जवान, वृद्ध सबैका लागि राम्रो नमुना
परमेश्वरसित नूहको न्यानो र घनिष्ठ सम्बन्ध थियो। उनले सारा जीवन यहोवाको इच्छा गर्नमा बिताए। उनी साँचो “परमेश्वरको साथै हिंड्ने गर्थे” र यसरी हिंड्दा उनले आशिष् पाए। उनी जवान, वृद्ध सबैका लागि राम्रो नमुना हुन्। (उत्प. ६:९) नूह—उनी परमेश्वर सँगैसँगै हिंडे (नोवा—ही वक्ड विथ गड) भिडियोले तपाईंलाई नूहको जीवन कस्तो थियो, उनले परमेश्वरबाट आशिष् किन पाउन सके र तपाईं कसरी उनका गुण नक्कल गर्न सक्नुहुन्छ भनेर सोच्न मदत दिन्छ।
यो भिडियोको डी भी डी संस्करणमा “भिडियो क्वीज” पनि छ। डी भी डी हेर्नुहोस् र यी प्रश्नका जवाफ दिनुहोस्: (१) केही स्वर्गदूतले कस्तो खराब काम गरे र नपीलहरू को थिए? (उत्प. ६:१, २, ४) (२) किन मानिसहरू त्यति धेरै खराब भए र त्यो देखेर परमेश्वरले कस्तो महसुस गर्नुभयो? (उत्प. ६:४-६) (३) नूह कसरी अरूभन्दा बेग्लै थिए? (उत्प. ६:२२) (४) दुष्टहरूलाई कसरी नाश गरियो? (उत्प. ६:१७) (५) जहाज कति ठूलो थियो? (उत्प. ६:१५) (६) नूहले जहाज बनाउनुका साथै अरू के काम गरे र मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? (मत्ती २४:३८, ३९; २ पत्रु. २:५) (७) हरेक जातको कति-कतिवटा पशुपक्षीहरू जहाजमा थिए? (उत्प. ७:२, ३, ८, ९) (८) कति दिनसम्म पानी पऱ्यो र कति दिनसम्म पृथ्वी जलमग्न भइरह्यो? (उत्प. ७:११, १२; ८:३, ४) (९) नूह र उनका परिवार किन बच्न सके? (उत्प. ६:१८, २२; ७:५) (१०) जहाज कहाँ अडियो? (उत्प. ८:४) (११) जहाजबाट अब निस्के पनि हुन्छ भनेर नूहले कसरी पत्ता लगाए? (उत्प. ८:६-१२) (१२) जहाजबाट निस्केपछि नूहले के गरे? (उत्प. ८:२०-२२) (१३) इन्द्रेणीले कुन कुरालाई चित्रण गर्छ? (उत्प. ९:८-१६) (१४) ‘परमेश्वरसँगै हिंड्नुको’ अर्थ के हो? (उत्प. ६:९, २२; ७:५) (१५) नूहलाई नयाँ संसारमा भेट्न हामीले के गर्नुपर्छ? (मत्ती २८:१९, २०; १ पत्रु. २:२१)
विश्वासी र आज्ञाकारी नूहको बाइबल विवरणले, तपाईं पनि कसरी ‘परमेश्वरसँगै हिंड्न’ सक्नुहुन्छ र परमेश्वरले अहिलेका आफ्ना जनलाई कसरी बचाउन सक्नुहुन्छ भनी विश्वस्त हुने सन्दर्भमा के सिकाएको छ?—उत्प. ७:१; हितो. १०:१६; हिब्रू ११:७; २ पत्रु. २:९.