घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई बाइबलले वास्तवमा के सिकाउँछ? वा एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित पुस्तक प्रस्तुत गर्नुहोस्। जून: एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् किताब प्रस्तुत गर्नुहोस्।
◼ सन् २००६ को जिल्ला अधिवेशनका बिल्लाहरू अप्रिल महिनादेखि साहित्यहरूसँगै स्वतः पठाइनेछन्। हरेक मण्डलीका प्रकाशकहरूको संख्याअनुसार २५/२५ वटाको प्याकमा बिल्लाहरू पठाइनेछन्। आफ्नो मण्डलीमा विदेशी भाषा बोल्ने समूह छ भने मात्र त्यस भाषाको बिल्ला मगाउनुपर्छ। मण्डलीलाई थप बिल्ला चाहिएको खण्डमा लिटरेचर रिक्वेस्ट फाराम (S-14) भरेर मगाउनुपर्छ। मण्डलीमा कसैलाई बिल्ला राख्ने प्लास्टिक होल्डर चाहिएमा मगाउनुपर्छ।
◼ मण्डलीका सचिवहरूले एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) र एप्लिकेशन फर अक्जुलरी पायनियर सर्भिस (S-205b) फारामहरू यथेष्ट मात्रामा राख्नुपर्छ। यसलाई लिटरेचर रिक्वेस्ट फाराम-मा (S-14) अर्डर गर्न सकिन्छ। कम्तीमा पनि एक वर्षलाई पुग्ने स्टक राख्नुहोस्। नियमित अग्रगामीहरूको आवेदन फाराम शाखामा पठाउनुअघि ती राम्रोसँग भरेका छन् कि छैनन्, पक्का गर्नुहोस्।
◼ नयाँ राज्यभवन बनाउनुअघि वा पुरानो राज्यभवन जीर्णोद्धार गर्नुअघि प्राचीनहरूले शाखा कार्यालयको राज्यभवन निर्माण डेस्कसित सम्पर्क राख्नुपर्छ। उक्त डेस्कले मण्डलीलाई जमिन र निर्माण सामग्री किन्नको लागि तथा विचार पुऱ्याउनुपर्ने अन्य कुराहरूका लागि सही निर्णय गर्न जानकारी दिन सक्छ।
◼ शाखा कार्यालयले सबै मण्डलीका अध्यक्ष र सचिवहरूको ठेगाना र टेलिफोन नम्बरहरूको नवीनतम रेकर्ड राख्नु आवश्यक छ। परिवर्तन भएमा मण्डलीको सेवा समितिले प्रिजाइडिङ ओभरसियर/सेक्रेटरी चेन्ज अफ एड्रेस (S-29) फाराम पूरा भर्नुपर्छ अनि दस्तखत गरेर तुरुन्तै शाखा कार्यालयलाई पठाउनुपर्छ। टेलिफोनको एस.टी.डी. कोड परिवर्तन भएको छ भने त्यो पनि उल्लेख गर्नुपर्छ।
◼ कृपया याद गर्नुहोस्, यरली क्यालेन्डर अफ लिटरेचर आइटम्स अनुसार लिटरेचर रिक्वेस्ट फाराममा (S-14) सूचीबद्ध फारामहरू र अर्को सेवा वर्षको लागि चाहिने फारामहरू अप्रिल महिनामा मगाउनुपर्छ। तसर्थ, लिटरेचर रिक्वेस्ट फाराम-को (S-14) पृष्ठ २ मा सूचीबद्ध सम्पूर्ण आवश्यक फारामहरू वर्षभरि पुग्ने गरी अर्को महिनाको साहित्य अर्डरसँगै मगाउनुहोस्। के याद गरिएको छ भने, मण्डलीहरूले अक्सर एउटा वा दुइटा फाराम हतार-हतार मगाउने गरेका छन्। सेवा फारामहरू साहित्य अर्डरसँगै मगाउनुहोस्। यसो गर्दा समय र खर्च दुवै बच्छ।