सेवा सभाको तालिका
डिसेम्बर १२ मा सुरु हुने हप्ता
गीत ३ (३२)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणा। डिसेम्बर ८, ब्यूँझनुहोस्! र डिसेम्बर १५ प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने, पृष्ठ ८ को सुझाव (इलाका सुहाउँदो छ भने) लागू गर्दै प्रदर्शन देखाउनुहोस्। इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। प्रस्तुतिमा बाइबल चलाउन गाह्रो छैन भनी हरेक प्रदर्शनपछि बताउनुहोस्।
१५ मि: “सिकेका कुरा जीवनमा उतार्न मदत दिने स्कूल।” स्कूल निरीक्षकद्वारा भाषण। अक्टोबर २००५, हाम्रो राज्य सेवकाई-बाट टिप्पणीहरू समावेश गर्नुहोस्।
२० मि: “जीवन दिने शिक्षा।”a यहोवाको ज्ञान पाएर कसरी लाभ उठाएका छन्, टिप्पणी गर्न एक/दुई जनालाई पहिल्यै तयार पार्नुहोस्।
गीत २८ (२२४) र समापन प्रार्थना
डिसेम्बर १९ मा सुरु हुने हप्ता
गीत १६ (१४३)
५ मि: स्थानीय घोषणा। डिसेम्बर २५ र जनवरी १ को लागि विशेष क्षेत्र सेवा प्रबन्धबारे बताउनुहोस्। अर्को हप्ताको सेवा सभामा जनवरी २००६ को अवेक! ल्याउन सबैलाई सम्झाउनुहोस्।
१५ मि: “घरधनीलाई बुझी प्रस्तुति ढालौं र चासो देखाऔं।”b प्रकाशकहरूले घरधनीको भनाइअनुसारै आफ्नो प्रस्तुति कसरी ढाल्न सकिन्छ, एउटा छोटो प्रदर्शन देखाउनुहोस्।
२५ मि: “के परिपक्व निर्णय गर्न तपाईंको बच्चा सक्षम छ?”c प्राचीनद्वारा सञ्चालन। राम्रोसित अनुच्छेद पढ्ने भाइलाई सबै अनुच्छेद पढ्न लगाउनुहोस्। उल्लेख गरिएको सबै बाइबल पद छलफल गर्नुहोस्। दोस्रो अनुच्छेद छलफल गरेपछि मे १, १९९२ प्रहरीधरहरा अनुच्छेद १६-१७ को दुई युवाहरूबीचको भिन्न परिस्थिति स्पष्ट पार्नुहोस् र पृष्ठ १४-१५ को पेटीमा दिइएको विवरण बताउनुहोस्। अन्तमा, प्रहरीधरहरा-को यो लेख फेरि एक चोटि पढ्न आमाबाबुलाई प्रोत्साहन दिनुहोस्। त्यसपछि रगतबारे बाइबलको आज्ञा छलफल गर्न र त्यसबारे अरूलाई कसरी बताउने, छोराछोरीलाई अभ्यास गराइहाल्न पनि प्रोत्साहित गर्नुहोस्। छोराछोरीलाई दृढ भई आफ्नो विश्वास बताउन सक्षम बनाउने उपाय यही हो। बप्तिस्मा प्राप्त बच्चाले डि पि ए कार्ड र बप्तिस्मा अप्राप्त बच्चाले परिचय-पत्र बोकेको छ कि छैन, परिवारको शिरले यकिन गर्नुपर्छ। अस्पतालमा भर्ना भएका कसैको रक्तक्षेपणसम्बन्धी विवाद उठेको छ भने प्राचीनहरूले स्थानीय अस्पताल सम्पर्क समितिलाई गुहार्नुपर्छ।
गीत ४ (४३) र समापन प्रार्थना
डिसेम्बर २६ मा सुरु हुने हप्ता
गीत ११ (८५)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। डिसेम्बरको क्षेत्र सेवा रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्। नयाँ वर्षले गर्दा सभाको समय परिवर्तन भएको छ भने घोषणा गर्नुहोस्। जनवरीमा कुन साहित्य प्रस्तुत गर्ने अनि सुझावित प्रस्तुतिहरू कुन पृष्ठमा छन्, बताउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: ब्यूँझनुहोस्!-को नयाँ रूप। भाषण तथा श्रोतासित छलफल। ब्यूँझनुहोस्!-मा गरिने छाँटकाँटबारे मार्च २००५ को हाम्रो राज्य सेवकाई, पृष्ठ १, अनुच्छेद ५-६ मा गरिएको घोषणा सम्झाउनुहोस्। जनवरी २००६ को अवेक! पृष्ठ ३-४ को “पाठकको लागि” पेटीका टिप्पणीहरू बताउनुहोस्। पत्रिकाले कसरी पाठकहरूको ध्यान सीधै बाइबलमा खिच्छ, पत्रिकाका केही उदाहरणहरूमा ध्यान खिच्नुहोस्। पृष्ठ ३१ को नयाँ स्तम्भबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्। हामीले पहिलो भेटमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को दुवै जोडी मिलाएर दिने गरेका छौं, अब पनि त्यसै गर्नेछौं। हो, पत्रिका रूट र पत्रिका नियमित स्वीकार्नेहरूलाई अबदेखि एउटा मात्र ब्यूँझनुहोस्! दिन्छौं। पृष्ठ ८ को सुझाव चलाउँदै (इलाका सुहाउँदो छ भने) डिसेम्बर ८ ब्यूँझनुहोस्! र जनवरी १ प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। क्षेत्र सुहाउँदो अन्य प्रस्तुतिहरू पनि देखाउन सकिन्छ। जनवरी अंकको हाम्रो राज्य सेवकाई मा ब्यूँझनुहोस्!-का अन्य लेखहरूको प्रस्तुति समेटिनेछन्। दुवै प्रस्तुति महिनाभरि चलाउन सकिन्छ।
गीत २९ (२२२) र समापन प्रार्थना
जनवरी २ मा सुरु हुने हप्ता
गीत ६ (४५)
नोट: मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण छ भने मात्र जनवरी २ हप्ताको सेवा सभा अघिल्लो दिनमा सार्नुपर्छ। सबै मण्डलीले तालिकामा दिइएकै हप्तामा अधिवेशनको परिशिष्ट छलफल गर्नुपर्छ। त्यस हप्ता क्षेत्रीय सम्मेलन परेको छ भने, पुस्तक अध्ययन निरीक्षकले आफ्नो समूहमा अधिवेशन स्थल र मिति घोषणा गर्नुपर्छ।
५ मि: स्थानीय घोषणा।
१५ मि: “बाइबल प्रकाशनहरू सदुपयोग गरौं।”d सेप्टेम्बर २००२ को हाम्रो राज्य सेवकाई, पृष्ठ १ को टिप्पणी समावेश गर्नुहोस्।
२५ मि: “‘छुटकारा नजिकै छ’ यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन सन् २००६।”e मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। अनुच्छेद १ पढिसकेपछि, डिसेम्बर १५, २००५ मितिमा मण्डलीलाई पठाइएको अधिवेशनको असाइन्मेन्ट पत्र पढ्नुहोस्। अधिवेशनको लागि सुर कस्न सबैलाई प्रोत्साहित गर्नुहोस्।
गीत २२ (१३०) र समापन प्रार्थना
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्नुहोस्।
e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्नुहोस्।