प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 अप्रिल पृ. ७
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००६
हाम्रो राज्य सेवकाई—२००६
km06 अप्रिल पृ. ७

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अप्रिल २४, २००६ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले मार्च ६ देखि अप्रिल २४, २००६ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्‌। [नोट: प्रश्‍नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]

वक्‍तृत्व कला

१. हामीले आफ्ना श्रोताहरूलाई कसरी प्रभावकारी ढङ्‌गमा बाइबलतर्फ खिच्न सक्छौं? [ht-NP पृष्ठ २६, अनु. ३]

२. पद पढ्‌दा कुन शब्दलाई जोड दिने भनी कसरी निर्धारण गर्न सकिन्छ र यो किन महत्त्वपूर्ण छ? [ht-NP पृष्ठ ३०, अनु. ४-५]

३. घरधनीले शास्त्रपद पढ्‌दा, हामी यसका मुख्य बुँदाहरूलाई कसरी जोड दिन सक्छौं? [ht-NP पृष्ठ ३१ अनु. १३]

४. दोहोऱ्‍याउनु किन एउटा अत्यावश्‍यक शिक्षण प्रविधि हो? [ht-NP पृष्ठ ३४ अनु. २]

५. वक्‍ताको समस्या भनेको इशारा गर्दा देखिने अनौठो बानी हो भने तिनले के गर्न सक्छन्‌? [ht-NP पृष्ठ ३६ अनु. २०]

असाइनमेन्ट न. १

६. विश्‍वासी अभिषिक्‍त मसीहीहरूको पुनरुत्थान कहिले हुनेछ? [wt-NP पृष्ठ ८४ अनु. १०]

७. “सबै कुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ” भनी सुलेमानले भन्‍नुको अर्थ के थियो? (उप. २:११) [w-NP०४ १०/१५ पृष्ठ ४ अनु. ३-४]

८. परमेश्‍वरप्रति प्रेम कसरी विकास गर्न सक्छौं? (मर्कूस १२:३०) [w-NP०४ ३/१ पृष्ठ १९-२१]

९. आध्यात्मिक मूल्यमान्यता र भौतिकवादबीच कस्तो भिन्‍नता छ? [w-NP०४ १०/१५ पृष्ठ ५-७]

१०. जवान व्यक्‍ति कसरी परमेश्‍वरसँग नजिक हुन सक्छन्‌? [w-NP०४ ५/१ पृष्ठ १४ अनु. ८]

साप्ताहिक बाइबल पढाइ

११. राजाका कर्मचारीहरूले हामानको मुख किन छोपिदिए? (एस्तर ७:८, NRV)

१२. एलीपजलाई कस्तो आत्माले प्रभाव परेको थियो? (अय्यूब ४:१५, १६) [w-NP०५ ९/१५ पृष्ठ २६ अनु. २]

१३. अय्यूब ७:९, १० र अय्यूब १०:२०-२१ मा अय्यूबले भनेका कुराबाट के पुनरुत्थानमाथि तिनको विश्‍वास थिएन भन्‍ने बुझिन्छ?

१४. अय्यूबले “मता मरिसकेरै बाँचेको [“दाँतको छालाबाट बाँचे,” NW] छु” भन्‍नुको अर्थ के हो? (अय्यूब १९:२०)

१५. अय्यूबले “म आफ्नो ईमान्दारीलाई [“निष्ठालाई,” NW] अस्वीकार” अर्थात्‌ त्याग्ने छैनँ भन्‍नुको अर्थ के हो र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (अय्यूब २७:५, NRV)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने