घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जून: एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् किताब प्रस्तुत गर्नुहोस्। जुलाई र अगस्त: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जागा रहो!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्?, सबैका लागि उपयोगी किताब, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” सेप्टेम्बर: बाइबलले सिकाउँछ? पुस्तक चलाइनेछ। प्रथम भेटमै बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुपर्छ। पुस्तक प्रस्तुत गरिएको सबै ठाउँमा गृह बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित पुनःभेट गर्नुपर्छ।
◼ जुलाईमा पाँचवटा सप्ताहन्त पर्ने भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।
◼ सेप्टेम्बर महिनाको सेवा सभामा यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्स? भिडियो छलफल गरिनेछ। त्यसैले भिडियो छैन भने तुरुन्तै मण्डलीमार्फत मगाइहाल्नुपर्छ।
◼ ब्रेलमा उपलब्ध नयाँ प्रकाशनहरू:
बाइबलले वास्तवमा के सिकाउँछ?
सबै दुःखकष्ट चाँडै अन्त हुनेछ! —अंग्रेजी ब्रेल ग्रेड टु