घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अक्टोबर: प्रहरीधरहरा अनि ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। चासो देखाउनेहरूलाई कृपया चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्। यदि घरधनीको छोराछोरी छैन भने, ज्ञान पुस्तक वा के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्। मण्डलीको स्टकमा छ भने द बाइबल—गड्स वर्ड अर म्यान्स्?, बाइबलका कथाहरू भएको मेरो पुस्तक वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पनि प्रस्तुत गर्न सक्नुहुन्छ। जनवरी: सन् १९९१ अघि प्रकाशित भएको कुनै १९२ पृष्ठे पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। घरधनीले यी पुस्तकहरू लिन नमानेमा जागा रहो! पुस्तिका प्रस्तुत गर्न सकिन्छ।
◼ अक्टोबर महिनामा पाँचवटा सप्ताहन्त हुने भएकोले सहायक अग्रगामी गर्न यो एउटा उत्कृष्ट महिना हुन सक्नेछ।
◼ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन् २००६ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिका” हो र सन् २००६ को वर्षभरि तालिका हेर्न यो आफूसँग सुरक्षित राख्नुपर्छ।