घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई बाइबलले वास्तवमा के सिकाउँछ? वा एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित पुस्तक प्रस्तुत गर्नुहोस्। जून: एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् किताब प्रस्तुत गर्नुहोस्। जुलाई र अगस्त: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जागा रहो!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्?, सबैका लागि उपयोगी किताब, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।”
◼ जुलाईमा पाँचवटा शनिबार पर्ने भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।
◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले जून १ वा त्यसको लगत्तै लेखा परीक्षण गर्नुपर्छ। स्याहार-सम्भार वा निर्माणको लागि बेग्लै लेखा हिसाब राखिएको छ भने यसको पनि लेखा परीक्षण गर्नुपर्छ। लेखा परीक्षण गरिसकेपछि अर्को चोटिको लेखा रिपोर्टमा यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।
◼ नियमित अग्रगामी सेवाका आवेदन फारामहरू शाखा कार्यालयलाई पठाउँदा आग्रह गरिएको सुरु हुने मितिभन्दा कम्तीमा पनि ३० दिनअघि पठाउने सुझाव दिइन्छ। ती फारामहरू ठीकसित भरेको छ कि छैन, मण्डलीका सचिवले फेरि दोहोऱ्याएर हेर्नुपर्छ। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउन सक्छन् र त्यसको रेकर्ड राख्नुपर्छ। सचिवले यो अन्दाजी मिति कङ्ग्रिगेसन्स् पब्लिसर रेकर्ड (S-21) कार्डमा लेखेर राख्नुपर्छ।