प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 मे पृ. ३
  • प्राक्कथन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्राक्कथन
  • हाम्रो राज्य सेवकाई—२००६
हाम्रो राज्य सेवकाई—२००६
km06 मे पृ. ३

प्राक्कथन

प्रिय सँगी सेवकहरू:

यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित (अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल) किताब यहोवाका साक्षीहरूको लागि प्रकाशित गरिएको हो। यस किताबले, परमेश्‍वरलाई खुसी पार्नुमा र उहाँको इच्छाबमोजिम गर्दा पाइने आनन्दमा के समावेश छ, त्यो स्पष्ट पार्छ। परमेश्‍वरको काम गर्न मसीही मण्डली कसरी व्यवस्थित पारिएको छ भनेर यसले समग्रमा बताउँछ। साथै, विश्‍वभरिका भाइहरूसित एकता कायम राख्न चाहिने सल्लाह र निर्देशन पनि यसमा पाइन्छ। (१ पत्रु. २:१७; ५:९) “सबै मानिसहरू . . . सत्यको ज्ञानमा आऊन्‌” भन्‍ने परमेश्‍वरको इच्छा छ। यो इच्छालाई बुझेका छौं भनी देखाउन हामी कसरी राज्यको सुसमाचार सुनाउने काममा भाग लिन सक्छौं, सो यस किताबले बताउँछ।—१ तिमो. २:४; मत्ती २४:१४.

हामी राज्यको सुसमाचार प्रचार त गर्छौं नै। त्यसबाहेक, हामीसित मिलेर यहोवाको महिमा गर्न हाम्रो निम्तो स्वीकार्ने सबैलाई आवश्‍यक आध्यात्मिक मदत पनि दिन चाहन्छौं। (भज. १४५:२१; प्रका. २२:१७) नयाँ व्यक्‍तिहरूले यहोवाको संगठन कसरी चल्छ र अहिले भइरहेको प्रचारकार्यमा कसरी भाग लिन सकिन्छ भनेर जान्‍नु खाँचो छ। यहोवाका समर्पित र बप्तिस्माप्राप्त साक्षी हुनको लागि चाहिने धर्मशास्त्रीय आवश्‍यकता पूरा गर्न निरन्तर प्रयास गरिरहन तिनीहरूलाई प्रोत्साहित गरिन्छ।

यस किताबमा, प्राचीन तथा सेवकाई सेवकहरूका जिम्मेवारी, न्यायिक मामिला सम्हाल्ने तरिका अनि मण्डलीलाई व्यवस्थित पार्न गर्नुपर्ने विभिन्‍न कामहरूबारे सामान्य जानकारी दिइएको छ। यस्ता विषयहरूमा प्रहरीधरहरा, हाम्रो राज्य सेवकाई र हाम्रा अन्य प्रकाशनहरूमा विस्तृत छलफल समय-समयमा गर्ने गरिन्छ।

यस किताबमा दिइएका जानकारी प्रयोगमा ल्याएर तपाईंहरूले आध्यात्मिक उन्‍नति गर्न सकून्‌ भनी हामी प्रार्थना गर्छौं। यहोवाको व्यवस्थित मानिसहरूसित मिली उहाँको इच्छा गर्नमा तपाईंहरूले आनन्द पाइरहन सकून्‌!

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने