सन् २००६ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिका
निर्देशन
सन् २००६ मा ईश्वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन निम्नानुसार हुनेछ।
पाठ्यपुस्तक: न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स [bi12] वा पवित्र बाइबल, प्रहरीधरहरा [w-NP], तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्नति गर्ने [ht-NP], एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् [wt-NP], चर्चाका लागि बाइबल विषयहरू [td-NP]।
राज्य गीत, प्रार्थना र स्वागतद्वारा स्कूल समयमै सुरु गर्नुहोस्। कार्यक्रम निम्नानुसार सञ्चालन हुनेछ। प्रत्येक असाइनमेन्टको वक्तालाई स्कूल निरीक्षकले नै बोलाउनेछन्।
वक्तृत्व कला: ५ मिनेट। स्कूल निरीक्षक, सहायक सल्लाहकार वा योग्य प्राचीनले क्षमता उन्नति गर्ने पुस्तिकाबाट वक्तृत्व कलाको भाषण दिनेछन्। (प्राचीनहरूको संख्या थोरै छ भने मण्डलीका योग्य सेवकाई सेवकहरूले पनि यो भाषण दिन सक्छन्।)
असाइनमेन्ट न. १: १० मिनेट। प्रहरीधरहरा वा एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस्-मा आधारित यो भाषण योग्य प्राचीन वा सेवकाई सेवकले दिनुपर्छ। प्रश्नोत्तर नगरी दस मिनेटमा यो भाषण सिध्याउनुपर्छ। भाषणको उद्देश्य विषयवस्तु ढाक्नु मात्र नभई मण्डलीलाई फाइदा हुने बुँदामा जोड दिनु र प्रस्तुत गरिने विषयवस्तुको व्यावहारिक मूल्यमाथि ध्यान केन्द्रित गर्नु हो। दिइएको विषय नै चलाउनुपर्छ। निर्धारित समयभित्रै भाषण सिध्याउनुपर्छ। आवश्यक भएमा व्यक्तिगत तवरमा सल्लाह दिन सकिन्छ।
बाइबल पढाइका विशेषताहरू: १० मिनेट। यो भाषण योग्य प्राचीन वा सेवकाई सेवकले दिनेछन्। पहिला, पाँच मिनेटभित्र स्थानीय आवश्यकताअनुसार विषयवस्तुको उपयोगिता प्रस्ट पार्नुपर्छ। यसको लागि तिनले त्यस हप्ताको निर्धारित बाइबल पढाइको कुनै पनि अंश चलाउन सक्छन्। यो भाषण निर्धारित बाइबल पढाइको सारांश जस्तो मात्र हुनु हुँदैन। यसको मुख्य उद्देश्य बाइबलमा पाइने जानकारी किन र कसरी लाभदायी छ, सो श्रोतालाई बुझाउनु हो। पाँच मिनेटभित्रैमा वक्ताले विषयवस्तुको उपयोगिता प्रस्ट पार्नेछन्। तिनले बढी समय लिनु हुँदैन। बाँकी पाँच मिनेट श्रोतासित छलफल गर्न छुट्याउनुपर्छ। बाइबल पढाइमा रोचक लागेको भाग र यसका लाभबारे छोटो टिप्पणी गर्न (३० सेकेण्ड वा कम) श्रोतालाई आग्रह गर्नुहोस्। त्यसपछि स्कूल निरीक्षकले दोस्रो कक्षामा असाइनमेन्ट पाएका विद्यार्थीहरूलाई त्यस कक्षामा पठाउनेछन्।
असाइनमेन्ट न. २: ४ मिनेट वा त्योभन्दा कम। यो असाइनमेन्ट कुनै भाइले पढाइको रूपमा प्रस्तुत गर्नेछन्। विद्यार्थीले परिचय वा समापन केही नदिई तोकिएको विषयवस्तु पढ्नुपर्छ। भजनको पुस्तक पढ्दा शीर्षकमुनि सानो अक्षरमा दिएका अंश पनि पढ्नुपर्छ। स्कूल निरीक्षकले खास गरी विद्यार्थीका स्पष्ट, सरर्र पढ्ने, भावलाई जोड दिने, स्वरको उतार-चढाव, ठीक ठाउँमा रोक्ने र स्वाभाविकता झल्काउने जस्ता पक्षहरूमा ध्यान दिनेछन्।
असाइनमेन्ट न. ३: ५ मिनेट। यो असाइनमेन्ट बहिनीहरूको लागि हो। असाइनमेन्ट पाउने विद्यार्थीहरूले नै भूमिका छान्नेछन्। दिइएको विषय नै चलाउनुपर्छ र प्रस्तुती क्षेत्र सेवामा चलाउन मिल्ने गरी स्थानीय इलाकाको लागि सुहाउँदो र उपयोगी हुनुपर्छ। स्रोत सामग्री दिइएको छैन भने विद्यार्थीले हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्छ। नयाँ विद्यार्थीहरूलाई स्रोत सामग्री दिइएका भाषण मात्र दिनुपर्छ। प्रस्तुतिमा भाषणका विषयवस्तु ठीक छ कि छैन, घरधनीलाई धर्मशास्त्रबाट तर्क गर्न सिकाएको र प्रस्तुत विषयवस्तुको मुख्य बुँदा बुझाएको छ कि छैन भन्ने कुरामा स्कूल निरीक्षकले विशेष ध्यान दिनेछन्। स्कूल निरीक्षकले एक जना सहायक खटाउनेछन्।
असाइनमेन्ट न. ४: ५ मिनेट। दिइएको विषयमै विद्यार्थीले भाषण बनाउनुपर्छ। स्रोत सामग्री दिइएको छैन भने विद्यार्थीले हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्छ। यो भाग भाइले दिंदा सभामा उपस्थित श्रोताहरूको लागि भाषणको रूपमा प्रस्तुत गर्नुपर्छ। यसैलाई बहिनीले प्रस्तुत गर्दा भने असाइनमेन्ट न. ३ का लागि दिइएको सल्लाह अनुरूप प्रस्तुत गर्नुपर्छ। स्कूल निरीक्षकलाई उपयुक्त लागेमा यो असाइनमेन्ट भाइलाई दिन सक्छन्। कृपया नबिर्सनुहोस्, तारक चिह्न भएको विषय सधैं भाषणको रूपमा प्रस्तुत गर्न भाइहरूलाई मात्र दिनुपर्छ।
समय: कुनै पनि भाषण वा सल्लाहकारको सल्लाह निर्धारित समयभन्दा बढी जानु हुँदैन। असाइनमेन्ट न. २, ३ र ४ को निर्धारित समय सिद्धिएमा कौशलतापूर्वक रोक्नुपर्छ। वक्तृत्व कला, असाइनमेन्ट न. १ वा बाइबल पढाइका विशेषताहरू दिने भाइहरूले बढी समय लिएमा वक्तालाई व्यक्तिगत तवरमा सल्लाह दिनुपर्छ। सबैले समयमा विशेष ध्यान दिनुपर्छ। कार्यक्रमको जम्मा समय: गीत र प्रार्थनाबाहेक ४५ मिनेट।
सल्लाह: १ मिनेट। असाइनमेन्ट न. २, न. ३ र न. ४ पछि स्कूल निरीक्षकले एक मिनेट-भित्र भाषणको प्रशंसायोग्य पक्षमा सकारात्मक टिप्पणी गरिसक्नुपर्छ। तिनको लक्ष्य “राम्रो भयो” भन्नु मात्र नभई प्रस्तुतीको कुन पक्ष किन प्रभावकारी थियो भनी खास कारणहरू बताउनु हो। प्रत्येक विद्यार्थीको आवश्यकताअनुसार अझ उन्नति गर्न सभापछि वा कुनै अर्को समयमा व्यक्तिगत सल्लाह दिन सकिन्छ।
सहायक सल्लाहकार: प्राचीनहरूका निकायले सहायक सल्लाहकारको जिम्मेवारी निभाउन अर्का एक जना दक्ष प्राचीनको छनौट गर्न सक्छन्। मण्डलीमा प्राचीनहरू थुप्रै छन् भने यो असाइनमेन्ट हरेक वर्ष योग्य प्राचीनहरूले पालैपालो सँभाल्न सक्छन्। सहायक सल्लाहकारको जिम्मेवारी असाइनमेन्ट न. १ र बाइबलका विशेषताहरू प्रस्तुत गर्ने भाइहरूलाई आवश्यक सल्लाह दिनु हो। सँगी प्राचीन वा सेवकाई सेवकले भाषण दिंदै पिच्छे सल्लाह दिनु आवश्यक छैन।
मौखिक पुनरावृत्ति: ३० मिनेट। प्रत्येक दुई महिनामा स्कूल निरीक्षकले मौखिक पुनरावृत्ति गर्नेछन्। यो वक्तृत्व कला र बाइबल पढाइका विशेषतापछि गरिनेछ। मौखिक पुनरावृत्ति अघिल्लो दुई महिनाको स्कूलको विषयवस्तुमा आधारित हुन्छ र यसमा त्यही हप्ताको विषयवस्तु पनि समावेश हुनेछ। मौखिक पुनरावृत्तिको हप्तामा तपाईंको मण्डलीको क्षेत्रीय सम्मेलन परेमा त्यस हप्ता र त्यस पछिको हप्ताको कार्यक्रम (वक्तृत्व कला र बाइबल पढाइका विशेषताहरू पनि) साटफेर गर्नुपर्छ। मौखिक पुनरावृत्तिको हप्तामा तपाईंको मण्डलीमा क्षेत्रीय निरीक्षकले भ्रमण गर्ने भए त्यसै हप्ताको तालिकाअनुसारै गीत, वक्तृत्व कला र बाइबल पढाइका विशेषताहरू प्रस्तुत गर्नुपर्छ। निर्देशन भाषण चाहिं (वक्तृत्व कलापछि दिइने असाइनमेन्ट न. १) अर्को हप्ताको तालिकाबाट लिनुपर्छ। अर्को हप्ताको ईश्वरतान्त्रिक स्कूलमा वक्तृत्व कला र बाइबल पढाइका विशेषताहरू त्यस हप्ताको तालिकाअनुसारै दिइनेछ र त्यसपछि मौखिक पुनरावृत्ति हुनेछ।
तालिका
जन. २ बाइबल पढाइ: २ इतिहास २९-३२ गीत २१ (१९१)
वक्तृत्व कला: जानकारीमूलक विषयवस्तु १ (ht-NP पृ. १२-१३ अनु. १-६)
न. १: आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस् (w-NP०४ २/१५ पृ. १०अनु. ४-पृ. ११ अनु. ८)
न. २: २ इतिहास ३०:१-१२
न. ३: साँचो मसीहीहरू किन अश्लील कुराकानीबाट पर बस्छन्
न. ४: td-NP १क पितृहरूको उपासना गर्नु व्यर्थ हो
जन. ९ बाइबल पढाइ: २ इतिहास ३३-३६ गीत ४ (४३)
वक्तृत्व कला: जानकारीमूलक विषयवस्तु २ (ht-NP पृ. १३-१५ अनु. ७-१३)
न. १: परमेश्वरले किन दुष्टता रहिरहन दिनुहुन्छ? (wt-NP पृ. ६०-६३ अनु. १-७)
न. २: २ इतिहास ३४:१-११
न. ३: td-NP १ख मानिसहरूको आदर गर्न सकिन्छ तर उपासना परमेश्वरको मात्र गरिन्छ
न. ४: बाइबलको नैतिक स्तरअनुसार चलेकोमा कहिल्यै नशर्माउनुहोस्
जन. १६ बाइबल पढाइ: एज्रा १-५ गीत ११ (८५)
वक्तृत्व कला: स्पष्ट, बुझ्न सकिने (ht-NP पृ. १५-१६ अनु. १४-२०)
न. १: परमेश्वरले दुष्टता रहिरहने अनुमति दिनुभएको कुराबाट हामी के सिक्छौं (wt-NP पृ. ६३-६९ अनु. ८-१८)
न. २: एज्रा १:१-११
न. ३: इमानदार अन्तस्करणबाट हुने फाइदाहरू
न. ४: td-NP २क आरमागेडोन—दुष्टता नाश गर्न परमेश्वरले लड्नुहुने युद्ध
जन. २:३ बाइबल पढाइ: एज्रा ६-१० गीत ७ (५१)
वक्तृत्व कला: चासो जगाउने परिचय (ht-NP पृ. १७-१८ अनु. १-७)
न. १: ‘दुष्ट आत्मिक शक्ति विरुद्ध सङ्घर्ष गर्ने’ (wt-NP पृ. ७०-७५ अनु. १-१२)
न. २: एज्रा ६:१-१२
न. ३: td-NP २ख आरमागेडोन—परमेश्वरको प्रेम विपरीत हुनेछैन
न. ४: * विवाहबारे परमेश्वरको दृष्टिकोण
जन. ३० इबल पढाइ: नहेम्याह १-४ गीत ६ (४५)
वक्तृत्व कला: मूल विषयसित मेल खाने परिचय(ht-NP पृ. १८-१९ अनु. ८-१०)
न. १: विजयी हुन सुसज्जित (wt-NP पृ. ७६-७८ अनु. १३-१५)
न. २: नहेम्याह २:१-१०
न. ३: सर्वोत्तम सुरक्षा
न. ४: td-NP ३क बप्तिस्मा—मसीही आवश्यकता हो
फेब्रु. ६ बाइबल पढाइ: नहेम्याह ५-८ गीत ५ (४६)
वक्तृत्व कला: ठिक्कको परिचय (ht-NP पृ. १९-२० अनु. ११-१६)
न. १: हामी किन घर-घरमा साक्षी दिन्छौं (w-NP०४ ३/१५ पृ. १२अनु. १०-पृ. १३ अनु. १७)
न. २: नहेम्याह ५:१-१३
न. ३: td-NP ३ख बप्तिस्मा—पापहरू पखाल्दैन
न. ४: “आफ्नो हृदयलाई सुरक्षित राख्” (हितो. ४:२३)
फेब्रु. १३ बाइबल पढाइ: नहेम्याह ९-११ गीत १३ (१२४)
वक्तृत्व कला: आवाज (ht-NP पृ. २०-२२ अनु. १-१२)
न. १: युद्धको सट्टा शान्ति सिक्ने (w-NP०४ १/१ पृ. ६ अनु. ८-पृ. ७ अनु. ५)
न. २: नहेम्याह १०:२८-३७
न. ३: यहोवाले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने प्रमाण
न. ४: td-NP ४क बाइबल—परमेश्वरको वचन प्रेरित हो
फेब्रु. २० बाइबल पढाइ: नहेम्याह १२-१३ गीत २० (९३)
वक्तृत्व कला: विराम १ (ht-NP पृ. २२-२४ अनु. १३-२१)
न. १: पुनरुत्थानको आशाको शक्ति (wt-NP पृ. ७९-८३ अनु. १-८)
न. २: नहेम्याह १३:१-१४
न. ३: td-NP ४ख बाइबल—हाम्रो समयको लागि व्यावहारिक निर्देशन
न. ४: * हिंस्रक भिडिओ गेमहरू किन मसीहीहरूका लागि होइनन्
फेब्रु. २७ बाइबल पढाइ: एस्तर १-५ गीत २२ (१३०)
वक्तृत्व कला: विराम २ (ht-NP पृ. २४-२५ अनु. २२-२८)
मौखिक पुनरावृत्ति
मार्च ६ बाइबल पढाइ: एस्तर ६-१० गीत ११ (८५)
वक्तृत्व कला: श्रोताहरूलाई बाइबल चलाउन प्रोत्साहन दिने (ht-NP पृ. २५-२६ अनु. १-६)
न. १: “पातालका साँचा” (wt-NP पृ. ८३-८९ अनु. ९-१८)
न. २: एस्तर ६:१-१०
न. ३: मीठो जवाफले क्रोधलाई शान्त गर्छ
न. ४: td-NP ४ग बाइबल—सबै मुलुक तथा जातिहरूका लागि लेखिएको हो
मार्च १३ बाइबल पढाइ: अय्यूब १-५ गीत ६ (४५)
वक्तृत्व कला: शास्त्रपद सही ढङ्गमा प्रस्तुत गर्ने १ (ht-NP पृ. २६-२८ अनु. ७-१८)
न. १: ‘कहिल्यै नाश नहुने’ राज्य (wt-NP पृ. ९०-९६ अनु. १-१०)
न. २: अय्यूब २:१-१३
न. ३: td-NP ५क रक्तक्षेपणले रगतको पवित्रतासम्बन्धी आज्ञा उल्लङ्घन गर्छ
न. ४: साँचो मसीहीहरू किन गनगन गर्दैनन्
मार्च २० बाइबल पढाइ: अय्यूब ६-१० गीत २३ (२००)
वक्तृत्व कला: शास्त्रपद सही ढङ्गमा प्रस्तुत गर्ने २ (ht-NP पृ. २९ अनु. १९-२१)
न. १: आध्यात्मिक मूल्यमान्यताहरूको श्रेष्ठता (w-NP०४ १०/१५ पृ. ४ अनु. २-पृ. ५ अनु. ३)
न. २: अय्यूब ७:१-२१
न. ३: हृदयमा शुद्ध हुनु भनेको के हो
न. ४: td-NP ५ख रगत—जीवन बचाउन परमेश्वरको व्यवस्था भङ्ग गर्न मिल्दैन
मार्च २७ बाइबल पढाइ: अय्यूब ११-१५ गीत १६ (१४३)
वक्तृत्व कला: शास्त्रपद जोड दिएर पढ्ने १ (ht-NP पृ. ३० अनु. १-५)
न. १: ‘अनुशासनलाई सुन’ (w-NP ०४ ४/१ पृ. १७ अनु. १०-पृ. १८ अनु. १४)
न. २: अय्यूब १२:१-२५
न. ३: td-NP ६क १९१४ (सा.यु.) मा अन्यजातिको समय सिद्धियो
न. ४: सेवकाईले हामीलाई किन आनन्द दिन्छ
अप्रि. ३ बाइबल पढाइ: अय्यूब १६-२० गीत ७ (५१)
वक्तृत्व कला: शास्त्रपद जोड दिएर पढ्ने २ (ht-NP पृ. ३०-३१ अनु. ६-१४)
न. १: हामी कसरी परमेश्वरप्रति आफ्नो प्रेम देखाउँछौं (w-NP ०४ ३/१ पृ. १९-२१)
न. २: अय्यूब १६:१-२२
न. ३: आफ्नो उपासना गराउन यहोवाले कसरी मानिसहरूलाई खिच्नुहुन्छ
न. ४: td-NP ७क चर्च आध्यात्मिक हुन्छ र त्यो ख्रीष्टमाथि बनियो
अप्रि. १० बाइबल पढाइ: अय्यूब २१-२७ गीत १७ (१८७)
वक्तृत्व कला: शास्त्रपदको उपयोगिता स्पष्ट पार्ने (ht-NP पृ. ३१-३३अनु. १५-२२)
न. १: आध्यात्मिक मूल्यमान्यताहरूले इनाम ल्याउँछ (w-NP ०४ १०/१५ पृ. ५ अनु. ४-पृ. ७ अनु. २)
न. २: अय्यूब २४:१-२०
न. ३: यहोवाले असामान्य शक्ति दिनुहुन्छ
न. ४: td-NP ७ख चर्च पत्रुसमाथि बनिएको होइन
अप्रि. १७ बाइबल पढाइ: अय्यूब २८-३२ गीत ६ (४५)
वक्तृत्व कला: जोड दिनको लागि दोहोऱ्याउने (ht-NP पृ. ३३-३५ अनु. १-१४)
न. १: युवाहरू हो—परमेश्वरको नजीक आओ (w-NP ०४ ५/१ पृ. १४ अनु. ७-११)
न. २: अय्यूब २९:१-२५
न. ३: td-NP ८क सृष्टि—प्रमाणित विज्ञानसित मेल खान्छ विकासवादसित होइन
न. ४: येशूको शिक्षण शैलीबाट भीड किन छक्क परे
अप्रि. २४ बाइबल पढाइ: अय्यूब २३-३७ गीत ५ (४६)
वक्तृत्व कला: इशारा (ht-NP पृ. ३५-३७ अनु. १५-२०)
मौखिक पुनरावृत्ति
मे १ बाइबल पढाइ: अय्यूब ३८-४२ गीत १ (१३)
वक्तृत्व कला: मूल विषयलाई जोड दिने (ht-NP पृ. ३७-३९ अनु. १-८)
न. १: राज्यका उद्देश्यहरू—कसरी प्राप्त हुन्छन्? (wt-NP पृ. ९६-१०० अनु. ११-१७)
न. २: अय्यूब ३८:१-२४
न. ३: आज यशैया ६०:२२ कसरी पूरा भइरहेको छ?
न. ४: td-NP ८ख सृष्टिका दिनहरू २४ घण्टे दिनहरू थिएनन्
मे ८ बाइबल पढाइ: भजन १-१० गीत ८ (५३)
वक्तृत्व कला: मुख्य बुँदाहरू स्पष्ट पार्ने १ (ht-NP पृ. ३९-४० अनु. ९-१३)
न. १: ‘पहिले उहाँको राज्य खोजिरहनुहोस्’ (wt-NP पृ. १०१-१०६ अनु. १-९)
न. २: भजन ४:१–५:१२
न. ३: पक्का कुराहरूको नमुना पक्रिराख्ने
न. ४: td-NP ९क येशूलाई शूलीमा झुण्डाएर अपमान गरिएको थियो
मे १५ बाइबल पढाइ: भजन ११-१८ गीत ९ (३७)
वक्तृत्व कला: मुख्य बुँदाहरू स्पष्ट पार्ने २ (ht-NP पृ. ४०-४२ अनु. १४-२१)
न. १: तपाईंको जीवनमा राज्यलाई प्राथमिकता दिनुहोस् (wt-NP पृ. १०६-१०९ अनु. १०-१५)
न. २: भजन १४:१–१६:६
न. ३: साँचो मसीहीहरू कुन अर्थमा संसारका भाग होइनन्
न. ४: td-NP ९ख क्रूसको उपासना गर्नु हुँदैन
मे २२ बाइबल पढाइ: भजन १९-२५ गीत २९ (२२२)
वक्तृत्व कला: श्रोता सम्पर्क, टिपोटको प्रयोग (ht-NP पृ. ४२-४४ अनु. १-९)
न. १: तीव्र बुद्धिले निगाह पाउँछ (w-NP०४ ७/१५ पृ. २७ अनु. ४-पृ. २८ अनु. ४)
न. २: भजन २२:१-२२
न. ३: td-NP १०क मृत्युको कारण
न. ४: परमेश्वरका सम्झौताहरू के-के हुन् अनि हामीलाई किन त्यो चाहिन्छ?
मे २९ बाइबल पढाइ: भजन २६-३३ गीत ५ (४६)
वक्तृत्व कला: रूपरेखाको प्रयोग (ht-NP पृ. ४४-४५ अनु. १०-१९)
न. १: युवा हो—राम्रा छनौट गर्नुहोस् (w-NP०४ ५/१ पृ. १५ अनु. १२-पृ. १६ अनु. १७)
न. २: भजन ३०:१-३१:८.
न. ३: सत्यले कसरी स्वतन्त्र तुल्याउँछ?
न. ४: td-NP १०ख मृतकहरूको अवस्था
जून ५ बाइबल पढाइ: भजन ३४-३७ गीत २६ (२१२)
वक्तृत्व कला: धाराप्रवाह (ht-NP पृ. ४६-४८ अनु. १-१०)
न. १: प्रार्थनाको शक्ति(w-NP०४ ८/१५ पृ. १८ अनु. ६-पृ. १९ अनु. १०)
न. २: भजन ३४:१-२२
न. ३: td-NP १०ग मृतकहरूसित कुरा गर्नु असम्भव छ
न. ४: कस्ता प्रकारका मूर्तिपूजाबाट हामी भाग्नुपर्छ?
जून १२ बाइबल पढाइ: भजन ३८-४४ गीत ९ (३७)
वक्तृत्व कला: वार्तालापको गुण (ht-NP पृ. ४८-५० अनु. ११-२३)
न. १: हामीले किन चेला बनाउने आज्ञा पालन गर्नुपर्छ? (w-NP०४ ७/१ पृ. ८ अनु. ३-पृ. १० अनु. ९)
न. २: भजन ४०:१-१७
न. ३: साँचो विज्ञान बाइबलसित बाझिंदैन
न. ४: td-NP ११क दियाबल आत्मिक व्यक्ति हो
जून १९ बाइबल पढाइ: भजन ४५-५१ गीत ८ (५३)
वक्तृत्व कला: उच्चारण १ (ht-NP पृ. ५०-५१ अनु. २४-२७)
न. १: येशू कहिले आउनुहुन्छ? (w-NP०४ ३/१ पृ. १६, पेटी)
न. २: भजन ४६:१–४७:९
न. ३: td-NP ११ख दियाबल यस संसारको अदृश्य शासक हो
न. ४: कुनै मसीही दुर्बल भए पनि कसरी शक्तिमान् हुन्छन्? (२ कोरि. १२:१०)
जून २६ बाइबल पढाइ: भजन ५२-५९ गीत ११ (८५)
वक्तृत्व कला: उच्चारण २ (ht-NP पृ. ५१-५२ अनु. २८-३४)
मौखिक पुनरावृत्ति
जुला. ३ बाइबल पढाइ: भजन ६०-६८ गीत ६ (४५)
वक्तृत्व कला: संयोजकहरूद्वारा सुसंगत (ht-NP पृ. ५३-५४ अनु. १-८)
न. १: यहोवाको नम्रताले हाम्रो लागि कस्तो अर्थ राख्छ? (w-NP०४ ११/१ पृ. २९-३०)
न. २: भजन ६०:१–६१:८
न. ३: मसीही गतिविधिहरूमा भाग लिइरहेका छौं भन्दैमा के हामीलाई परमेश्वरकानियम उल्लङ्घन गर्ने छुट छ?
न. ४: td-NP ११ग प्रेतहरू विद्रोही स्वर्गदूतहरू हुन्
जुला. १० बाइबल पढाइ: भजन ६९-७३ गीत ९ (३७)
वक्तृत्व कला: तार्किक, सुसंगत विकास १ (ht-NP पृ. ५४-५६ अनु. ९-१५)
न. १: महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण कसरी हासिल गर्ने (w-NP०४ ८/१ पृ. १७ अनु. १४-पृ. १८ अनु. १७)
न. २: भजन ७१:१-१८
न. ३: td-NP १२क पृथ्वीको लागि परमेश्वरको उद्देश्य
न. ४: * मसीहीहरू किन निष्पक्ष हुनैपर्छ
जुला. १७ बाइबल पढाइ: भजन ७४-७८ गीत २० (९३)
वक्तृत्व कला: तार्किक, सुसंगत विकास २ (ht-NP पृ. ५६-५७ अनु. १६-२१)
न. १: नम्रता खेती गर्नुहोस् र परमेश्वरको अनुमोदन पाउनुहोस् (w-NP०४ ८/१ पृ. ११ अनु. १५-पृ. १३ अनु. १८)
न. २: भजन ७५:१–७६:१२
न. ३: यहोवाको खोजी गर्नुमा कुन-कुन कुरा समावेश छ? (सप. २:३)
न. ४: td-NP १२ख पृथ्वी—कहिल्यै नाश वा निर्जन हुनेछैन
जुला. २४ बाइबल पढाइ: भजन ७९-८६ गीत १६ (१४३)
वक्तृत्व कला: चित्तबुझ्दो तर्क १ (ht-NP पृ. ५७-५८ अनु. १-६)
न. १: “सोझो मानिसको घरको फलिफाप हुनेछ” (w-NP०४ ११/१५ पृ. २६ अनु. १-पृ. २८ अनु. २)
न. २: भजन ८२:१–८३:१८
न. ३: td-NP १३क झूटा अगमवक्ताहरूबारे भविष्यवाणी गरिएको थियो; तिनीहरू प्रेरितहरूका समयमा पनि थिए
न. ४: के असिद्ध मानिसले परमेश्वरलाई साँच्चै खुसी पार्न सक्छ?
जुला. ३१ बाइबल पढाइ: भजन ८७-९१ गीत १५ (१२७)
वक्तृत्व कला: चित्तबुझ्दो तर्क २ (ht-NP पृ. ५८-६० अनु. ७-१४)
न. १: जब “ज्ञान सजिलैसित आउँछ” र बुद्धिले डोऱ्याउँछ (w-NP०४ ११/१५ पृ. २८ अनु. ३-पृ. २९ अनु. ७)
न. २: भजन ८९:१-२१
न. ३: बाइबल अध्ययन गर्नु उपासनाको भाग हो
न. ४: td-NP १४क आध्यात्मिक निवारणका स्थायी लाभहरू छन्
अग. ७ बाइबल पढाइ: भजन ९२-१०१ गीत ६ (४५)
वक्तृत्व कला: श्रोताहरूलाई तर्क गर्न मदत दिने १ (ht-NP पृ. ६० अनु. १५-१८)
न. १: विनाकारण घृणा गरिएका (w-NP०४ ८/१५ पृ. १२-१७)
न. २: भजन ९२:१–९३:५
न. ३: td-NP १४ख परमेश्वरको राज्यले स्थायी तवरमा शारीरिक निवारण गर्नेछ
न. ४: नैतिक तवरमा निष्ठावान् हुनुको महत्त्व
अग. १४ बाइबल पढाइ: भजन १०२-१०५ गीत २६ (२१२)
वक्तृत्व कला: श्रोताहरूलाई तर्क गर्न मदत दिने २ (ht-NP पृ. ६०-६२ अनु. १९-२४)
न. १: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्?” (w-NP०४ ११/१५ पृ. ८-९)
न. २: भजन १०४:१-२४
न. ३: हामी किन जागा रहनै पर्छ
न. ४: td-NP १४ग आधुनिक निवारणमा ईश्वरीय अनुमोदनको प्रमाण पाइँदैन
अग. २१ बाइबल पढाइ: भजन १०६-१०९ गीत ८ (५३)
वक्तृत्व कला: भावलाई जोड दिने (ht-NP पृ. ६२-६४ अनु. १-९)
न. १: युवा हो—आफ्ना साथीहरूको लहैलहैमा नलाग्नुहोस् (w-NP०४ १०/१५ पृ. २२ अनु. ४-पृ. २४ अनु. ४)
न. २: भजन १०७:२०-४३
न. ३: td-NP १४घ अन्य भाषाहरूमा बोल्नु अस्थायी प्रबन्ध मात्र हो
न. ४: कुन-कुन तरिकामा हामी परमेश्वरको अनुकरण गर्न सक्छौं?
अग. २८ बाइबल पढाइ: भजन ११०-११८ गीत ११ (८५)
वक्तृत्व कला: स्वर परिवर्तन १ (ht-NP पृ. ६४-६५ अनु. १०-१७)
मौखिक पुनरावृत्ति
सेप्टे. ४ बाइबल पढाइ: भजन ११९ गीत ५ (४६)
वक्तृत्व कला: स्वर परिवर्तन २ (ht-NP पृ. ६५-६६ अनु. १८-२४)
न. १: कसले साँच्चै परमेश्वरलाई महिमा दिइरहेका छन्? (w-NP०४ १०/१ पृ. १२ अनु. १६-पृ. १४ अनु. २२)
न. २: भजन ११९:२५-४८
न. ३: हामीले किन संसारका अख्तियारवालाहरूको आदर गर्नुपर्छ
न. ४ td-NP १५क १,४४,००० मात्र स्वर्ग जान्छन्
सेप्टे. ११ बाइबल पढाइ: भजन १२०-१३४ गीत २३ (२००)
वक्तृत्व कला: उत्साह (ht-NP पृ. ६७-६९ अनु. १-९)
न. १: तपाईंले भरोसा गर्न सक्नुहुने प्रतिज्ञाहरू (w-NP०४ १/१५ पृ. ४-७)
न. २: भजन १२१:१–१२३:४
न. ३: td-NP १६क नरक सास्ती दिने साँच्चैको अग्निकुण्ड होइन
न. ४: अत्युक्ति के हो, येशूले कसरी यसको प्रयोग गर्नुभयो?
सेप्टे. १८ बाइबल पढाइ: भजन १३५-१४१ गीत ६ (४५)
वक्तृत्व कला: न्यानोपन, भावमय १ (ht-NP पृ. ६९-७० अनु. १०-१४)
न. १: तपाईंको बप्तिस्माको अर्थ (wt-NP पृ. ११०-११५ अनु. १-१०)
न. २: भजन १३६:१-२६
न. ३: कुन अर्थमा स्मरणार्थ उत्सव सहभोज हो?
न. ४: td-NP १६ख नरक (हेडिस, सिओल)—आगो सर्वनाशको चिह्न हो
सेप्टे. २५ बाइबल पढाइ: भजन १४२-१५० गीत १७ (१८७)
वक्तृत्व कला: न्यानोपन, भावमय २ (ht-NP पृ. ७०-७१ अनु. १५-२१)
न. १: बप्तिस्मा अनुरूप जीवन बिताउने (wt-NP पृ. ११५-११९ अनु. ११-१६)
न. २: भजन १४२:१–१४३:१२
न. ३: td-NP १६ग धनी मानिस र लाजरसको विवरण अनन्त यातनाको प्रमाण होइन
न. ४: आफ्नोभन्दा अरूको आवश्यकतालाई हामी कुन-कुन तरिकामा प्राथमिकता दिन सक्छौं?
अक्टो. २ बाइबल पढाइ: हितोपदेश १-६ गीत ८ (५३)
वक्तृत्व कला: विषयवस्तुलाई सुहाउने दृष्टान्त १ (ht-NP पृ. ७१-७२ अनु. १-६)
न. १: यहोवाको सिंहासनअगाडि एक ठूलो भीड (wt-NP पृ. १२०-१२७ अनु. १-१७)
न. २: हितोपदेश ५:१-२३
न. ३: td-NP १७क प्रारम्भिक मसीहीहरूले जन्मदिन, क्रिसमस मनाउँदैन थिए
न. ४: * अफवाह नफैलाउनुहोस् (२ तिमो. ४:४)
अक्टो. ९ बाइबल पढाइ: हितोपदेश ७-११ गीत ७ (५१)
वक्तृत्व कला: विषयवस्तुलाई सुहाउने दृष्टान्त २ (ht-NP पृ. ७२-७४ अनु. ७-१४)
न. १: यहोवाले आफ्नो संगठनलाई कसरी डोऱ्याउनुहुन्छ?—भाग १ (wt-NP पृ. १२८-१३१ अनु. १-७)
न. २: हितोपदेश ७:१-२७
न. ३: मसीही तटस्थताले हाम्रो भ्रातृ एकतामा योगदान पुऱ्याउँछ
न. ४: td-NP १८क उपासना गर्दा प्रतिमा, शालिक प्रयोग गर्नु परमेश्वरको अपमान गर्नु हो
अक्टो. १६ बाइबल पढाइ: हितोपदेश १२-१६ गीत ५ (४६)
वक्तृत्व कला: श्रोताहरूलाई सुहाउने दृष्टान्त (ht-NP पृ. ७४-७५ अनु. १५-२२)
न. १: “तिमीसँग म खुशी छु” (w-NP०४ १०/१ पृ. १८ अनु. १५-पृ. १९ अनु. १८)
न. २: हितोपदेश १४:१-२१
न. ३: td-NP १८ख मूर्तिपूजा इस्राएल राष्ट्रको लागि घातक साबित भयो
न. ४: सभामा एकाग्र हुन हामीलाई कुन कुराले मदत गर्न सक्छ?
अक्टो. २३ बाइबल पढाइ: हितोपदेश १७-२१ गीत ११ (८५)
वक्तृत्व कला: क्षेत्र सेवकाईको लागि अनुकूल विषयवस्तु १ (ht-NP पृ. ७५-७७ अनु. १-५)
न. १: यहोवाले आफ्नो संगठनलाई कसरी डोऱ्याउनुहुन्छ—भाग २ (wt-NP पृ. १३१-१३५ अनु. ८-१५)
न. २: हितोपदेश १७:१-२०
न. ३: वृद्ध-वृद्धाहरूप्रति मसीहीहरू कस्तो दृष्टिकोण राख्छन्
न. ४: td-NP १८ग “सापेक्षिक” उपासना स्वीकृत होइन
अक्टो. ३० बाइबल पढाइ: हितोपदेश २२-२६ गीत २२ (१३०)
वक्तृत्व कला: क्षेत्र सेवकाईको लागि अनुकूल विषयवस्तु २ (ht-NP पृ. ७७-७८ अनु. ६-१३)
मौखिक पुनरावृत्ति
नोभे. ६ बाइबल पढाइ: हितोपदेश २७-३१ गीत ७ (५१)
वक्तृत्व कला: उपयुक्त, प्रभावकारी समापन (ht-NP पृ. ७९-८० अनु. १-९)
न. १: सल्लाह सुन्नुहोस् (wt-NP पृ. १३६-१३९ अनु. १-९)
न. २: हितोपदेश २८:१-१८
न. ३: td-NP १९क अन्य धर्महरूमा पनि भाग लिनु परमेश्वरको मार्ग होइन
न. ४: सेवकाईमा भेट्ने मानिसहरूको चालढाल हेरेर हामीले किन अड्कल काट्नु हुँदैन
नोभे. १३ बाइबल पढाइ: उपदेशक १-६ गीत २ (१५)
वक्तृत्व कला: ठिक्कको समापन (ht-NP पृ. ८०-८१ अनु. १०-१४)
न. १: अनुशासन सुन (wt-NP पृ. १३९-४३ अनु. १०-१६)
न. २: उपदेशक ५:१-१५
न. ३: बाइबल सत्य कसरी बुद्धिमान् र समझदारबाट छिपाइयो? (मत्ती ११:२५)
न. ४: td-NP १९ख “सबै धर्ममा असल कुरा छ” भन्ने धारणा साँचो होइन
नोभे. २० बाइबल पढाइ: उपदेशक ७-१२ गीत ९ (३७)
वक्तृत्व कला: समय १ (ht-NP पृ. ८१-८३ अनु. १५-२४)
न. १: “आपसमा प्रगाढ प्रेम राख” (wt-NP पृ. १४४-५० अनु. १-१४)
न. २: उपदेशक ९:१-१२
न. ३: td-NP २०क परमेश्वरको नाउँ
न. ४: किन डाह गर्नु हुँदैन?
नोभे. २७ बाइबल पढाइ: श्रेष्ठगीत १-८ गीत १५ (१२७)
वक्तृत्व कला: समय २ (ht-NP पृ. ८३-८४ अनु. २५-२९)
न. १: घरैमा ईश्वरीय भक्ति व्यवहारमा उतार्नुहोस् (wt-NP पृ. १५१-१५८ अनु. १-१३)
न. २: श्रेष्ठगीत ७:१–८:४
न. ३: मसीहीहरूको पहिरन किन सुकिलो, सफा र भद्र हुनुपर्छ?
न. ४. td-NP २०ख परमेश्वरको अस्तित्व
डिसे. ४ बाइबल पढाइ: यशैया १-५ गीत ७ (५१)
वक्तृत्व कला: विश्वस्तता र निर्धक्कपन १ (ht-NP पृ. ८५-८६ अनु. १-९)
न. १: “तिनीहरू पनि संसारका होइनन्” (wt-NP पृ. १५९-६६ अनु. १-१५)
न. २: यशैया ३:१-१५
न. ३: td-NP २०ग परमेश्वरका गुणहरू
न. ४: * मसीहीहरू किन “रिसाउनालाई धीमा” हुनुपर्छ (याकू. १:१९)
डिसे. ११ बाइबल पढाइ: यशैया ६-१० गीत २५ (२०४)
वक्तृत्व कला: विश्वस्तता र निर्धक्कपन २ (ht-NP पृ. ८७-८८ अनु. १०-१४)
न. १: रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस् (w-NP०४ १२/१ पृ. २१ अनु. १३-पृ. २३ अनु. २२)
न. २: यशैया १०:१-१४
न. ३: क्षमा दिनु किन यत्ति महत्त्वपूर्ण?
न. ४: td-NP २०घ सबैले एउटै परमेश्वरको सेवा गरिरहेका छैनन्
डिसे. १८ बाइबल पढाइ: यशैया ११-१६ गीत ११ (८५)
वक्तृत्व कला: व्यक्तिगत रूप १ (ht-NP पृ. ८८-९० अनु. १५-२८)
न. १: युवाहरू हो—तपाईंका आमाबाबुलाई तपाईंको हृदय डोऱ्याउन दिनुहोस् (w-NP०४ १०/१५ पृ. २० अनु. १-पृ. २२ अनु. ३)
न. २: यशैया ११:१-१२
न. ३: td-NP २१क यहोवाका साक्षीहरूको सुरुआत
न. ४: साँचो मसीहीहरू आरमागेडोनको युद्धमा भाग लिने छैनन्
डिसे. २५ बाइबल पढाइ: यशैया १७-२३ गीत ८ (५३)
वक्तृत्व कला: व्यक्तिगत रूप २ (ht-NP पृ. ९०-९१ अनु. २९-३४)
मौखिक पुनरावृत्ति
* भाइहरूलाई मात्र दिनुहोस्।