घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष पुस्तक। यो पुस्तक छैन भने ज्ञान पुस्तक र मृत्यु माथि विजय पुस्तिका प्रस्तुत गर्नुहोस्। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तक प्रस्तुत गर्नुहोस्। बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुहोस्। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई बाइबलले वास्तवमा के सिकाउँछ? वा एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित पुस्तक प्रस्तुत गर्नुहोस्।
◼ अप्रिलमा पाँच सप्ताहन्त पर्ने हुनाले यो महिना सहायक अग्रगामी गर्न उपयुक्त छ।
◼ सन् २००६ स्मरणार्थ उत्सवको दौडान दिइने विशेष जनभाषणको विषय हुनेछ, “के यो संसार परमेश्वरकै अधीनमा छ?” यस्तै घोषणा सेप्टेम्बर २००५ अंकको हाम्रो राज्य सेवकाई-मा पनि छ, हेर्नुहोस्।
◼ पृष्ठ ६ मा “बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्ययनबाट मजा लिनुहोस्” लेख छ। त्यो लेख अप्रिल ३ को हप्तामा हुने सेवा सभामा छलफल गरिनेछ। कृपया त्यो लेख र त्यससँगै दिइएको अध्ययन तालिका जोगाएर राख्नुहोस्।
◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले मार्च १ वा त्यसको लगत्तै लेखा परीक्षण गर्नुपर्छ। स्याहार-सम्भार वा निर्माणको लागि बेग्लै लेखा हिसाब राखिएको छ भने यसको पनि लेखा परीक्षण गर्नुपर्छ। लेखा परीक्षण गरिसकेपछि अर्को चोटिको लेखा रिपोर्टमा यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।
◼ सचिव र सेवा निरीक्षकले नियमित अग्रगामीहरूको क्रियाकलाप निरीक्षण गर्नुपर्छ। कसैले घण्टा पुऱ्याउन सकिरहेका छैनन् भने, प्राचीनहरूले मदतको प्रबन्ध मिलाउनुपर्छ। सल्लाह-सुझावको लागि वार्षिक S-201 पत्र फेरि पढ्नुहोस्।
◼ नयाँ उपलब्ध साहित्यहरू:
बाइबलले वास्तवमा के सिकाउँछ?—बंगाली