ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून २६, २००६ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले मे १ देखि जून २६, २००६ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [नोट: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. मूल विषयलाई कसरी प्रकाश पार्न सकिन्छ? [ht-NP पृ. ३८, अनु. ७, ८]
२. हामीले किन तीन थुप्रो मुख्य बुँदाहरू राख्नुहुँदैन? [ht-NP पृ. ४०-४१, अनु. १४, १७]
३. श्रोता सम्पर्क किन एकदमै महत्त्वपूर्ण छ? [ht-NP पृ. ४२, अनु. १]
४. टिपोट बनाउँदा हामीले कुन कुरा बिर्सनुहुँदैन? [ht-NP पृ. ४५, अनु. १६]
५. वक्ताको धाराप्रवाहमा प्रगति गर्नको लागि कस्ता सुझावहरू दिइएका छन्? [ht-NP पृ. ४७-४८, अनु. ५-१०]
असाइनमेन्ट न. १
६. मानव सिद्धता प्राप्त गर्नुमा के-के समावेश छन्? [wt-NP पृ. ९७, अनु. १४]
७. क्षेत्र सेवकाईको लागि तालिका बनाउनु किन मदतकारी हुन्छ? [wt-NP पृ. १०८, अनु. १४]
८. हितोपदेश १३:१६ मा उल्लेख गरिएको चतुर मानिसले के धूर्तलाई बुझाउँछ? बताउनुहोस्। [w-NP०४ ७/१५ पृ. २८, अनु. ३, ४]
९. परीक्षाहरू सामना गर्दा व्यग्र प्रार्थनाले हामीलाई कसरी बल दिन सक्छ? [w-NP०४ ८/१५ पृ. १९, अनु. १०]
१०. सामान्यतया येशू आउनुहुन्छ भन्नुको अर्थ के हो र मत्ती १६:२८ मा येशूले ‘आउने’ भन्नुको अर्थ के थियो? [w-NP०४ ३/१ पृ. १६ पेटी]
साप्ताहिक बाइबल पढाइ
११. अय्यूब ४२:१-६ मा उल्लेख गरिएको अय्यूबले यहोवालाई दिएको जवाफबाट के सिक्न सक्छौं?
१२. राष्ट्रहरूले कस्ता “व्यर्थका कुरा” गर्छन्? (भज. २:१, २)
१३. कुन जगहरू नष्ट हुन्छन्? (भज. ११:३)
१४. दाऊदले “मसँग दुश्मनी गर्नेहरूले आँखा झिम्काउन नपाऊन्” भन्नुको अर्थ के हो? (भज. ३५:१९)
१५. असिद्धता र यस रीतिरिवाजमा आइपर्ने दुःखकष्टहरूको सामना गर्न भजन अध्याय ४० बाट कस्तो सान्त्वना पाउन सक्छौं? (भज. ४०:१, २, ५, १२)