प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 जनवरी पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००६
  • उपशीर्षकहरू
  • जनवरी ९ मा सुरु हुने हप्ता
  • जनवरी १६ मा सुरु हुने हप्ता
  • जनवरी २३ मा सुरु हुने हप्ता
  • जनवरी ३० मा सुरु हुने हप्ता
  • फेब्रुअरी ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००६
km06 जनवरी पृ. २

सेवा सभाको तालिका

जनवरी ९ मा सुरु हुने हप्ता

गीत २१ (१९१)

१० मि: स्थानीय घोषणा। पृष्ठ ८-का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर जनवरी १ अंकको प्रहरीधरहरा र जनवरी–मार्चको ब्यूँझनुहोस्‌! प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्‌। एउटा प्रदर्शनमा चाहिं प्रकाशकले व्यापारी इलाकामा प्रचार गर्दै गरेको देखाउनुहोस्‌।

१५ मि: “बाइबलले सिकाउँछ–बाइबल अध्ययन गराउने मुख्य पुस्तक।”a यो नयाँ पुस्तकबाट बाइबल अध्ययन थाल्न प्रोत्साहन दिनुहोस्‌।

२० मि: “बाइबलले सिकाउँछ पुस्तकबाट कसरी अध्ययन सुरु गर्ने।” पृष्ठ ३-को परिशिष्टमा आधारित प्रदर्शन र श्रोतासित छलफल। चासो देखाउनेहरूसित बाइबल अध्ययन थाल्न र सञ्चालन गर्न बाइबलले सिकाउँछ पुस्तक चलाउन थालिहाले हुन्छ। पुनःभेटमा बाइबल अध्ययन कसरी थाल्ने त्यो देखाउन (१) पृष्ठ ४-५, (२) पृष्ठ ६, र (३) पृष्ठ ७ को पहिलो अनुच्छेद चलाएर राम्ररी तयार पारिएका तीनवटा प्रदर्शनहरू देखाउनुहोस्‌। प्रदर्शन देखाउन अघि र देखाइसकेपछि त्यसका मुख्य बुँदाहरू प्रस्ट पार्नुहोस्‌। प्रदर्शनीमा बाइबलले सिकाउँछ पुस्तकका अनुच्छेदहरू पूरै पढ्‌नुपर्दैन। प्रत्येक प्रदर्शनको अन्तमा फेरि भेट्‌ने बाटो खोलेको देखाउनुहोस्‌।

गीत ९ (३७) र समापन प्रार्थना।

जनवरी १६ मा सुरु हुने हप्ता

गीत २० (९३)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। रक्‍तक्षेपणको वैकल्पिक उपचार—बिरामीको हकहितलाई ध्यान दिने (ट्रान्सफ्युजन-अल्टरनेटिभ हेल्थ केयर—मिटिङ पेस्यन्ट निड्‌स एण्ड राइट्‌स) भिडियो दुई हप्तापछि सेवा सभामा छलफल गरिनेछ। त्यसैले सबैलाई यो भिडियो हेर्न प्रोत्साहित गर्नुहोस्‌।

१५ मि: यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित (अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल) पुस्तकको पृष्ठ ४-७ मा आधारित भाषण तथा श्रोतासित छलफल। पृष्ठ ४-बाट तीन मिनेटभित्र परिचय दिनुहोस्‌ र पृष्ठ ५-देखि पृष्ठ ७-को उपशीर्षकसम्म दिइएका कुराहरूलाई ढाक्दै श्रोतासित छलफल गर्नुहोस्‌। पुस्तकको बाँकी भाग आगामी सेवा सभाहरूमा छलफल गरिनेछ।

२० मि: “ज्योतिझैं चम्किने स्कूले केटाकेटीहरू।”b केटाकेटीहरूले स्कूलमा कसरी साक्षी दिन सके, बताउन लगाउनुहोस्‌। यसको लागि एक/दुई जना केटाकेटीलाई पहिल्यै तयार पारिराख्नुहोस्‌।

गीत ४ (४३) र समापन प्रार्थना।

जनवरी २३ मा सुरु हुने हप्ता

गीत १७ (१८७)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। पृष्ठ ८ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर फेब्रुअरी १ अंकको प्रहरीधरहरा र जनवरी–मार्चको ब्यूँझनुहोस्‌! प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्‌। एउटा प्रदर्शनचाहिं युवालाई गर्न लगाउनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: “प्रश्‍न सोध्दै र जवाफ सुन्दै—चासो देखाऔं।”c अनुच्छेद २ छलफल गर्नुहुँदा कुन प्रश्‍नहरू वार्तालाप सुरु गर्न प्रभावकारी लाग्यो श्रोतालाई सोध्नुहोस्‌। कौशलतासाथ प्रश्‍नहरू सोधेर अनि घरधनीको कुरा राम्ररी सुनेर कसरी उनीहरूको ध्यान खिच्न सक्छौं, प्रदर्शनमा देखाउनुहोस्‌।

गीत २८ (२२४) र समापन प्रार्थना।

जनवरी ३० मा सुरु हुने हप्ता

गीत ५ (४६)

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जनवरीको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। फेब्रुअरीमा कुन साहित्य प्रस्तुत गर्नुपर्छ, बताउनुहोस्‌ र एउटा प्रस्तुति प्रदर्शन गर्नुहोस्‌।

१५ मि: हाम्रै फाइदाका लागि तयार पारिएको मायालु प्रबन्धहरू। यो भाग प्राचीनले सञ्चालन गर्नेछन्‌। अस्पताल सम्पर्क समिति (एचएलसी) र बिरामी भेट्‌ने समूहबाट (पीभीजी) लाभ उठाउने तरिकाबारे जनवरी ३, २००६ मा शाखा कार्यालयले सबै मण्डलीहरूलाई पठाएको पत्र पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

२० मि: “चिकित्सा क्षेत्रमा आएको एउटा नयाँ मोडलाई प्रकाश पार्ने भिडियो।” प्रेरित १५:२८, २९ पढ्‌नुहोस्‌ र मसीहीहरूले रगत नलिनुको प्रमुख कारण, रगतको पवित्रताबारे परमेश्‍वरले दिनुभएको नियमको आदर गर्नु हो भनेर छोटकरीमा जोड दिनुहोस्‌। त्यसपछि लेखमा दिइएका प्रश्‍नहरू चलाएर बिरामीको हकहितलाई ध्यान दिने भिडियोबारे छलफल थाल्नुहोस्‌। अन्तिम अनुच्छेद पढ्‌नुहोस्‌ र छलफल टुंग्याउनुहोस्‌।

गीत ६ (४५) र समापन प्रार्थना।

फेब्रुअरी ६ मा सुरु हुने हप्ता

गीत ११ (८५)

१० मि: स्थानीय घोषणाहरू।

२५ मि: बाइबल सिकाउने हाम्रो नयाँ साधनसित परिचित हुनुहोस्‌। भाषण र श्रोतासित छलफल। श्रोतालाई बाइबलले सिकाउँछ किताबमा मनपरेका विशेषताहरू बताउन लगाउनुहोस्‌। जस्तै, अध्यायको मुख्य बुँदा प्रकाश पार्ने सुरुका प्रश्‍नहरू र पुनरावलोकन पेटी (पृ. १०६, ११४), चित्रहरू (पृ. १२२-१२३, १४७, १९८), र परिशिष्ट (पृ. १९७, अनु. १-२)। यो किताबमा मीठो अनि मन छुने भाषा चलाइएको छ। (पृ. १२, अनु. १२)। यसमा सजिलो र स्पष्ट ढंगमा व्याख्याहरू गरिएको छ (पृ. ५८, अनु. ५) र प्रभावकारी दृष्टान्तहरू पनि छन्‌ (पृ. १५९, अनु. १२)। किताबको भूमिकामा बाइबल अध्ययन थाल्ने तरिका सिकाइएको छ (पृ.३-७)। नयाँ बाइबल विद्यार्थीसित पृष्ठ ७ को पेटी कसरी छलफल गर्ने, प्रदर्शन गरेर देखाउनुहोस्‌। यो नयाँ पुस्तक चलाउँदा पाइएका अनुभवहरू बताउनुहोस्‌।

१० मि: सहायक अग्रगामी सेवा गर्दा आशिष्‌ पाइन्छ। (हितो. १०:२२) गत वर्ष मार्च, अप्रिल र मे महिनामा सहायक अग्रगामी सेवा गर्नेहरूले के-कस्ता काँटछाँट गर्नुपऱ्‍यो अनि उनीहरूले के-कस्ता आनन्द र आशिष्‌ पाए, बताउन लगाउनुहोस्‌। यस वर्ष मार्च, अप्रिल र मे महिनामा सहायक अग्रगामी सेवा गर्न अहिलेदेखि प्रार्थना गर्दै विचार गर्ने प्रोत्साहन दिनुहोस्‌।

गीत २२ (१३०) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने