घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जागा रहो!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्?, सबैका लागि उपयोगी किताब, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” सेप्टेम्बर: बाइबलले सिकाउँछ? पुस्तक चलाइनेछ। प्रथम भेटमै बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुपर्छ। पुस्तक प्रस्तुत गरिएको सबै ठाउँमा गृह बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित पुनःभेट गर्नुपर्छ। अक्टोबर: प्रहरीधरहरा अनि ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। जिज्ञासुहरूको बाइबलप्रतिको चासोलाई अझ बढाउन जागा रहो! पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ सेप्टेम्बरदेखि क्षेत्रीय निरीक्षकहरूले “परमेश्वरको नजरमा कस्तो नाउँ कमाउनुभएको छ?” विषयक जनभाषण दिनेछन्।
◼ जनवरी ८, २००७ मा सुरु हुने हप्तादेखि मण्डली पुस्तक अध्ययनमा प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तक अध्ययन गर्नेछौं। यस पुस्तकको अंग्रेजी संस्करण ठूला अक्षरहरूमा पनि तयार पारिंदैछ। समयमै मण्डलीले यस पुस्तकको नियमित र ठूला अक्षरहरूको संस्करणको पर्याप्त स्टक राख्नुपर्छ। कृपया याद राख्नुहोस्, ठूला अक्षरहरूको संस्करण आँखा कमजोर भएकोले सानो अक्षर पढ्न नसक्नेहरूका लागि मात्रै हो। त्यसैले यो संस्करण आँखा कमजोर भएका प्रकाशकहरूले अर्डर गरेको खण्डमा मात्रै मगाउनुपर्छ।
◼ नियमित अग्रगामी सेवाका आवेदन फारामहरू शाखा कार्यालयलाई पठाउँदा सुरु गर्ने भनिएको मितिभन्दा कम्तीमा पनि ३० दिनअघि पठाउने सुझाव दिइन्छ। ती फारामहरू ठीकसित भरेको छ कि छैन, मण्डलीका सचिवले फेरि दोहोऱ्याएर हेर्नुपर्छ। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउन सक्छन् र त्यसको रेकर्ड राख्नुपर्छ। सचिवले यो अन्दाजी मिति कङ्ग्रिगेसन्स् पब्लिसर रेकर्ड (S-21) कार्डमा लेखेर राख्नुपर्छ।
◼ मण्डलीको सचिवले सबै नियमित अग्रगामीहरूको पायनियर अपोइन्टमेन्ट लेटर (S-202) मण्डलीमा छ कि छैन पक्का गर्नुपर्छ। छैन भने शाखा कार्यालयलाई लेख्नुपर्छ।
◼ सम्पूर्ण साहित्य र पत्रिकाहरूको वार्षिक इन्भेन्ट्री सकेसम्म अगस्त ३१, २००६ भित्र तयार गरिसकेको हुनुपर्छ। यो इन्भेन्ट्री हरेक महिना साहित्य संयोजकले लिने सही गणनाजस्तै हो र कुल संख्या लिटरेचर इन्भेन्ट्री (S-18) फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवक(हरू)बाट प्राप्त गर्न सकिन्छ। संयोजक मण्डलीका सचिवले इन्भेन्ट्रीको सुपरिवेक्षण गर्नुपर्छ। तिनी र संयोजक मण्डलीका अध्यक्षले उक्त फाराममा हस्ताक्षर गर्नेछन्। प्रत्येक संयोजक मण्डलीले तीनवटा लिटरेचर इन्भेन्ट्री फाराम प्राप्त गर्नेछन्। कृपया शाखा कार्यालयलाई सेप्टेम्बर ६ सम्ममा नै त्यसको सक्कल प्रति पठाउनुहोस्। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ।
◼ सेप्टेम्बर १५-१७ को दौडान कोजीकोडेमा हुने छुटकारा नजिकै छ! जिल्ला अधिवेशनको ठेगाना परिवर्तन भएको छ। नयाँ ठेगाना यस प्रकार छ: T. S. James, 34/761-A, Nithya Jeevan House, Malaparamba P. O., Kozhikode 673 009 KER.