ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अक्टोबर ३१, २००५ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले सेप्टेम्बर ५ देखि अक्टोबर ३१, २००५ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. वक्ताको रूपमा उत्साह देखाउन कुन कुराले उत्प्रेरित गर्नेछ? [ht-NP पृ. ६७ अनु. १]
२. तपाईंको प्रस्तुतिमा कसरी उत्साह देखाउन सकिन्छ? [ht-NP पृ. ६७ अनु. २]
३. किन दृष्टान्तको उपयोगिता देखाउनै पर्छ? [ht-NP पृ. ७३ अनु. १०]
४. दृष्टान्तहरू तपाईंका श्रोताहरूलाई आकर्षक लाग्ने बनाउन ती कहाँबाट निकालिएको हुनुपर्छ? [ht-NP पृ. ७५ अनु. १७]
५. हामीले “शेष जन,” “अरू भेडा” र “आर-मागेडोन” जस्ता शब्दहरू प्रयोग गर्दा किन छोटकरीमा ती शब्दहरूको अर्थ खुलाइदिनुपर्छ? [ht-NP पृ. ७६ अनु. ४]
असाइनमेन्ट न. १
६. “[व्यग्रतासाथ] खोज्ने” भन्नाले के बुझिन्छ र हामी यो कसरी देखाउन सक्छौं? (हिब्रू ११:६) [w-NP०३ ८/१५ पृ. २५ अनु. २; पृ. २६ अनु. १-२; पृ. २७ अनु. २]
७. “पक्का कुराहरूको नमूना” के हो र प्राचीनहरूले यो नमुना पक्रिराखेको कसरी देखाउन सक्छन्? (२ तिमो. १:१३, १४) [w-NP०३ १/१ पृ. २९ अनु. ३-पृ. ३० अनु. १]
८. जवान र वयस्कहरूले कसरी एकअर्काप्रति चासो देखाउन सक्छन्? (हितो. २२:६; फिलि. २:४) [w-NP०३ ६/१५ पृ. २१-२ अनु. १५-१७]
९. कसरी हामी सत्यका परमेश्वरको देखासिकी गर्न सक्छौं? (जक. ८:१६; रोमी २:२१, २२; एफि. ४:२५) [w-NP०३ ८/१ पृ. १५-१६ अनु. ८-११]
१०. मसीहीले जागिर गुमाउँदा के गर्न सक्छन्? [w-NP०३ ९/१ पृ. १३-१५, अनु. ३-९]
साप्ताहिक बाइबल पढाइ
११. दोस्रो राजा १३:२१ ले धार्मिक अवशेषहरूको उपासनालाई समर्थन गर्छ?
१२. के हिजकियाहले मिश्रसित साँठगाँठ गरेका थिए? (२ राजा १८:१९-२१, २५)
१३. यहोवाद्वारा सनहेरीब नराम्रोसित पराजित भएको विवरण अश्शूरको इतिहासमा तोकेरै उल्लेख नगरिएको भए तापनि यहाँ उल्लिखित विवरणहरूमा तपाईं कुन रोचक कुरा पाउनुहुन्छ? (२ राजा १९:३५, ३६)
१४. शालतीएलको पिता को थिए? (१ इति. ३:१६-१८)
१५. राजा शाऊलको समयमा रूबेनका छोराहरू, गाद र मनश्शेको आधा कुलले परमेश्वरका वर्तमान समयका सेवकहरूको लागि कसरी राम्रो उदाहरण बसालेका छन्? (१ इति. ५:१८-२२)