ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू फेब्रुअरी २७, २००६ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले जनवरी २ देखि फेब्रुअरी २७, २००६ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. हामी कसरी आफ्नो भाषण व्यावहारिक बनाउन सक्छौं? [ht-NP पृ. १४ अनु. ८]
२. कुरा सरल ढङ्गमा बताउनको लागि भाषण तयारी गर्दा के गर्नै पर्छ? [ht-NP पृ. १५ अनु. १५]
३. भाषणको परिचयमा तपाईं कुन तरिका चलाएर विषयप्रति चासो जगाउन सक्नुहुन्छ? [ht-NP पृ. १७ अनु. २]
४. विषयवस्तुअनुसारको आवाज हुनु किन अत्यावश्यक छ? [ht-NP पृ. २२ अनु. १२]
५. विरामको महत्त्व बताउनुहोस्। [ht-NP पृ. २२ अनु. १३]
असाइनमेन्ट न. १
६. पृथ्वीका लागि आफ्नो उद्देश्यलाई ध्यानमा राख्दै यहोवाले उत्पत्ति २:१७ मा दिइएको आफ्नो वचन कसरी पूरा गर्नुभयो? [wt-NP पृ. ६२, अनु. ५]
७. यहोवाले दुष्टतालाई रहने अनुमति दिनुभएको कुराबाट हामीले के सिक्यौं? [wt-NP पृ. ६५-६६ अनु. १२]
८. हामीले यहोवाको उपासना गरिरहेको भए तापनि शैतानले कसरी झूटो धर्ममा लोभ्याउन सक्छ? [wt-NP पृ. ७३ अनु. ८]
९. आत्मिक युद्धमा हामी कसरी ठोस कदम चाल्न सक्छौं? [wt-NP पृ. ७८ अनु. १५]
१०. पुनरुत्थानबारे राम्ररी बुझ्दा मानिसको मनोवृत्ति र कार्यमा कस्तो असर पर्छ? [wt-NP पृ. ८२-८३ अनु. ८]
साप्ताहिक बाइबल पढाइ
११. के निर्वासनबाट फर्केकाहरूसित यहोवाबाट जवाफ चाहिएको बेला प्रयोग गरिने ऊरीम र तुम्मीम थियो? (एज्रा २:६१-६३)
१२. धेरै यहूदीहरू किन एज्रासित यरूशलेम जान इच्छुक थिएनन्? (एज्रा ७:२८–८:२०)
१३. एउटै हातले कसरी पर्खालको पुनर्निमाण सम्भव भयो? (नहे. ४:१७, १८)
१४. अक्सर गोप्य पत्रहरू शिलबन्द हुने भए तापनि सम्बलतले किन नहेम्याहलाई “खुला-पत्र” पठाए? (नहे. ६:५)
१५. नहेम्याहले धर्मत्यागी यहूदीहरूको गल्ती खोज्नुको अलावा भारदार र शासकलाई जस्तै सच्च्याउन अन्य के कस्ता कदम चाले? (नहे. १३:२५, २८)