सेवा सभाको तालिका
नोभेम्बर १४ मा सुरु हुने हप्ता
गीत २९ (२२२)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणा। पृष्ठ ४ को सल्लाहअनुसार (क्षेत्रमा उपयुक्त छ भने मात्र) नोभेम्बर १५ को प्रहरीधरहरा र नोभेम्बर ८ को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने प्रदर्शन गरेर देखाउनुहोस्। क्षेत्रमा उपयोगी अन्य प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। दुवै प्रदर्शनमा “मलाई धर्ममा चासो छैन” भन्ने वार्तालाप बाधकलाई कसरी जवाफ दिने देखाउनुहोस्। तर दुवै प्रस्तुति फरक हुनुपर्छ।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृ. ९ हेर्नुहोस्।
१५ मि: परमेश्वरलाई खुसी पार्ने अनुदानहरू। प्रहरीधरहरा, नोभेम्बर १, २००५, पृष्ठ २६-३० मा आधारित प्राचीनद्वारा भाषण।
२० मि: “यहोवाको महिमा उद्घोष गरौं।”a अनुच्छेद ४ छलफल गर्दा असल चालचलनले कसरी राम्रो साक्षी दिने बाटो खोल्न सक्छ, श्रोताहरूलाई छोटो अनुभव बताउन आग्रह गर्नुहोस्।
गीत १३ (१२४) र समापन प्रार्थना।
नोभेम्बर २१ मा सुरु हुने हप्ता
गीत ५ (४६)
१० मि: स्थानीय घोषणा।
२० मि: यहोवालाई आफ्नो परमेश्वर बनाउने। प्रहरीधरहरा, अप्रिल १, २००५, पृष्ठ २५-२८ मा आधारित प्राचीनद्वारा भाषण। अब्राहाम, दाऊद र एलियाबाट सिक्न सकिने व्यवहारिक पाठहरू बताउनुहोस्।
१५ मि: “अवलोकन गरौं—चासो देखाऔं।”b घरधनीलाई राम्ररी नियालेर तिनको चासो ठम्याएको अनि सोहीअनुसार कुराकानी ढालेको एउटा प्रदर्शन देखाउनुहोस्।
गीत २६ (२१२) र समापन प्रार्थना।
नोभेम्बर २८ मा सुरु हुने हप्ता
गीत १७ (१८७)
१२ मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएबापत पठाइएको पत्र पढ्नुहोस्। प्रकाशकहरूलाई नोभेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्। पृष्ठ ४ को सुझावअनुसार (क्षेत्रमा उपयुक्त छ भने मात्र) डिसेम्बर १ को प्रहरीधरहरा र डिसेम्बर ८ को ब्यूँझनुहोस्! चलाउँदै प्रदर्शन गर्नुहोस्। क्षेत्रमा सुहाउने अन्य प्रस्तुतिहरू चलाउन सकिन्छ। अनुदानको कुरा उठाउनुहोस्।
१५ मि: “सहयोगी हात कसरी अघि सार्ने?” भाषण। घोर अभावमा परेका सँगी विश्वासीहरूलाई राहत दिन यहोवाका जनहरूले के-कति गरे, केही उदाहरणहरू दिनुहोस्। (ब्यूँझनुहोस्! मे ८ २००१, पृ. २२-२५; नोभेम्बर ८, २००१, पृ. २३-२७ र फेब्रुअरी ८, २००२ पृ. १०-१२ हेर्नुहोस्। अन्य सन्दर्भ सामग्रीहरू पनि प्रयोग गर्न सकिन्छ।) त्यसपछि हाम्रो राज्य सेवकाई-को पृष्ठ ३ को लेखका मुख्य विचारहरू छलफल गर्नुहोस्। मानवीय सेवा गर्न अनि विपत्तिमा परेकाहरूलाई राहत दिन इच्छुक व्यक्तिले विश्वव्यापी कोषमार्फत सहयोग पठाउनु नै बेस, यो कुरालाई जोड दिनुहोस्।
१८ मि: डिसेम्बरमा सुसमाचार प्रस्तुत गर्ने। भाषण र श्रोतासित छलफल। सुरुको पाँच मिनेट जनवरी २००५ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ का “नमुना प्रस्तुतिहरू कसरी चलाउने” भागबाट निम्न बुँदाहरूको छोटो व्याख्या गर्नुहोस्: (१) प्रस्तुतिलाई आफ्नै शब्दमा बताउँदा हामी कसरी अक्सर प्रभावकारी हुन्छौं? (२) विवेकी हुँदै इलाकाका मानिसहरूलाई जुन-जुन कुरा स्वीकार्य छ, त्यसैअनुसार आफ्नो प्रस्तुति ढाल्नै पर्छ। (३) आफ्नो इलाकाका मानिसहरूको पृष्ठभूमि र सोचाइप्रति विचारशील हुनै पर्छ। (४) प्रस्तुत गरिने अध्यायलाई राम्ररी पढ्नुपर्छ र चासो जगाउने बुँदाहरू खोज्नुपर्छ। (५) नमुना प्रस्तुतिलाई हुबहु प्रस्तुत गर्नै पर्छ भन्ने छैन। त्यसपछि डिसेम्बरको लागि साहित्य प्रस्तुत गर्दा यी बुँदाहरू कसरी चलाउन सकिन्छ, छलफल गर्नुहोस्। जनवरी २००५ को हाम्रो राज्य सेवकाई-का नमुना प्रस्तुतिहरू अथवा आफ्नो इलाकामा प्रभावकारी हुने अन्य प्रस्तुतिहरू चलाउन सकिन्छ। एउटा वा दुइटा प्रदर्शन देखाउनुहोस्।
गीत ४ (४३) र समापन प्रार्थना
डिसेम्बर ५ मा सुरु हुने हप्ता
गीत १६ (१४३)
१० मि: स्थानीय घोषणा।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “हाम्रो सेवकाईले के गर्छ?”c अनुच्छेद ५ छलफल गर्दा प्रहरीधरहरा, फ्रेब्रुअरी १५, २००४, पृष्ठ ३२ का टिप्पणीहरू समावेश गर्नुहोस्।
गीत ३ (३२) र समापन प्रार्थना
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्नुहोस्।