बाट प्राप्त गर्न सकिन्छ। संयोजक मण्डलीका सचिवले इन्भेन्ट्रीको सुपरिवेक्षण गर्नुपर्छ। तिनी र संयोजक मण्डलीका अध्यक्षले उक्‍त फाराममा हस्ताक्षर गर्नेछन्‌। प्रत्येक संयोजक मण्डलीले तीनवटा लिटरेचर इन्भेन्ट्री (S-18) फाराम प्राप्त गर्नेछन्‌। कृपया शाखा कार्यालयलाई सेप्टेम्बर ६ सम्ममा नै त्यसको सक्कल प्रति पठाउनुहोस्‌। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्‌। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

सिङ प्रेजेज टु जेहोभा—लिरिक्स ओन्ली —अङ्‌ग्रेजी

लिरिक्स ओन्ली (Ssbly) भनेको नोटेसनविनाको सानो साइजको गीतिपुस्तक हो।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

ह्वाट हेपन्स टु अस ह्वेन वी डाई —उर्दू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने