प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ९/०५ पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००५
  • उपशीर्षकहरू
  • सेप्टेम्बर १२ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर १९ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर २६ मा सुरु हुने हप्ता
  • अक्टोबर ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००५
km05 ९/०५ पृ. २

सेवा सभाको तालिका

सेप्टेम्बर १२ मा सुरु हुने हप्ता

गीत १८ (१६२)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा भएको सेप्टेम्बर १५ को प्रहरीधरहरा र सेप्टेम्बर ८ को ब्यूँझनुहोस्‌! (आफ्नो इलाकामा सुहाउँछ भने मात्र) प्रस्तुतिको प्रदर्शन गर्नुहोस्‌। क्षेत्रलाई सुहाउने अन्य प्रस्तुति पनि चलाउन सकिन्छ। एउटा प्रदर्शन प्राचीनले र अर्कोचाहिं कुनै युवाले गर्नेछन्‌। प्रदर्शनपछि यसका केही राम्रा पक्षहरू बताउनुहोस्‌।

२० मि: “समय खेर नफालौं।”a हरेक दिन बाइबल पढ्‌न श्रोताहरूले कसरी समय निकालेका छन्‌, टिप्पणी गर्न आग्रह गर्नुहोस्‌। मे २००५ को हाम्रो राज्य सेवकाई-मा दिइएका सल्लाहअनुसार आध्यात्मिक क्रियाकलापको तालिका बनाउन पारिवारलगायत सबैलाई प्रोत्साहित गर्नुहोस्‌।

१५ मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने।”b परिशिष्टको भाग १ र २ मा आधारित श्रोतासित छलफल। हाम्रो राज्य सेवकाई, अगस्त २००४, पृष्ठ १ का बुँदाहरू पनि बताउन सकिन्छ। बाइबल अध्ययन गर्दा हरेक चोटि राम्ररी तयारी गर्नु किन महत्त्वपूर्ण छ? तयारी गर्दा के-के गर्नुपर्छ? दिइएका सल्लाहहरू श्रोताहरूले कसरी लागू गरे, बताउन आग्रह गर्नुहोस्‌। अन्तमा, परिशिष्टको पहिलो पृष्ठको पेटीबारे टिप्पणी गर्नुहोस्‌।

गीत २६ (२१२) र समापन प्रार्थना।

सेप्टेम्बर १९ मा सुरु हुने हप्ता

गीत ८ (५३)

१० मि: स्थानीय घोषणा। पहिलो पृष्ठको शाखा-पत्रका विशेषताहरू बताउनुहोस्‌।

२० मि: गत सेवा वर्षमा हामीले कस्तो गऱ्‍यौं? सेवकाईमा हासिल भएका उपलब्धिहरूमा जोड दिंदै सेवा निरीक्षकले गत सेवा वर्षका विशेष पक्षहरू बताउँछन्‌। प्रशंसा गर्नुहोस्‌। अगामी वर्ष सुधार गर्नुपर्ने एक-दुइटा पक्ष बताउनुहोस्‌। अग्रगामीहरूको जोसिलो कामको प्रशंसा गर्दै, तिनीहरूले के-कति उपलब्धि हासिल गरे, बताउनुहोस्‌। निष्क्रियहरूलाई मदत गर्दा प्राप्त भएका असल नतिजाहरू बताउनुहोस्‌।

१५ मि: “एकअर्कालाई दह्रिलो पारौं।”c अरूले देखाएको निष्कपट चासोले कसरी प्रोत्साहित भयो, श्रोताहरूलाई बताउन आग्रह गर्नुहोस्‌।

गीत ११ (८५) र समापन प्रार्थना।

सेप्टेम्बर २६ मा सुरु हुने हप्ता

गीत २३ (२००)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिए बापत पठाइएको पत्र पढ्‌नुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: पत्रिका चलाएर सुसमाचार सुनाउनुहोस्‌। अक्टोबर महिनामा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! प्रस्तुत गर्नेछौं। भाषणको सुरुमा फेब्रुअरी २००५ हाम्रो राज्य सेवकाई, पृष्ठ ८, अनुच्छेद ३-६ का सल्लाहहरू छलफल गर्नुहोस्‌: (१) जोडी मिलाएर पत्रिका दिनुहोस्‌। (२) हरेक हप्ताको एक दिन पत्रिका वितरणको लागि छुट्याउनुहोस्‌। (३) पत्रिका वितरण गर्ने व्यक्‍तिगत लक्ष्य निर्धारण गर्नुहोस्‌। (४) पत्रिका वितरण गर्न हरेक उचित मौकाको सदुपयोग गर्नुहोस्‌। (५) पुराना अंकहरूको सदुपयोग गर्नुहोस्‌। यी सल्लाहहरू स्थानीय तवरमा कसरी लागू गर्न सकिन्छ, बताउनुहोस्‌। त्यसपछि यस अंकको पृष्ठ ८ को अक्टोबर ८, ब्यूँझनुहोस्‌! र अक्टोबर १, प्रहरीधरहरा प्रस्तुतीको प्रदर्शन गर्नुहोस्‌। (आफ्नो इलाकामा सुहाउँछ भने मात्र।) इलाकामा सुहाउने अन्य प्रस्तुतीहरू पनि चलाउन सकिन्छ। स्थानीय इलाकाका मानिसहरूलाई प्रभाव पार्ने सोही अंकका अन्य लेखहरू पनि चलाउनुहोस्‌ र यसको एउटा प्रदर्शन पनि गर्नुहोस्‌। प्रत्येक प्रदर्शनपछि यसका विशेषताहरू बताउनुहोस्‌।

गीत १६ (१४३) र समापन प्रार्थना।

अक्टोबर ३ मा सुरु हुने हप्ता

गीत १ (१३)

५ मि: स्थानीय घोषणा।

२० मि: “‘हृदयबाटै आज्ञाकारी हुन’ मदत गरौं।”d समयले भ्याएसम्म दिइएका शास्त्रपदहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आग्रह गर्नुहोस्‌।

२० मि: यहोवाको हृदय आनन्दित तुल्याउने। (हितो. २७:११) लामो समयदेखि विश्‍वासी भई यहोवाको सेवा गरिरहेका दुई वा तीन जनाको अन्तरवार्ता लिनुहोस्‌। यहोवाको आज्ञा पालन गरिरहन तिनीहरूलाई मदत गरेको एक-दुइटा पक्ष बताउन आग्रह गर्नुहोस्‌। लगनशील व्यक्‍तिगत बाइबल अध्ययन, सभाहरूमा नियमित उपस्थिति, वफादार साक्षीहरूसितको सरसंगत, क्षेत्र सेवामा मनतनले भाग लिने, हृदयदेखिको प्रार्थना, भ्रष्ट मनोरञ्जनबाट अलग रहने जस्ता पक्षहरू तिनीहरूले बताउन सक्छन्‌। आज्ञाकारी हुन के-कस्ता कठिनाइहरू आइपरे अनि त्यससित तिनीहरू कसरी डटे? आज्ञापालक हुँदा तिनीहरूले के-कस्ता आशिष्‌हरू पाए?

गीत २१ (१९१) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने